Tuesday, May 27, 2014

नेपालमा ‘मेगा हाइड्रो पावर’का पक्षमा मोदी

       काठमाडौं, जेठ १३ – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको समृद्धिको लागि हाइड्रो पावरको विकास गर्नुपर्ने सुझाव दिएका छन् । आफ्ना समकक्षी नेपालका प्रधानमन्त्री शुसील कोइरालासँगको भेटमा मोदीले नेपालले जलश्रोतको विकासमै जोड दिनुपर्ने बताएका हुन् । उनले नेपालले मेगा हाइड्रो पावरमा जोड दिनुपर्ने सल्लाह दिएका छन् । सँक्षीप्त औपचारीक भोटमा पनि मोदीले विकास मोडलका बारेमा चर्चा गर्र्दै अब कुनै बिलम्ब नगरी नेपालमा नयाँ संविधान बनाउनुपर्ने, लोकतन्त्रलाई संस्थागत गर्नुपर्ने र हाइड्रो पावरको विकास गर्दै समृद्धिको यात्रा थाल्नुपर्ने विचार राखेको भौतिक योजना तथा निर्माण मन्त्री विमलेन्द्र नीधिले बताए ।  ‘मोदीले नेपालका विकासका लागि जलश्रोतको विकास अपरिहार्य भएको बताउनुभयो । उहाँले नेपालको
विकासको लागि मेघा जलविद्युत आयोजना पहिचान गरेर त्यसैमा केन्द्रीत भएर अघि बढनुपर्ने बताउनुभयो’, भेटमा सहभागी काँग्रेस नेतृ सुजाता कोइरालाले भनीन, ‘मेघा हाइड्रो पावरको विकासको लागि सहयोग गर्न तयार रहेको मोदीले बताउनुभयो ।’ दिल्लीबाट पत्रकार ऋषि धमलाका अनुसार हैदराबाद हाउसमा दुबै प्रधानमन्त्रीवीच भएको कुराकानीमा मोदीले आफु नेपाल आउन इच्छुक भएको र उपयुक्त समय मिलाएर नेपाल आउने बताएका छन् । प्रधानमन्त्री कोइरालाले नोभेम्बरमा हुने सार्क सम्मेलनअघि नै नेपाल आउन मोदीलाई आग्रह गरेका थिए । १५ वर्षदेखी नेपालमा उच्चस्तरको भ्रमण हुन नसकेकोप्रति संकेत गर्दै कोइरालाले समकक्षी मोदीलाई नेपाल आउन निमन्त्रणा गरेपछि मोदीले नेपाल आउने बचन दिएका हुन ।
भेटमा मन्त्री निधि, काँग्रेस विदेश विभाग प्रमुख सुजाता कोइराला, नेताहरु संसाक कोइराला, भारतीय राजदूत रन्जीत रेको उपस्थिति थियो ।

No comments:

Post a Comment