माओवादी आन्दोलनमा लामो समय पसिना वगाएका धेरै भन्दा धेरै कार्यकर्ताहरु तथा जनताहरुको चाहानालाई एमाओवादीका नेतृत्वमा रहेकाहरुले नवुझेकै कारण माओवादी दुई टुक्रावाट विभाजन भई तिन चारमा वाडिन लागिरहेको जस्तो बाहिर देखिन थालेकोछ । कम्युनिष्ट पार्टी भित्र बिपरितहरुको एकत्व हुनुलाई नराम्रो मान्न सकिदैन तर बिपरितहरुको एकत्वको नाममा फरक धारहुदै पार्टी नै बिभाजनको अवस्था सम्म आउनु राम्रो होईन ।
एक पटकको विशेष अन्तरर्वातामा प्रचण्डले भनेका थिए एमाओवादीलाई नेपाल अथवा विदेशी कुनै पनि शक्तीले समाप्त पार्न सक्दैन किनकी माओवादीको निर्माण गर्ने घातु नै अलग प्रकारको छ । एमाओवादीका अध्यक्ष प्रचण्डको भनाई आज पनि उत्त्तिकै चर्चामा छ हिजो उनी बोल्ने बेला जति थियो । तर वस्तुगत परिस्थतिमा धेरै नै फेरवदल
एकातिर माओवादी पार्टी भित्र नयाँ खालको वर्ग पैदा हुदै छ भने अर्को तिर माओवादी स्थापनाकाल देखि अहिले सम्मका जनताका समस्याहरु ज्युका तिउँ छन जहाँ की माओवादी स्वयम् पनि दुई पटक सरकारमा पुगी सकेको छ । यसरी माओवादी आन्दोलन र जनताका समस्याहरुलाई एकै ठाउँमा राखेर हेर्ने हो । हिजको जनताको घरमा गएर आटो ढिडो मकै रोटी मागेर खाने माओवादी र आजको पाँच तारे होटलमा वसेर हुईस्कीका वोत्तलहरु तोड्ने माओवादीमा आकास जमिनको फरक छ । त्यही माओवादी हो जस्ले नेपालमा जनयुद्ध र जनआन्दोलनवाट नयाँ राज्यको संरचना नवनाई,गरी खानेहरु र ठगी खानेहरुका विचको अन्तरविरोध हल नगरी, राज्य संरचनामा रहेको व्यापक भष्ट्रचार, घुसखोरी, कमिसनतन्त्र, राज्यको आडमा हुने ठुला ठुला प्रकारका तस्करीहरु लगायत राज्य सत्ताको घेरा भित्र हुने गरेका अनेकन प्रकारका समस्याहरु, राष्टिय स्वाधिनतालाई रक्षा गर्नको लागि आवश्यकताका आधारमा तराई भारत सँग सिमा जोडिएका क्षेत्रहरुमा व्यपक सुरुङ्ग अभियान विगतको त्यस प्रकारको माओवादी नेतृत्व र हालको भारतिय विस्तारवादको खुपिया एजेन्सी र सँगको दैनिक भेटघाट, विगतमा जाडसकक्सी खानेलाई भाटे कार्वाहीगर्ने माओवादी र हालको पाँच तारे होटलमा वसेर उनीहरु सँग नै आनन्दको जीवन जीउने माओवादीमा जनतालाई फरक खालको अनुभव गराउन नसक्नु एमाओवादी नेतृत्वको सबैभन्दा खरावी हो ।
