Tuesday, May 27, 2014

संवैधानिक समिति त्यागे पौडेलले

                 काठमाडौं, जेठ १३ – नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले प्रधानमन्त्री शुसील कोइरालाविरुद्ध अर्को आक्रामक कदम चालेका छन् । पौडेल संविधान मस्यौदा समितिबाट अलग भएका छन् । आफूभन्दा कनिष्ठ कृष्ण सिटौलालाई सभापति बनाएपछि असन्तुष्ट रहँदै आएका पौडेलले प्रधानमन्त्री भारत भ्रमणमा रहेको बेला समिति छाडेका हुन । उनले सभा अध्यक्ष सुवास नेम्वाङलाई आफूले संवैधानिक समिति छोडको जानकारी दिएका हुन । मस्यौदा समिति छाडेपछि पौडेल एमाओवादी सभासद डा. बाबुराम भट्टराई सभापति रहेको संवैधानिक राजनीतिक संवाद तथा सहमती समितिमा गएका हुन । पौडेल सुरुमा आफू नै संवैधानिक समितिको सभापति
हुन चाहन्थे ।

No comments:

Post a Comment