तेस्रोपटक च्याम्पियन बन्ने अर्जेन्टिनाको सपना चकनाचुर
काठमाडौं, असार ३०– अतिरिक्त समयमा दक्षिणी अमेरिकी राष्ट्र अर्जेन्टिनालाई हराउँदै युरोपेली राष्ट्र जर्मनी विश्व च्याम्पियन बनेको छ ।सोमबार बिहान सम्पन्न फाइनलमा अर्जेन्टिनालाई १ –० ले हराउँदै जर्मनी विश्व च्याम्पियन बनेको हो ।
जर्मनीको लागि अतिरिक्त समयको अन्त्यतिर मारियो गोटेजले गोल गरे । उनले अतिरिक्त समयको २३ औं मिनेटमा डिबक्स एसियाबाट प्रहार गरेको सटिक प्रहारलाई गोलमा परिणत गरे ।पहिलो गोल खाएसँगै निराश बनेको अर्जेन्टिना गोल फर्काउने प्रयास गरेपनि सफल भएन र मारियोकै गोल निर्णायक बन्न पुग्यो ।निकै प्रतिश्पर्धात्मक बनेको खेलमा निर्धारित ९० मिनेटमा दुबै पक्षबाट कुनै गोल हुन नसकेपछि खेल अतिरिक्त