त्यस्तै तस्करी कालोवजारी तथा अनेकन प्रकारका गलत काममा लागेका आफ्ना कार्यकर्ताहरुलाई कार्वाही गर्नुको साटो यो अवस्था सम्म आई पुग्दा उस भित्र कै एउटा टिम ति सवै काममा हात धोएर लाग्नुलाई राजनैतिक रुपमा के भन्न मिल्छ र सकिन्छ एक पटक समिक्षा गर्नु जरुरी छ । यसरी पार्टी भित्रको वहसलाई उठाईरदा यो कुरा लाई वेलैमा किन आलोकहरु फालिदा झै फाल्न सकिएन । भन्ने कुरा पनि उत्त्तिकै तत्कारो प्रश्न वनेर आउछ । माओवादीको नेतृवको वारेमा जनयुद्धकालमा केहि प्रकार आसंकाहरु कायम भए पनि पुर्ण रुपमा यो तरीकावाट नेपाली जनवादी आन्दोलनलाई धोका देलान भन्ने कुरा उसबाट भिभाजित भएका बैद्यहरुले मात्रै नभै संसारका प्रतिकृयावादीहरुले समेत सोचेका थिएनन् ।
वैचारीक र राजनैतिक रुपमा प्रचण्ड र बावुरामहरु यति चाडै र यो अवस्थमा नै आत्मसमर्पणवादी, नवसंसोधनवादी साथै वैचारीक रुपमा राष्टिय आत्मसर्मपणवादी नेपाली वर्गमुक्त्ती आन्दोलनका धाकेवाज भएर जालान भन्ने कल्पना थिएन । वैचारीक र राजनैतिक रुपमा नै आफ्नो यो वैचारीक लाईनलाई आगाडी वढाउनको लागि चनुवाङ्ग वैठकमा लोकतान्त्रिक गणतन्त्रवाट जनवादी क्रान्तिको लाईन छाडी आर्दशवादी नारालाई पुर्ण रुपमा संसदीय राजनितिमा जाने सोच वनाएर अगाडी आएको कुरा लाई कसैले ईन्कार गर्न सक्दैन र माओवादीको विसर्जनवादी वाटो त्यसै वेला देखि कोरीएको छ ।
चुनुवाङ्ग वैठक भन्दा अगाडी प्रचण्ड र बावुराम विचमा भएको वहसलाई समेत भारतियहरु संगको वसाईवाट हल गरेको देखिन्छ । आज भन्दा केही महिना अगाडी मात्रै एकजना भारतिय तर नेपाल सम्वन्धी जानकार यस डि मुनी संग अमेरीकन प्रत्रिकामा आएको अन्तरवार्ताले पनि थप प्रष्ट पारेको छ । अन्तरवार्ताको क्रममा उनले भनेका छन नेपालका माओवादी अध्यक्ष प्रचण्ड डा.बावुराम भटट्राई विगत देखि नै भारतिय गुप्तचर संस्था र संग निकटस्थ हुनु हुन्छ । यस यस प्रकारका भनाई र माओवादी नेतृत्वको यतिवेलाको कार्यशैलीलाई एकसरो मात्र हेर्दा पनि प्रचण्डहरुको राजनैतिक चाहाना केहो प्रष्ट हुन्छ । उनी विगत देखि जुन रुपमा एक पछि अर्को गर्दै वैचारीका र राजनैतिक रुपमा पतनको वाटोमा गएका थिए र जनताले यो निर्वाचनमा त्यसैको बदला लिएका हुन । प्रचण्ड र बाबुरामहरुको यो प्रवृतीले नेपालमा पनि संसारको फसिवादी हिटलरको जस्तो गरि तानाशाही तथा दलालहरुले आफ्नो पार्टीको नाम क्रान्तिकारी राखेर जनतालाई ठग्नु वाहेक अरु केही होईन । यसवाट के कुरा पुष्टी हुन्छ भने यतिवेला वलिदानीको कृतिमानीवाट प्राप्त गरेको नाम सिवाय एनेकपा माओवादी संग वैचारीक रुपमा कुनै वाटो र अर्को नयाँ प्रकारको कार्यदिशा छैन । यसो भनी रहदा मानिसहरुलाई लाग्न सक्छ प्रचण्ड जस्तो एउटा नेता संग वैचारीक कुनै लाईन छैन ?
