Sunday, December 1, 2013

एमाओवादी नेता भन्छन- ‘ज्ञानेन्द्र र प्रचण्ड यो देशका मष्तिस्क र मुटु’

                १७ मंसिर, काठमाण्डौ । एकीकृत नेकपा माओवादीका एक नेताले पूर्व राजा ज्ञानेन्द्रलाई नेपालका मुटु र मस्तिस्कका रुपमा ब्याख्या गरेका छन् । चुनाव हार्नुका कारण खोजीरहेको एमाओवादी नेतृत्व अहिले आफ्ना गल्तीबारे पनि मूल्याङ्कन गरिरहेको छ । 
                सोमबार प्रकाशित साँघु साप्ताहिकलाई अन्र्तवार्ता दिँदै एमाओवादी पोलिटब्युरो सदस्य लोकेन्द्र बिष्टले ज्ञानेन्द्रलाई पनि देशको ‘ब्रेन एण्ड हर्ट’का रुपमा टिप्पणी गरेका छन् । मुलुकका तीनवटा ब्रेन एण्ड हर्टमध्ये एउटा ज्ञानेन्द्र, अर्को प्रचण्ड र अर्को गिरिजाप्रसाद कोइराला भएको बताए । 
                     ‘यो देशमा तीनवटा ब्रेन एण्ड हर्ट थिए, एकजना पूर्व राजा ज्ञानेन्द्र र अर्को गिरिजाप्रसाद कोइराला । अहिले ब्रेन एण्ड हर्ट भनेको प्रचण्ड हो ।’ बिष्टले भने-’मैले अन्धभक्त

संविधानसभा र सरकारमा जादैनौं : गजुरेल

                 काठमाण्डौं, कार्तिक १७। नेकपा –माओवादीका उपाध्यक्ष सिपि गजुरेलले निर्वाचन सम्पन्न भयो भनेर घोषणा गरेपनि आफ्नो पार्टीले उठाएको गोलमेच सम्मेलनको समहत्व झन बढेर गएको भन्दै आफ्नो पार्टी संविधानसभा र सरकार सहभागी नहुने बताए।
                   आइतबार राजधानीमा संवाद डबलीले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै गजुरेलले आफ्नो पार्टी निर्वाचनको सम्पूर्ण प्रक्रियाकै विरोधमा रहेकाले जति सिट दिएपनि संविधानसभामा नजाने बताए। “अन्य पार्टी र नेताका बीचमा हाम्रो पार्टीलाई यतिउति सिट दिएर सहभागी गराउने हल्ला चलेको छ, अहिलेकै अवस्थामा हाम्रो पार्टीलाई जति सिट दिएपनि हामी संविधानैंभामा जादैनौं, सरकार त टाढाको कुरा हो” गजुरेले भने। उपाध्यक्ष गजुरेलले आफ्नो पार्टीले उठाएका मुद्धाहरु बिजयी हुँदै गएरहको भन्दै अहिलेको निर्वाचनले

सतबीज छरेर बाला चर्तुदशी मनाईदै

                          १७ मंसिर, काठमाण्डौं । आज बाला चर्तुदशी हिन्दू धर्माबलम्बीहरुले देशका विभिन्न शक्ति पीठहरुमा सतबीज छरेर मनाइरहेका छन । पशुपतिलगायत देशभरका शिव मन्दिरमा आज बिहानैदेखि सतबीज छर्नेको भीड लागेको छ । आफ्नो परिवारभित्रका सदस्यको दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै सतबीज छर्ने गरिन्छ ।
                           सतबीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने जनविश्वास छ । वर्षभरि दिवंगत भएका आफन्तका आत्माको चीरशान्तिको कामना गर्दै पशुपतिक्षेत्रको श्लेषमान्तक वनमा सतबीज छरी परिक्रमा गर्दै आज बालाचतुर्दशी पर्व मनाइँदैछ । हरेक वर्ष मंसिर कृष्ण चतुर्दशीको बिहान सबेरैदेखि जौ, धान, कालो तील, गहुँ, तोरी, मास, सानो केराउ,

