Tuesday, July 1, 2014

रोमान्सलाई उमेरले छेक्दैन : बिद्या बालन

                ‘डर्टी गर्ल’ बिद्या बालनले रोमान्स गर्न आफुले उमेरले कहिल्यै पनि नछेक्ने बताएकी छिन् । आगामी फिल्म बेबी जासुसमा आफुभन्दा निकै कम उमेरका अभिनेता अलि फजलसाथ अनस्क्रिन रोमान्स गरेकी बिद्याले रोमान्सको उमेरको छेकबार नहुने बताइन् । ‘मैले आफ्नो उमेरभन्दा निकै बुढा नसिरसँग पनि रोमान्स गरेँ र अहिले फजलसँग पनि’ बिद्याले भनिन्– त्यसमा उमेरले कुनै फरक पारेन् ।’ अहिलेसम्म बलिउड हस्ती खानहरुसँग अभिनय नगरेको सम्बन्धमा बिद्याले भनिन–राम्रो स्क्रिप्ट मिल्यो भने खान स्टारहरुसँग् पनि जरुर काम गर्छु ।’ उनले आफ्नो करियरबारे धेरै चिन्ता लिएर नबस्ने तर राम्रो स्क्रिप्ट पाए काम गर्ने
बताइन् ।

No comments:

Post a Comment