Sunday, December 29, 2013

म्याग्दीमा सुन्तला उत्पादनमा बृद्धि:प्रति केजी ६० रुपैया सम्ममा बिक्री !

download (1)              म्याग्दी २०७० पुष १४ । म्याग्दी जिल्लामा यस वर्ष सुन्तला उत्पादन बढेको छ । नयाँ बिरुवा र सुन्तला खेती हुने क्षेत्रफल बृद्धी भएकाले उत्पादन बढेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका बागबानी विकास अधिकृत भोजबहादुर थापाका अनुसार यस वर्ष गत वर्षको तुलनामा ८.३ प्रतिशतले सुन्तला उत्पादन बढेको छ ।
प्रतिकुल मौसमका कारण बोटमा कम फल लागेपनि विगतको तुलनामा फल लागेको बिरुवा र क्षेत्रफल बढेका कारणले उत्पादन बढेको उनले बताए । हाल म्याग्दी जिल्लाको ५८८ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको मध्य यस वर्ष ३७० हेक्टरमा रहेका बिरुवामा फल लागेको छ । गत वर्ष २ हजार २३६ मेट्रिक्टन सुन्तला उत्पादन भएकोमा यस वर्ष २ हजार ८ सय ७८ मेट्रिक्टन उत्पादन भएको छ । गत वर्ष २ सय ५५ हेक्टर क्षेत्रफलमा गरिएको सुन्तलाका बोटमा फल
लागेको थियो ।
              म्याग्दीको सिंगा, भक्किम्ली, बरङ्जा, देविस्थान, ताकम, बिम, हिस्तान, राखु पिप्ले, घतान, भगवती, दाना, नारच्याङ, घार, अर्मन र भुरुङ तातोपानी गाविसमा व्यवसायीक सुन्तला खेती हुने गरेको छ ।
यसवर्ष बगैचाबाटै ४० देखि ६० रुपैया प्रतिकिलोका दरले सुन्तला बिक्री भइरहेको कृषकहरुले बताएका छन् । म्याग्दीमा उत्पादन भएको सुन्तला काठमाडौको कालीमाटी, पोखरा र मुस्ताङमा निर्यात हुने गरेको छ ।

No comments:

Post a Comment