Monday, November 25, 2013

भोट नदिनेसँग पैसा फिर्ता माग्दै पराजित नेता तथा कार्यकर्ताहरू

        गौशाला, मङ्सिर १०। महोत्तरी जिल्लाको क्षेत्र नं ३ र ४ का अधिकांश ठाउँमा सम्पन्न संविधानसभा निर्वाचनलाई आफ्नो पक्षमा पार्न मतदाताहरूलाई लाखौँ रुपैयाँ बाँडेका केही दलले हारेपछि अहिले भोट नदिएको भन्दै पैसा फिर्ता माग्न थालेका छन्।
           पैसा बाँडेर पनि चुनाव जित्न नसकेका केही दलका नेता तथा कार्यकर्ताहरू अहिले क्षेत्र नं ३ अन्तर्गत जिल्लाको सदरमुकाम रहेको जलेश्वर नगरपालिकासहित वरपरका १० भन्दा बढी गाउँमा पैसा फिर्ता माग्दै हिँडेको कुरा स्थानीय बासिन्दाले बताएका छन्।
            हार व्यहोरेका केही दलका नेता तथा कार्यकर्ताहरू पैसा दिएकाहरूलाई गालीगलौज गर्दै पैसा फिर्ता मागिरहेका छन्। फिर्ता नदिनेलाई धाकधम्कीसमेत दिने गरेको नाम नछाप्ने सर्तमा जलेश्वर ५ का एक">व्यक्तिले बताए।">त्यस्तै कतिपयले त्यस्ता नेताहरूबाट पाएका पैसा

‘थाहा छ, मलाई खत्तम केटी सोचिन्छ’ : जीया केसी

         "खत्तमको अर्थ पैसाको लागि जे पनि गर्ने, सिनेमा खेल्न कुनै किसिमको संझौता गर्न पछि नपर्ने, तर आफू यस्तो केटी नभएको तर्क एक नायिकाले दिएकी छिन् । ‘एटीएम’, ‘बर्बाद’ जस्ता सिनेमामा आफ्नो उत्तेजक पोज दिएर चर्चामा आएकी नायिका जीया केसी अहिले सिने नगरीमा हराए जस्तै छिन् ।
            सिनेमा नगरीमा आफ्नो उपस्थिती आलोचनात्मक रुपमा अघि बढाएपछि उनले करिअर पनि खासै चम्काउन सकिनन् । चलचित्रमा केही अपाच्य दृश्य दिएर आलोचनासँगै चर्चा बटुलेपनि त्यो क्षणिक मात्र भएको जीयालाई  थाहा छ । चुनावी प्रचारप्रसारका क्रममा इलाम पुगेकी जीया सिने नगरीमा शुद्ध छवि बनाएर र्फकन चाहन्छिन् । यसैले पनि उनी अब दर्शकलाई नपच्ने सिनेमा नखेल्ने तर्क गर्छिन् । उनले आफू संस्कारमा हुर्केको केटी भएकाले पर्दा बाहिर कुनै किसिमको सिमा ननाघेको दाबी

एमाओवादीसँग सहकार्य हुनसक्छ, पार्टी एकता हुँदैन : सीपी गजुरेल

          १० मंसिर, काठमाडौं । नेकपा-माओवादीका उपाध्यक्ष सिपी गजुरेलले एकीकृत माओवादीले अहिलेको संविधानसभा निर्वाचन प्रकृया गलत भएको औपचारिक निर्णय गरेमा दुई पार्टीवीच कार्यगत एकता हुनसक्ने बताउनुभएको छ । 
           सोमबार कुाराकानी गर्दै उपाध्यक्ष गजुरेलले एमाओवादीको केन्द्रीय समिति बैठकले संविधानसभा चुनावी प्रकृया गतल भएको निर्णय गरी राजिनामा दिएर आएमा कार्यगत एकता हुनसक्ने बताउनुभएको हो । ‘हामीले कोहीसँग पनि पानी बाराबार गरेका छैनौँ, आइतबार भएको वार्तामा एमाओवादी अध्यक्ष प्रचण्डले गलती महसुस गर्नुभएको छ’, उपाध्यक्ष गजुरेलले भन्नुभयो, ‘यदि वहाँहरु अहिलेको चुनावी प्रकृया गलत भएको निर्णयसहित क्रान्तिकारी लाइनमा आउन तयार भएमा हमी

Wednesday, November 20, 2013

काठमाडौं १० मा प्रचण्ड बहुमतले प्रचण्डलाई हराउँदै राजेन्द्र केसी विजयी

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई तेस्रो स्थानमा पछि पार्दै नेपाली काँग्रेसका राजेन्द्र केसी विजयी भएका छन्। उनलाई जितको प्रमाणपत्र दिने तयारी भइरहेको बालकृष्ण अधिकारीले जनाए।