Saturday, April 11, 2015

महिलाद्धारा आत्महत्या, श्रीमान १८ वर्षदेखि वेपत्ता

              रामेछाप, चैत २८–ओखलढुंगामा हिजो एक महिलाले झुण्डीएर आत्महत्या गरेकी छिन् । जिल्लाको कटुन्जे गाविस वार्ड न १ बस्ने ५० बर्षिय पुर्णमाया सार्कीले आफ्नै घरको निदालमा डोरिले पासो लगाई झुण्डीएर आत्महत्या गरेकी हुन् । वेलुकि करिब ७ वजे तिर घरमा कोहि नभएको बेला सार्की ले आत्महत्या गरेको मृतकका जेठो छोरा नेत्रबहादुर सार्कीले बताएका छन । आत्महत्याको कारण भने नखुलेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । मृतक सार्कीको श्रीमान भिमबहादुर सार्की १८ बर्ष देखि बेपत्ता रहेको ओखलढुङगाबाट दिपक
बिशुंखेले जानकारि दिए ।

No comments:

Post a Comment