yatayata byabastaपुस १२ बुटवल।  चोरलाई चौतारो भनेझैं यातायात व्यवस्था  कार्यालय लुम्विनीमा बसेर भ्रष्ट हाकिमको परिचय बनाएका आनन्दकेशरी पोखरेल भ्रष्टाचारको छानवीन गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा काज सरुवा भएका छन्। ११ महिना यातायात व्यवस्था कार्यालय लुम्विनी बसेर गाडी दर्ता, नविकरण र लाइसेन्स परिक्षामा अनियमिततामा विवादमा तानिएका पोखरेल अन्ततः पुरस्कार  स्वरुप अख्तियारमा सरुवा हुदा इमान्दार कर्मचारी आश्चर्यचकित  भएका छन्।
पोखरेलले यातायात व्यवस्था कार्यालय छाड्ने बेलामा  मोटरसाइकलको लाइसेन्सका लागि लिएको लिखित परिक्षाको रिजल्ट निकाल्दा समेत गोलमाल गरेका छन्। कार्यालयका अन्य अधिकृत र कर्मचारीलाई
जानकारी नदिई डाइभिङ  इष्टिच्युटहरुसंग मिलेर नतिजा फाइनल गरी सुटुक्क कम्युटरमा चढाएर रमाना लिई हिडेका छन्। श्रोतका अनुसार जाने बेलामा कार्यालयका अन्य अधिकृत र कर्मचारीलाई यसबारे कुनै जानकारी दिएनन् र नतिजा निकाल्ने बारेमा पनि कुनै निर्देशन दिएनन्।
          मोटरसाइकल चालकको लाइसेन्स परिक्षामा शुरुदेखि नै अनियमितता हुदै आाएको र यो अनियमितता  बापत आएको रकम एक्लै कुम्ल्याएपछि  जाने बेलामा नतिजा सार्वजनिक गर्ने वा नगर्ने  बारेमा कुनै जानकारी नदिई हिडेको कार्यालयका एक नायवसुब्बाले बताए।
                 मोटरसाइकलको सवारीचालक  अनुमतिपत्रका लागि मंसिर ८  गते भएको लिखित परिक्षामा ६ हजार ४ सय ८१ जना सहभागी भएका थिए। परिक्षामा सहभागी  भएका ती परिक्षार्थी मध्ये आधा भन्दा धेरै कार्यालय विदामा  इष्टिच्युटहरुले  दर्ता गरेका परिक्षार्थी भएको श्रोतको भनाई छ। यातायात व्यवस्था कार्यालय लुम्विनीले कार्तिक  ५ गते लिखित परिक्षाको  फाराम भर्ने र परिक्षा हुने बारेमा सुचना निकालेको  थियो। सोही अनुसार कार्तिक ११ गतेदेखि १४ गतेसम्म परिक्षार्थीको नाम दर्ता भएको थियो। तर त्यस लगत्तैको तिहार बिदाको मौकामा धमाधम परिक्षाको  फर्म दर्ता  गरिएको थियो। डाइभिङ इष्टिच्युटहरुसंग मिलेर तिहार बिदाको बेलामा पनि कार्यालय प्रमुख  पोखरेलले फाराम दर्ता गरेका थिए। फाराम दर्ता गर्दा प्रति परिक्षार्थी २ सय २५ रुपैंया अतिरिक्त रकम असुली  गरिएको श्रोतको भनाइ छ।