माओवादीका उपाध्यक्ष गजुरेलले शनिबार राजधानीको संवाद डबलीमा सिन्धुली–काठमाडौं सम्पर्क मञ्चको तेस्रो सम्मेलनमा सो धारणा राखेका हुन् । उपाध्यक्ष गजुरेलले पार्टी एकताका लागि चलिरहेको छलफलमा एकीकृत माओवादी मात्र नभएर सबै क्रान्तिकारी कम्युनिष्टसंग एकता गर्न कसैको विरोध नरहेको बताउँदै गजुरेलले भने, ‘हाम्रो पार्टी छलफलमा एकताको विरोधी कोहि छैनन् र नवासंसोधनवादीहरुको पछि दौडन चाहाने पनि कोहि छैनन् ।’गजुरेलले एकीकृत माओवादीसँग एकता हुन्छ या हुँदैन भन्ने कुरा आफ्नो पार्टीको केन्द्रीय समितिको बैठक सम्पन्नपछि मात्रै निश्चित हुने भएपनि एमाओवादी त्यति गम्भीर नभएकोले एकता नहुने सम्भावना देखिएको बताए । एमाओवादीले पठाएको तीन बुंँदे प्रस्ताव पनि किर्ते रहेको आशंका गरिएको र भरखरै सम्पन्न एमाओवादी बैठकमा पनि एकताको कुनै छलफन नहुनुले पनि एमाओवादी पार्टी एकताप्रति गम्भीर नभएको आरोप लगाए । दश वर्षे जनयुद्धबाट बिशाल सम्भावना बोकेर आएको माओवादी शान्तिकालमा प्रतिकान्तिकारीसँग पराजित भएको र यसबाट आम कार्यकर्ता र जनसमुदायमा निराशा
