२२ मंसिर, काठमाडौं । हास्य टेलिशृंखला मेरी बास्सैका कलाकार सीताराम
कट्टेल धुर्मुस बाबु बन्दैछन । श्रीमती कुञ्जना घिमिरे -सुन्तली) हाल
गर्भवती रहेको र चैतमा आफू पिता बन्न लागेको उनले बताए ।
‘हो, म चैतमा बाबु बन्दै छु,’ प्रशन्न मुद्रामा भने । मेरी बास्सै
टेलिशृंखलामा काम गदैगर्दा दुवैजना पाँच वर्षअघि विवाहबन्धनमा बाँधिएका थिए
। विवाह भएको लामो समयसम्म सन्तान नभएपछि उनका नजिकका साथीहरुले दबाब दिन
थालिसकेका छन् ।धुर्मुसले
भने यसअघि देशले संविधान पाएपछि मात्रै सन्तान जन्माउने भन्दै
शुभचिन्तकलाई जवाफ फर्काउँदै आएका थिए । तर, संविधान आउन ढिला भएपछि
धुर्मुस दम्पतीले सन्तानको इच्छा रोक्न सकेनन् ।
कुञ्जना हाल गर्भवती रहेकै कारण मेरी बास्सै टेलिशृंखलामा उनको
सुन्तलीको भूमिका पछिल्ला केही एपिसोडमा छायांकन भएको छैन् । ‘सुन्तलीको
भूमिकामा अभिनय गर्न गाह्रो भएकाले छायांकन
नभएको हो,’ धुर्मुसले भने ।
यद्यपि कुञ्जनाले मेरी बास्सै टेलिशृंखलामा निर्वाह गरेको अर्की पात्र
‘फतौरी आमै’ भने नियमित आइरहेको छ । यो भूमिकामा कुञ्जनाले कुप्री परेर
वृद्ध आइमाइको अभिनय गरेकी छिन् । ‘कुप्री परेर अभियन गर्न केही सहज
देखिएकाले कुञ्जनाको फतौरी आमैको रोल भने छायांकन भइरहेको छ,’ उनले भने ।
अहिले कुञ्जनाको हेरविचारमा धेरै ध्यान दिइरहेको धुर्मुसले बताएका छन् ।
सन्तान प्राप्तिको विषयलाई दिएर दम्पती र परिवारमा खुसी छाएको धुर्मुसले
बताए ।
No comments:
Post a Comment