प्रतिकुल मौसमका कारण बोटमा कम फल लागेपनि विगतको तुलनामा फल लागेको
बिरुवा र क्षेत्रफल बढेका कारणले उत्पादन बढेको उनले बताए । हाल म्याग्दी
जिल्लाको ५८८ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको मध्य यस वर्ष ३७०
हेक्टरमा रहेका बिरुवामा फल लागेको छ । गत वर्ष २ हजार २३६ मेट्रिक्टन सुन्तला उत्पादन भएकोमा यस वर्ष २ हजार ८
सय ७८ मेट्रिक्टन उत्पादन भएको छ । गत वर्ष २ सय ५५ हेक्टर क्षेत्रफलमा
गरिएको सुन्तलाका बोटमा फल
लागेको थियो ।
म्याग्दीको सिंगा, भक्किम्ली, बरङ्जा, देविस्थान, ताकम, बिम, हिस्तान,
राखु पिप्ले, घतान, भगवती, दाना, नारच्याङ, घार, अर्मन र भुरुङ तातोपानी
गाविसमा व्यवसायीक सुन्तला खेती हुने गरेको छ ।
यसवर्ष बगैचाबाटै ४० देखि ६० रुपैया प्रतिकिलोका दरले सुन्तला बिक्री
भइरहेको कृषकहरुले बताएका छन् । म्याग्दीमा उत्पादन भएको सुन्तला काठमाडौको
कालीमाटी, पोखरा र मुस्ताङमा निर्यात हुने गरेको छ ।
No comments:
Post a Comment