सुर्खेत ११ पुस । घरमा
सौतेनी आमा र आर्थिक अवस्था कमजोर भएकी सुर्खेत वीरेन्द्रनगर-६ की मञ्जु
रामजाली -नाम परिवर्तन लाई सानीआमा पर्ने चन्द्रा गौतमले असार ०६८ मा १४
वर्षकै उमेरमा वीरन्द्रनगरमा ल्याइन् । तर, आठ कक्षा पढ्दापढ्दै ल्याएकी
उनलाई चन्द्राले मंगलगढी चोकस्थित आफ्नै गौतम मिठाइपसलमा श्रमिक बनाइन् ।
त्यसको
केही दिनमै चन्द्रा र उनका पति हेमप्रसाद मिलेर मञ्जुलाई पसलमै काम गर्ने
३१ वर्षका टेकबहादुर रावतसँग विवाह गराईदिए । १५ असार ०६८ मा पढाउन भनेर
ल्याइएकी उनको सोही वर्ष २६ असारमै बिहे गराइएको थियो । विवाह
गरिदिएपछि पसलका सञ्चालकले गर्भवती भई पसलको काममा सहयोग नहुने भन्दै उनलाई
बिरामी भएको बेलामा झुक्याएर तीन महिने संगिनी सुई
लगाइदिए । ज्वरो आएका
बेला स्थानीय कटकुवा हेल्थपोस्टमा लगेर गर्भनिरोधक तीनमहिने सुई लगाएको
उनले बताइन् ।
जग्गा किनेर बसालिदिउँला, पसल गराइदिउँला भनी फकाएर
विवाह गरिदिएको उनको भनाई छ । ‘मलाई थाहा नै भएन, ज्वरो आएको थियो । उपचार
गर्ने बाहाना बनाएर मलाई संगिनी सुई लगाइदिएछन्,’ पीडित बालिकाले भनिन्,
‘मैले चार महिनापछि मात्रै थाहा पाएँ, त्यस्तो गरेको ।’ आफूलाई झुक्याएर
अर्को पटक पनि संगिनी सुई लगाएको उनले बताइन् ।
आफूलाई चरम यातना
दिएको भन्दै किशोरीले न्यायका लागि जिल्ला बालकल्याण समितिको कार्यालयमा
निवेदन दिएको नयाँ पत्रिकामा खबर छ । आफूलाई तीव वर्षदेखि दूव्र्यवहार तथा
श्रमशोषण गरेको भन्दै उजुरी दिएपछि यस्तो रहस्य खुलेको हो । उनले सुर्खेतका
बाल कल्याणका लागि खुलेका संस्था तथा विभिन्न सहयोगी सामाजिक संस्थामा
निवेदन दिएकी छन् ।
No comments:
Post a Comment