Tuesday, October 1, 2013

संजय दत्तलाई जेलबाट १४ दिनको छुट्टी, देश बाहिर जान नपाउने

snjya-dutta                  बलिउड नायक संजय दत्त यतिबेला जेलको सजाय काटिरहेका छन् । उनलाई महाराष्ट्रको यरवडा जेलमा राखिएको छ ।
                           जेलमा रहेका संजयले प्रशासनसँग आफ्नो स्वास्थ्य अवस्था खराब भएको बताउँदै आएका थिए । उनको पैतालामा समस्या देखिएको छ ।जेल प्रशासनले संजयको मागलाई माथिल्लो स्तरमा पुर्‍याएको थियो । संजयको मागमा सुनुवाई गर्दै उनलाई १४ दिनको जमानत दिइएको छ । संजय १४ दिनको जमानत पाउने वित्तिकै सबैभन्दा पहिला आफ्नो घरमा
पुगेका छन् ।
                     संजय आफ्नो समय घरपरिवारसँग बिताउन चाहन्छन् । उनलाई आफू बसेको राज्य र देशबाट बाहिर जान भने रोक लगाइएको छ । उनी अब आफ्नो उपचार सुरु गर्दैछन् । उनी अस्पतालमा भर्ना नभएको खण्डमा दैनिक प्रहरी समक्ष पुग्नु पर्ने हुन्छ । उनी १४ दिन जेल बाहिर आएकाले पनि उनको परिवार निक्कै खुशी छ । संजयकी पत्नी मान्यताले उनको लागि विशेष खानेकुराहरुको व्यवस्था गरेकी छिन् । संजयलाई साढे ३ बर्षको जेल सजाय सुनाइएको थियो ।

No comments:

Post a Comment