Tuesday, July 2, 2013

अफगानिस्तानमा आत्मघाती बम आक्रमण, चार नेपालीको मृत्यु

               १८ असार, काठमाण्डौ । अफगानिस्तानमा भएको आत्मघाती बम आक्रमणमा परी चार नेपाली सुरक्षा गार्डको मृत्यु भएको छ । मंगलवार विहान अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती बम आक्रमणमा परी चार नेपाली सुरक्षा गार्डको मृत्यु भएको काबुलका प्रहरी प्रमुख महोम्मद आयुब सलाङीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
      विष्फोटक पदार्थले भरिएको ट्रक विष्फोट हुँदा
चार नेपाली सहित सात जनाको मृत्यु भएको हो । मृतक नेपाली सुरक्षा गार्डहरूको पहिचान खुल्न नसकेको बीबीसीले जनाएको छ ।विष्फोट लगत्तै नेटो सैनिक र तालीवानी विद्रोहीवीच झण्डै आधार घण्टा दोहोरो गोलीहानाहान भएको थियो । नेटो सैनिकको कार्यालय परिसरमा प्रवेशका लागि सुरक्षा गार्डको रुपमा कार्यरत चार नेपाली र   दुईजना ट्रक चालक कुरिरहेका थिए । त्यही बेला तालीवानीले गरेको आत्मघाती बम विष्फोटमा उनीहरु सबैको ज्यान गएको हो

No comments:

Post a Comment