२८
मंसिर, काठमाडौं । नेकपा-माओवादीको जारी केन्द्रीय समितिको बैठकमा
केन्द्रीय सदस्यहरुको बोल्नेक्रम जारी रहेको छ । आइतबारदेखि ललितपुरको
कुपण्डोलस्थित माओवादीको नेवाः राज्य समितिको कार्यालयमा जारी बैठकमा
अध्यक्ष वैद्यले प्रस्तुत गर्नुभएको जनयुद्धको जगमा जनविद्रोहको कार्यदिशा र
संविधानसभा विघटन गरी सर्वपक्षीय सम्मेलनबाट संविधान लेखिनुपर्ने तत्कालीन
कार्यनीतिसहितको लिखित प्रतिवेदनमाथि केन्द्रीय सदस्य र केन्द्रीय
सल्लाहकारहरूले आ-आफ्ना धारणा राखिरहेका छन् ।
एकसय ५१ सदस्यीय केन्द्रीय समितिका सदस्य र
३५ सदस्यीय सल्लाहकार समितिका सदस्यमध्ये बिहीबारसम्ममा ८० जनाभन्दा बढीले
आ-आफ्ना धारणा राखिसकेको र बाँकी बोल्न इच्छुक सदस्यहरूले सम्भवतः
आजसम्ममा आˆनो धारणा राखिसक्ने माओवादी पोलिटव्युरो सदस्य हरिभक्त कँडेलले
जानकारी दिनुभयो ।केन्द्रीय सदस्य र सल्लाहकारहरूले दिएको
सुझावअनुसार अध्यक्ष वैद्यको प्रतिवेदन परिमार्जनसहित पारित गर्दै बैठक
शनिबार




