Tuesday, September 9, 2014

राष्ट्रिय राजनीतिक सम्मेलन असोज २ मा गर्ने बैद्य माओवादीको प्रस्ताव

बैद्यको नेतृत्वमा संयन्त्र बनाउन देव गुरुङको माग 
         
२४ भदौ, काठमाडौं । मोहन बैद्य नेतृत्वको नेकपा-माओवादीले राष्ट्रिय राजनीतिक सम्मेलन असोज २ गते गर्न प्रस्ताव गरेको छ । सम्मलेनको मितिबारे दलहरुबीच विवाद भइरहेका बेला माओवादी सचिव देव गुरुङले प्रधानमन्त्री अमेरिका जानु अघिल्लो दिन असोज २ गते पहिलो चरणको प्रारम्भीक सम्मेलन गर्न सकिने बताएका छन् ।यसअघि कांग्रेस र एमालेले भदौ मसान्तभित्रै सम्मेलन प्रस्ताव गरेपनि बैद्य माओवादीले असोज ४ पछि मात्र सम्मेलन गर्नु पर्ने बताएको थियो । रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा चार दलीय कार्यदलका सदस्य समेत रहेका गुरुङले भने-‘प्रधानमन्त्री हुँदा राम्रो हुन्छ । उहाँले सुरु गरेको प्रयास भएकोले उहाँ हुँदा सहज हुन्छ तर, उहाँ नहुँदा पनि फरक
पर्दैन ।’< चार दलले चार वर्षसम्म टुंग्याउन नसकेको संविधानका अन्तरवस्तुमा तत्कालै सहमति जुटाउन सक्ने अवस्था नरहेको भन्दै उनले छलफलले लामो समय लिन सक्ने बताए । एक दुई दिनमै सम्मेलन नसकिने भन्दै उनले भने-‘छलफलको नाममा झारो टार्ने काम गर्न खोज्दैछ्, त्यसरी हतारमा काम हुन सक्दैन । यसलाई हल्काफुल्का रुपमा नलिऔं, सहमतिको दस्तावेज बनाऔं ।’< सम्मेलनमा संविधानसभा भित्र र बाहिरका दलरुको कुरा सुन्नु पर्ने भएकोले मोडालिटीमा आफूरुको कुनै अडान नभएर उनले बताए । माओवादी सचिव गुरुङले संविधानका मुलभुत विषयहरुमा आफूहरु ‘गिभ एण्ड टेक’ गरेर सहमति कायम गर्न तयार रहेको बताए । उनले भने-संविधान बनाउने नाममा केवल औपचाकितामात्र पुरा गर्न खोजे त्यो मुलुकका लागि दुर्भाग्य पूर्ण हुन्छ । संविधान फेरि पनि बन्दैन । समय लागे केही फरक पर्दैन तर दलहरु सहमतिको विन्दुमा पुग्नैपर्छ ।’

No comments:

Post a Comment