Saturday, October 12, 2013

कुरान पढ्दै छिन् मडोना

Pop-star-Madonna         (एजेन्सी)–विश्वप्रख्यात गायिका मडोनाले एक पत्रिकाको लागि लेखिएको आफ्नो लेखमा उनी आजकाल कुरान पढिरहेको बताएकी छिन् ।
             ‘हार्पर्स बाजार’ नामको पत्रिकामा प्रकाशित यो लेखमा उनले आफ्नो जीवनसँग जोडिएको थुप्रै कुराहरु उजागर गरेकी छिन् । जसमा उनले आफ्नो फ्ल्याटमा तीन पटक चोरी भएको र आफू बलात्कृत भएको बताएकी छिन् । यहि लेखमा उनले कुरान पढिरहेको कुरा पनि बताएकी छिन् ।
न्यूयोर्क र मडोना
                  उनी भन्छिन्,‘म इस्लामी देशको महिलाहरुका लागि स्कुल बनाउन चाहन्छु त्यसकारण कुरान पढिरहेकी छु । धर्मको पवित्र ग्रन्थहरु पढ्नुपर्छ भन्ने मेरो मान्यता छ ।’
मडोना भन्छिन्, ‘जस्तो कि मेरो साथी यमन भन्छन् कि एक राम्रो मुसलमान एक यहूदी हुन्छ, एक राम्रो यहूदी एक राम्रो इसाई हुन्छ र म यो कुरासँग
एकदम सहमत छु । ’
                         मडोनाले यो लेखमा मिड वेस्टबाट न्यूयोर्कसम्म आइपुग्दाका शुरुका दिनहरुको समस्याको बारेमा लेखेकी छिन् । मडोना लेख्छिन्, ‘न्यूयोर्क मैले सोचेको जस्तो राम्रो थिएन । यसले मलाई स्वागत गरेन ।’

No comments:

Post a Comment