Friday, December 27, 2013

संविधानसभालाई विघठन गर्नुपर्ने : बादल

OLYMPUS DIGITAL CAMERA
                  कैलाली, पुस १२ – नेकपा–माओवादीका महासचिव रामबहादुर थापा बादलले अब बन्ने संविधानसभाले जनताको संविधान बनाउन नसक्ने भन्दै यसलाई अभिलम्ब बिघठन गर्नुपर्ने बताए ।
                       क्रान्तिकारी पत्रकार महासंघ कैलालीले शुक्रवार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले त्यस्तो कुरा बताएका हुन् । नेता बादलले संविधानसभा जनताको साधन हो, तर यो साधनलाई पश्चगामी, जनविरोधी शक्तिहरूले आफ्नो हातमा लिई सकेका कारण यो सभाले जनताको संविधान कुनै पनि हालतमा बनाउन नसक्ने ठोकुवा गरे । पत्रकारले सोधेको प्रश्नको जवाफ दि“दै उनले वर्तमान घटना क्रमले राष्ट्रलाई सात वर्ष पछाडि
धकेली सकेको बताए । गोलमेल सम्मेलन गरी जनताको संविधान बनाउन पार्टीले शान्तिपूर्ण जनआन्दोलन र शान्ति वार्तालाई निरन्तरता दिने उनको भनाइ छ ।
               उनले पश्चगामी शक्ति कसरी अगाडि बढ्छन्, सोही अनुसार पार्टीले निर्णय गरेर योजनागत ढंगले अगाडि बढ्ने बताए । हिजोको संविधानसभाले जनताको संविधान बनाउन लागेको भन्दै जनविरोधी शक्तिहरूले संविधानसभालाई विघटन गरी सेना परिचालनको माध्यमबाट दोस्रँे संविधानसभाको निर्वाचन गराएर झन भयावह स्थिति खडा गरेको नेता बादलले बताए ।
              उनले सेना परिचालन गरी गरेको निर्वाचन कुनै पनि हालतमा जनताको पक्षमा नहुने भन्दै यसको विघटन गराउन पार्टीले सशक्त प्रतिकार गर्ने बताए । नेता बादलले जनदवावको माध्यमबाट यो सभालाई विघटन गरिन्छ र जनविरोधीको हातमा गएको संविधानसभालाई जनताको हातमा सुम्पिना पार्टी संघर्षमा उत्रिने बताए ।
                   उनले एकीकृत नेकपा (माओवादी)स“ग एकता गर्ने कुनै योजना र तुक नभएको बताए । सेतीमहाकाली राज्य समितिको बैठक सम्पन्न गरी धनगढी पुगेका बादल विभिन्न स्थानमा आयोजित हुने राज्य समितिहरूका बैठकमा सहभागि भई काठमाडौं फर्किने नेकपा माओवादी कैलालीले जनाएको छ ।

No comments:

Post a Comment