Tuesday, February 4, 2014

संसदमा प्रधानमन्त्री चयनका विषयमा छलफल हुने

             २२ माघ, काठमाडौं । व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । दिउँसो १ बजेपछि संविधानसभा भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री चयनको लागि औपचारिक प्रक्रिया सुरु गर्ने विषयमा छलफल हुनेछ ।
                      आज बस्ने बैठकमा बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन गर्न राष्ट्रपति कार्यालयले पठाएको पत्रलाई पढेर सुनाईने र सोही विषयमा छलफल हुने संसद सचिवालयले जनाएको छ । यसअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले आगामी माघ २७ गते प्रधानमन्त्री चयनका लागि निर्वाचन गर्ने निर्णय गरेको छ । सोही निर्णयका आधारमा
आजको बैठकले निर्वाचन तालिका बनाउने छ । राष्ट्रपतिले सहमतिको सरकार गठन गर्न दिएको समयसीमाभित्र दलहरुबीच सहमति नभएपछि पुनः राष्ट्रपति कार्यालयले बहुमतीय सरकार गठन गर्न पत्राचार गरेका छन् ।

No comments:

Post a Comment