Saturday, January 18, 2014

विश्वकप खेल्ने नेपालको सपना तुहियो

Prithu-and-Sompal-Team-Nepal-World-Cup-Qualifiers            काठमाडौं,माघ ५–विश्वकप खेल्ने नेपालको धोको हङकङसँगको पराजयसँगै तुहिएको छ । न्युजिल्यान्डमा जारी एकदिवसीय विश्वकप छनोटमा हङकङसँग १० विकेटले पराजित भएपछि नेपालको विश्वकप खेल्ने धोकोमा तत्कालका लागि पुर्णविराम लागेको हो । हङकङका इरफान अहमद र वाक्स वारकटले महत्वपूर्ण साझेदारी गरेपछि नेपालको वान डे विश्वकप खेल्ने सपना चक्नाचुर भएको हो। आइतबार आफ्नो महत्वपूर्ण खेलमा नेपालले हङकङलाई दिएको १५१ रनको झिनु लक्ष्य हङकङले बिना कुनै विकेटको क्षतिमा ३३।२ ओभरमा
पुरा गरेको छ ।
         हङकङका लागि ओपनर व्याट्सम्यान इरफान अहमदले ८६ रन बनाए भने वाक्सले ५६ रन जोडे ।टस हारेर पहिले ब्याटिङ गर्दै खराब प्रदर्शनको सुरुवात गरेको नेपालका लागि ३ जना खेलाडीले मात्र दोहोरो रनको स्कोर लिन सके ।
         ४९।३ ओभरमा सबै विकेट गुमाउँनुअघि १ सय ५० रन बनाएको नेपालले बसन्त रेग्मीको ४५ रन हासिल गरेको थियो ।कप्तान पारस खड्काले २९ रन जोडे। त्यसैगरी,४८ बल खेलेका बलर सोमपाल कामीले पनि २६ रन जोड्न सके । नेपालका अन्य व्याट्सम्यान भने खरो उत्रन सकेनन् ।
            शक्ति गौचन र विनोद भण्डारीले समान ८–८ रन बनाए भने सरद भेसवाकर ४ रनमा आउट भए । अभिनास कर्ण र अनिल मण्डलले ३–३ रन बटुले। ज्ञानेन्द्रले खातै नखोल्दा पृथु १ रनमा आउट भएका थिए।हङकङका लागि हासिब अम्जादले ४ तथा आजिर खान र इरफान अहमदले २–२ विकेट हासिल गरें । तान्विर अफ्जाल र नादेम अहमदले समान १–१ विकेट जोडे।
             यसअघिको खेलेका दुबै खेलमा पराजित भएको नेपालले आजको खेलमा हार बेहोरे प्रतियोगिताबाटै बाहिरिनेछ । पहिलो खेलमा युएईसँग १ सय २ रनले हारेको नेपाल स्कटल्यान्डसँग ९२ रनले पछि पर्दा हारको नमिठो स्वाद चाख्न बाध्य भएको थियो । हंङकङ भने आफूले यसअघि आफूले खेलेका दुबै खेलमा अपराजित छ।समूह चरणबाट नेपाल सुपर सिक्सेस चरणमा नपुगे पनि अब प्लेफका खेल खेल्न पाएको छ। आइसीसीका अनुसार समूहमा अन्तिम चौंथो र पाँचौं स्थानमा रहने चार टिमबीच अर्को चरणको खेल हुनेछ।

No comments:

Post a Comment