Tuesday, June 3, 2014

श्रीमान विदेशमा हुँदा जेठाजुको गर्भ बोकेपछि…

        सोलुखुम्बु, २० जेठ । लोग्ने विदेशमा भएको समयमा जेठाजुसँग अवैध सम्वन्ध राखेकी महिलाले शिशु जन्माएपछि सोलुखुम्बुमा यो घटना सर्वाधिक चासो र चर्चाको विषय बनेको छ । श्रीमान् बिदेश भएको समयमा आफ्नै जेठाजुसँग अबैध यौन सम्बन्ध राख्दा बच्चा जन्माएकी तिङला ७ की ३६ बर्षीया बिना भुजेलले शिशुको हत्या गरेर जमिनमा गाडेकी छिन् । भुजेलले जेठ १० गते शिशुलाई जन्म दिएकी थिइन् ।शिशु जन्माएपछि सवैतिरबाट खोजीनीति र बच्चाको बाउ खोजेर दबाब दिन थालेपछि भुजेलले बच्चा जन्मिएको तिन दिनपछि १३ गते खाल्टो खनेर शिशु पुरेकी थिइन् । महिलाले शिशुको मृत्यु भएकाले खाल्डो खनेर पुरेको दाबी गरेकी छिन् भने स्थानीयले मारेर पुरेको दाबी गरेका छन् । प्रहरीले गाडेको शिशुको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल फाप्लु लगेको छ । महिलाको श्रीमान्
सन्तबहादुर भुजेल डेढ वर्ष देखि रोजगारीको सिलसिलामा साउदी अरबमा छन् । महिलाले काँइलो जेठाजु रमेश भुजेलसँगको यौन सम्बन्धबाट गर्भ रहेको बयान प्रहरीलाई दिएकी छिन् । हाल गर्भ बोकाएका जेठाजु पनि मलेसिया गएका छन् । महिलालाई प्रहरीले नियन्त्रणमा राखेर अनुसन्धान गरिरहेको छ ।

No comments:

Post a Comment