Sunday, December 29, 2013

डिभोर्स पछि ऋतिकसँग सुजनले मागिन् १ अरब

ritik-and-sujan२०७० पुष १४ बलिउड नायक ऋतिक रोशन र पत्नी सुजन बिचको सम्बन्ध बिच्छेदको खबर त अब नौलो रहेन । तर सम्बन्ध बिच्छेद पछि अलग बस्दै आएकी सुजनले ऋतिक परिवारसँग १ अरब मागेको खबरले फेरी बलिउड बजार गर्माएको छ । भारतीय संचारमाध्यमहरुले सुजनले १ अरब मागेको जनाएका छन् ।
                       ऋतिकको परिवारमा करिब १७ बर्ष आफूले बिताएको भन्दै सम्पत्तीको हक आफूसँग पनि रहेको तर्क सुजनको छ । यसैले उनले २ छोराको पालनपोषण र आफ्नो आगामी जीवन बिताउन १ अबर माग गरेकी हुन् । यस बिषयमा सुजनका वकिल र ऋतिक परिवार बिच पनि कुराकाकी भैरहेको बताइन्छ । तर ऋतिकको लागि सुजनको माग पुरा गर्न कुनै अप्ठ्यारो भने पर्ने छैन । किनकी उनीसँग १५ सय करोडको सम्पत्ती
रहेको बताइन्छ ।

No comments:

Post a Comment