परेली मै छौं कि….. बोलको गीत गाएर चर्चामा रहेकी गायिका मौसमी गुरुङ अस्पताल भर्ना भएकी छिन् । प्राय रिमिक्स नम्बरका गीत गाउने गायिका मौसमी बुधबारदेखि अस्पताल भर्ना भएकी हुन् ।
सधै जसो दुखीरहने टाउको एक्कासी बढेपछि अस्पताल चेकअफ गर्न पुगेकी मौसमीलाई डक्टरले भर्ना हुन सल्लाह दिएका थिए ।
‘पहिला टाउको दुख्दा पेनकिलर खाएर ठिक हुने म अहिले चाँहि ठिक नभएर चेकअप गर्न आएको तर डक्टरले भर्ना हुन सल्लाह दिनु भयो’ मौसमीले अनलाइन खबरलाई बताइन् ।
डक्टरले ब्रेन ट्युमरको शकां गरेको मौसमीले बताइन् । उनी बाँसकारीस्थित न्यूरो अस्पतालमा भर्ना भएकी छिन् ।
२०६० सालदेखि नेपाली साँगीतीक क्षेत्रमा प्रबेश गरेकी मौसमीका म नेपाली… च्याङवा वइ च्याङवा…. चर्चामा रहन सफल रिमिक्क गीत हो । सुमधु स्वरकी धनी
मौसमीका कान्छी ए कान्छी… माछी मारन.. झम्के फूलीलगाएतका गीत पनि दर्शकमाझ लोकपि्रय छन् ।
No comments:
Post a Comment