rambaran-gyanendra               काठमाडौं। दोलखा भीमेश्वरलाई ‘पसिना’ आएपछि परम्पराअनुसार ‘क्षमापूजा’का लागि पूर्वराजा ज्ञानेन्द्र शाहले समेत आफ्ना चार सहयोगीसँगै भेटी पठाएका छन्। ज्ञानेन्द्रले एक हजार रुपैयाँ भेटी पठाएका छन्। यसअघि राष्ट्रपति डा. रामवरण यादवले २ हजार ५ सय भेटी पठाएका थिए भने गृहमन्त्रालयले दुईवटा काला बोकाहरु पठाएको थियो।
                         ‘पूर्वराजा ज्ञानेन्द्र’ लेखेर रसिद कटाउँदै भेटी प्राप्त भएको भीमेश्वर व्यवस्थापन समिति कोषाध्यक्ष भरत श्रेष्ठले जानकारी दिए। उनकै नामबाट
टहलुवा (मन्दिर हेरालु) ४ जनालाई २ का दरले रकम दिइएको छ। बुधबार बिहान प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलको अगुवाइमा भीमेश्वर मन्दिरमा क्षमा पूजा भएको छ। पूजामा गृहबाट जिल्ला प्रशासन कार्यालयमा पठाइएको कालो रंगका एकजोडी बोकाहरु बली दिइएको थियो। क्षमापूजाका क्रममा राष्ट्रपति रामवरण यादवले पठाएको २ हजार ५ सय रुपैयाँ पनि भेटी चढाइएको थियो। सबैभन्दा पहिला पसीना आएको देख्ने टहलुवा काशीनारायण श्रेष्ठका एकवटा र भक्तजनहरुको तर्फबाट २ वटा कालो बोका गरी ५ वटा बोकाको बली दिइएको छ। पूजापछि सो प्रसादलाई राष्ट्रपति कार्यालयमा पुर्यााइएको छ।