Monday, March 16, 2015

पोखरा – जोमसोम सिधा बस सेवा शुरु

              चैत्र २ पृथ्वी राजमार्ग बस व्यवसायी समिति र मुस्ताङ जिप तथा बस व्यवसायीले पोखराबाट मुस्ताङको जोमसोममा सिधा बस सेवा शुरु गरेका छन्। पोखराको पर्यटक बसपार्कबाट मुस्ताङको जोमसोमसम्म सिधा बस सोमबारदेखि दुवैतर्फबाट एक एक वटा बस सन्चालमा आएका छन्। पोखराबाट विहान एक कार्यक्रम गरि पश्चिमाञ्चल क्षेत्रिय प्रशासक दिनेशकुमार थपलीयाले यात्रुलाई खादा लगाएर शुरु गरे। अहिले एक एक वटा छुटे पनि माग बढ्दै गएमा सेवा थप गर्दै जाने पृथ्वी राजमार्ग बस व्यवसायी समितिका अध्यक्ष ऐनकुमार साईले बताए। माग बढे वैशाखदेखि दैनिक ३ देखि ४ वटा बस चलाइनेछ। पर्यटकीय सिजन सुरु हुने भएकोले वैशाखदेखि यो रुटको चाप बढ्ने उनले बताए। सिधा बस सेवाले मुस्ताङ जाने आन्तरिक
तथा बाह्य पर्यटक र मुक्तिनाथ दर्शन गर्न जाने तीर्थयात्रीलाई सजिलो हुने साईको भनाई छ। यातायात सुविधाले पर्यटकलाई सहज हुने बताए। अहिलेसम्म बेनी–जोमसोम रुटमा मात्र सिधा बस सेवा सन्चालन हुने गरेको छ। साईका अनुसार पोखराबाट जोमसोमसम्मको प्रारम्भिक भाडा प्रति व्यक्ती एकतर्र्फी भाडा ९ सय ९५ रुपैयाँ तय गरेको जानकारी दिए। नयाँ र सुविधायुक्त २६ सिटको बस सन्चालनमा आएको छ। सोमबार २ विदेशी सहित २६ जना यात्रु लिएर पोखराबाट बस छुटेको थियो। सोमबार पोखराबाट विहान ८ बजे र जोमसोमबाट विहान ७ बजे बस छुटेका थिए।

No comments:

Post a Comment