Tuesday, February 4, 2014

‘मोक्ष’लाई अष्ट्रेलियाबाट ११ लाख

                    शुक्रबारबाट प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षित चलचित्र ‘मोक्ष’ले ओभरसिजबाट नै राम्रो कमाई गरिरहेको छ । यसअघि आखीझ्याल नामक कम्पन्नीसँग ‘मोक्ष’का निर्देशक प्रविण श्रेष्ठले ८ लाखमा अष्ट्रेलिया राइट्सको मौखिक कुरा मात्र गरेका थिए । 
                        तर सोलाङचरले ११ लाख दिएपछि निर्माता सुनिल मानन्धरले खुशी हुँदै यही रकममा सहमती गरेको जनाएका छन् । ‘मोक्ष’ अष्ट्रेलियामा ११ लाखमा विक्री भएको उनको तर्क छ । 
                                निर्देशक प्रविण श्रेष्ठकै जीवनीमा तयार भएको यो सिनेमाले यतिबेला प्रशंसक र समिक्षकहरुको ताली मात्र पाइरहेको छ । जसबाट हौसिएर निर्माता सुनिल मानन्धरले सोमबार जय नेपाल हमाल विशेष शो पनि राखेका थिए । 
                      वेनिशा हमाल, कोशिश क्षेत्रीको मुख्य भूमिका रहेको सिनेमाका गीतसंगीत, कथावस्तु, प्रस्तुती, सम्पादन र निर्देशकको चर्चा चुलिएको छ । सिने नगरीका अधिकांश चलचित्रकर्मीले पनि अहिले ‘मोक्ष’लाई खुलेरै प्रशंसा
गरिरहेका छन् ।

No comments:

Post a Comment