koshraj wonta               काठमाडौं। कोषराज वन्तलाई फालेर आफू आईजीपी हुने दाउमा लागेका सशस्त्र प्रहरीका एआईजी सुशीलकुमार श्रेष्ठ आफ्नै श्रीमतीको कारण तनावमा परेका छन्। श्रेष्ठकी माइली श्रीमती भावना श्रेष्ठले ठगीमा आफ्नो नाम पोलेपछि उनी तनावमा परेका छन्।
            भावना यतिबेला महानगरीय प्रहरी परिसर ललितपुरको हिरासतमा छन्। एआईजीकी श्रीमतीलाई थुन्ने भन्दै उनी परिसरका प्रहरीसँग दिनुहँ झगडा मात्र गरिरहेकी छैन, एआईजी श्रेष्ठले आफूलाई दिएको यातनाको पनि बेलिबिस्तार लगाएकी छिन्।  प्रहरीका अनुसार भावना यअसघि पनि जेल परीसकेकी रहेछिन्। त्यतिबेला उनले मेनपावर चलाउथिन्। सुशीलसँगै मिलेर उनले मेनपवार चलाएकी
थिइन। तर पैसा लिएका युवाहरुलाई बिदेश पठाउन सकिनन्। पिडितहरु प्रहरीमा पुगे। उनी पक्राउ परीन्। त्यतीबेला पनि पत्रपत्रिका सशस्त्र डिआईजीको श्रीमती पक्राउ भन्दै समाचार आए।
                     खासमा त्यतीबेला पैसा चाही एआईजी श्रेष्ठले खाएका रहेछन्। जेल परिन् भावना। जेलबाट छुट्दा सुशीलले तेस्रो बिहे गरीसकेका थिए।  तर तेस्री श्रीमतसँग झगडा भएपछि पछिल्लो समय भावना र सुशील नजिकिएको स्रोत बताउछ। विभिन्न बहानामा सुशीलले भावनासँग आर्थिक सहयोग समेत लिएको उनले बताएकी छिन्। ललितपुर परिसरका डिएसपी रामदत्त जोशी लगायतका प्रहरीसँग यसरी आफ्नो कथा भनेकी हुन्। भावनाका अनुसार सुशीलका आधा दर्जन श्रीमती छन्। आधा दर्जन महिलाको जिन्दगी बर्बाद बनाउनेलाई कारबाही नहुने, सामान्य लेनदेनमा कारबाही हुने भन्दै भावनाले ललितपुरका प्रहरीसँग न्याय मागेकी थिइन्।
                  भावना गत पुस ५ गते पक्राउ परेकी हुन्। गत ५ पुसमा बाटो भेटेपछि पिडित तरिमई महर्जनले आफ्नो पैसा फिर्ता माग्दा उनले कुटपिट गरेको थिइन्। पीडितको उजुरीका आधारमा भावनालाई महानगरीय प्रहरी वृत्त सातदोबाटोले पक्राउ गरेको थियो।  एआईजीको श्रीमती भएको थाहा भएपछि वृत्तले उनलाई थप अनुसन्धान गर्न परिसर पठाएको हो।
                 महर्जनलाई कुटपिट गरेको आरोपमा श्रेष्ठलाई हाल प्रहरीले केही सार्वजनिक अपराध ऐन अर्न्तगत कारबाही अघि बढाएको छ। ठगीको घटनामा पनि अनुसन्धान गर्ने तयारी परिसरको छ ।  बहुबिवाहको कारण एआईजी श्रेष्ठ विवादास्पद प्रहरी अधिकारी हुन्। सुरुमा अंजली श्रेष्ठसँग बिहे गरेका उनी त्यसपछि भावना हुदै चार जनासँग बिहे गरेको स्रोत बताउछ। त्यस विषयमा सशस्त्र मुख्यालयमा उजुरी परेपनि कारबाही भएको छैन।  महिला आयोगले समेत यस्ता प्रहरीलाई कारबाही गर्न सकेको छैन।