जसको पुष्टी यी तिन कुराले गर्छ १.श्रमजिवी वर्ग यसको राजनैतिक लाईन नव गठित नेकपा माओवादीले गरीरहेको छ । २.मध्यम वर्ग यसको चारीर्तिक रुपमा र राजनैतिक रुपमा एमालेले नेतृत्व गरीरहेको छ । ३.केहि मध्यम वर्ग तथा नोकरशाही पुजीपती वर्ग यसको राजनैतिक विशेषता र वर्र्गको नेतृत्व नेपाली काङ्गग्रेसले विगतकाल देखि गर्दै आएको छ यसकारण पनि एमाओवादीका प्रचण्ड बावुरामहरुसंग कुनै प्रकारको नयाँ र परिवर्तनकारी विचार छैन । माओवादीको हालसम्मको प्रकृयालाई सहि तरीकावाट समिक्षा गरी अवका दिनमा ठोस र मुर्त प्रकारको कार्ययोजना निर्माण गरी अगाडी वढेमा माओवादी आन्दोलनको एक मात्र विकल्प मोहन वैद्यले नेतृत्व गरेको नेकपा माओवादी नै हो । यस कारण पनि माओवादी भित्र जुन तरीकावाट नेपाली वर्गसंघर्षका वारेमा छलफल हुनु पर्ने हो त्यो समाप्ती तिर जादै गर्दा एकातिर माओवादी आन्दोलनलाई विकास कसरी गर्ने भन्नेमा पार्टी भित्र बहस हुनु पर्ने आवश्यकता थियो भने अर्कोतिर माओवादी आन्दोलनलाई कसरी र छिटो भन्दा छिटो समाप्त गर्न सकिन्छ भन्नेमा प्रचण्ड र बावुराम कामरेडहरुको दिमाग जानुलाई कसरी माक्र्सवादी विचार भन्न मिल्छ । तथा यहि खालको दृष्टीकोणलाई माक्र्सवादी हो भन्दै खोक्रो बहस गर्न कसरी मिल्छ ? यो ईतिहासले प्रमाणीत गरेको विषय हो । अव प्रचण्ड र बावुराम संग जुन प्रकारको विचार छ त्यो विचारले नेपाली क्रान्ति र वर्ग संघषलाई अगाडी वढाउने कल्पना गर्नु एवं हिज र आजमा उनीहरुमा पैदा भएको विचारलाई तथा उनीहरुको जीवन पद्धतीलाई हेर्दा अव पनि नेपाली क्रान्ति उनीहरुवाट हुन्छ भन्नु पनि हास्याीपद तथा लाजस्पद विषय हो ।
संबिधान सभाको निर्वाचनमा नेकपा–माओवादीलाई २६ सिट दिएर संबिधान निर्माण प्रकृयामा ल्याउन पर्छ भन्ने माओवादी आफु नै प्रत्यक्षमा २६ सिटमा नै सिमित हुनु पनि संयोग होईन यी यावत प्रकृयालाई राजनैतिक रुपमा ब्याख्या गर्न जरुरी छ । अहिले र अब कसरी एमाओवादी अगाडी बढ्ला यो पनि बहसको नै बिषय हो । संबिधान सभा निर्वाचनमा ज्यान फालेर लागेको माओवादीले निर्वाचनको परिणाम पुर्ण रुपमा नआउदै यो प्रकृयामा धाधली भयो भनि निर्वाचन बहिस्कार गर्नुलाई उसको कार्यदिशा सम्पुर्ण रुपमा समाप्त भईसकेको छ भन्ने कुरा हामीले बिर्सन हुदैन ।
हेटौडा अधिबेशनबाट पारित गरेको राजनैतिक दृष्ट्रिकोण नै गलत सावित भए पछि एक महिना सम्म पनि आफ्नो कार्यायोजना निर्माण गर्न नसक्नु पनि जनता प्रतिको एमाओवादी नेतृत्वको बेइमानी बाहेक अरु केहि होइन । यी कुराहरुलाई एकसरो मात्रै ब्याख्या गर्दा पनि एमाओवादी नेतृत्वका कामरेड प्रचण्ड र बाबुराम अहिले पनि पतनकै बाटोमा छन् त्यसैले बेलैमा आफ्नो राजनैतिक बाटोको समिक्षा सहि तरिकाबाट गर र अगाडी बढ् यहि नै सहि र उत्तम बिकल्प हो ।
No comments:
Post a Comment