Saturday, July 19, 2014

कालीमा फसेको बालकको उद्धार : खहरेखोला गाउँमा पसेपछी भागाभाग !

           म्याग्दी, २०७१ साउन ३ । अविरल वर्षाका कारण शनिवार विहान कालीगण्डकीमा आएको बाढीले बगाएर ल्याएको दाउरा छोप्ने क्रममा नदीको वीच भागमा पुगेर अड्किएका एक बालकको शनिबार प्रहरीले उद्धार गरेको छ भने म्याग्दीकै अर्मनमा खोलामा आएको बाढी गाउँमा पसेपछी १० परिवारको स्थानीयले उद्धार गरेका छन् । दाउरा छोप्ने क्रममा कालीको विचमा पुगेर फर्कन नसकेर अल्पत्र परेका ११ बर्षिय बालक सरोज नेपालीलाई जिल्ला प्रहरी कार्यालय म्याग्दी बाट खटिएको प्रहरीको टोलीले सकुशल उद्धार गरेको हो । म्याग्दीको पिप्ले–५ घर भई हाल घरपरिवारसंग पर्वत बेनीमा बस्दै आएका बालक विहान पौने १० बजे खोलामा
फसेका थिए । उनलाई तत्कालै जिल्ला प्रहरी कार्यालयका प्रहरी जवान सूर्य वहादुर थापा र कृष्ण श्रेष्ठले डोरीको सहायताले नदीको विच भागबाट उद्धार गरेको थियो । यसैवीच म्याग्दीको अर्मन–३ छिसबाङको खहरे खोलामा आएको बाढी गाउँमा पसेपछी स्थानीयवासी त्रसित बनेका छन् । अविरल वर्षासंगै आएको बाढी पहिरोले खहरेखोला थुनिएर गाउँतिर धार परिवर्तन गरेपछि गएराति सर्वसाधारणमा भागाभाग भएको थियो ।दाउरा समात्न खोज्दा नदीको बहाबले उनलाई विच भागमा पु-याएको थियो भने उनी त्यही रहेको ढुंगामा उभिएर ज्यान जोगाएका थिए । स्थानीय युवा र सर्वसाधारणको सहयोगमा खहरेका १० घरधुरीलाई गएराति अन्यत्रै सारिएको स्थानीय दधिलाल किसानले बताए । उनले बाढी र पहिरोले सेउलाबोट, गहते, पुलगैरा, खहरेलगायतका बासिन्दाको सिँचाइ र खानेपानी आयोजनामा समेत क्षति पु¥याएको छ । अहिले बाढी र पहिरोबाट १५ घर प्रभावित बनेको बताइएको छ ।

No comments:

Post a Comment