Tuesday, February 4, 2014

झलनाथ हारेपछि माधवको भारत भ्रमण लम्बियो

                काठमाडौ माघ २२ – काँग्रेसमा सुशील कोइराला संसदीय दलको नेतामा चयन भएपछि भारतले माधवकुमार नेपाललाई भारतीय भ्रमणको निमन्त्रणा दिएको थियो । नेपालको राजनीति आफ्नो हातबाट गुम्दै गएको भनेर माधव नेपाललाई अघि सार्नका लागि भारतले नेपाललाई औपचारीक भ्रमणमा बोलाएको थियो तर यता भारत उड्नुअघि एकदिन अगाडि झलनाथ खनाल संसदीय दलको नेतामा पराजित भएपछि माधव नेपालको भ्रमण दुईदिन लम्बिएको छ । 
                     फरवरी ५ तारिखका लागि तय भएको भारत भ्रमण अब फरवरी सात तारेखका लागि सारिएको भारतीय दुतावास स्रोतले जनाएको छ । यद्यपी माधव नेपालसँग जाने केही नजिकका मानिस तथा भतिजो समीर नेपाल माधव नेपालको गुन्टागुन्टी लिएर आजै नै २ बजेको फलाइटबाट दिल्लीका लागि उड्न लागेको हो । भारतले शेरबहादुर देउवालाई संसदीय दलको नेता बनाउन चाहन्थे, तर सोच उल्टा भएपछि माधव नेपाललाई बोलाएको छ । माधव नेपाल निकट एक स्रोतले भने, भारतमा त्यहाँ प्रधानमन्त्री मनमोहन सिंह, सोनिया गान्धिलगायत अन्य वरिष्ठ नेताहरुलाई भेट्ने तय भएको छ । झलनाथ खनाल संसदीय दलको नेतामा आउने पक्का पक्की भएपनि राता रात के.पी. ओली नेता बनेपछि दुःखी भएका माधव नेपालले भारत भ्रमण लम्ब्याइएको बताइन्छ । हुन त एमालेमा चुनाव
हुने वतावरण बनेपछि नै एमाले भ्रमण सार्ने कुरा गरेका थिए तर त्यतिखेरसम्म त्यो तय भएको थिएन तर खनालको हारपछि भ्रमणलाई दुई दिन सारेको छ । कोइराला र देउवा मिलेपछि यता काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले आफूलाई धोका दिएको भन्दै सोही पार्टीका नेता शेरबहादुर देउवाले सुशील कोइरालासँग हात मिलाएर पौडेललाई पाखा लगाउने भएको छ । पार्टीको कार्यवाहक सभापति बन्ने लालचमा देउवालाई धोका दिएर सुशीललाई सघाएका थिए । अब, देउवा र कोइराला मिलेपछि पौडेल पाखा लाग्ने भएको छ । अन्ततः पौडेलले कार्यवाहक सभापति पाउने संभावना कम भएको छ

No comments:

Post a Comment