Monday, March 24, 2014

शुभेच्छाले थाम्लिन् त विमलेशको हात ?

bimlesh-and-suvekshya             निर्देशक राजु गिरी चलचित्र निर्देशनसँगै म्यूजिक भिडियोको काममा पनि व्यस्त देखिएका छन् । उनले हालै मात्र कमल खत्रीको शब्द तथा संगीतमा तयार भएको ‘थामी देउ हात मेरो’ बोलको गीतको म्यूजिक भिडियो तयार पारेका छन् ।
                  सबिन घिसिङको आवाज रहेको यो गीतको भिडियोमा नायिका शुभेच्छा थापा र मोडल विमलेश अधिकारीले अभिनय गरेका छन् । मुकेश हुँमागाइले छायांकन गरेको भिडियोलाई क्रान्ती केसीले सम्पादन गरेका
हुन् ।

No comments:

Post a Comment