Sunday, March 30, 2014

पूर्व प्रम भट्टराई बाख्रापालनको तयारीमा

                   काठमाडौँ, चैत १६। पूर्व प्रधानमन्त्री एवम् एकीकृत नेकपा(माओवादी)का नेता डा बाबुराम भट्टराईले सक्रिय राजनीतिक जीवनपछिको बाँकी समय गोरखा जिल्लामै पशुपालन व्यवसाय गरेर बिताउने धारणा व्यक्त गर्नुभएको छ। गोरखा पर्यटन समाजले सनीबार आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा डा भट्टराईले भन्नुभयो, “मैले यस्तोभन्दा धेरैले मेरो भनाइमा विश्वास नगर्लान् तर म गोरखा जिल्लामै बसेर त्यहीँ मर्न चाहन्छु।”
                     उहाँले विदेशिने वा काठमाडौँमा बस्ने प्रवृतिको अन्त्य गर्न जरुरी रहेको बताउँदै सबै व्यक्ति गाउँ फर्केर जान आवश्यक रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “छोराछोरीलाई विदेश पठाउने र उनीहरू उतै बस्ने तथा बाबुआमा काठमाडौँमा आएर बस्ने दुवै प्रवृति बढ्दै गएको छ, यसलाई निरुत्साहित गर्न जरुरी छ।” परम्परागत खेतीपाती गर्ने वा जागिर गर्ने दुवै मानसिकता त्यागी अबको पुस्ताले आफैँ उद्यमशील बन्न जरुरी रहेको उहाँको भनाइ थियो।
उहाँले भन्नुभयो, “मेरो गोरखाको घर रहेको क्षेत्रमा खेती बढी हुँदैन, सो ठाउँमा बाख्रापालन गर्न उपयुक्त छ, साथीसँग मिलेर अहिलेदेखि नै बाख्रापालन गर्ने

किराको बक्षस्थल छोपेन पहिरनले (फोटो फिचर सहित)

            मोडल किरा डिक्टेरले पौडने क्रममा आफ्नो स्विमस्विट सम्हाल्न सकिनन् । जसका कारण उनको बक्षस्थल पहिरन भन्दा बाहिर आयो । 
             शुक्रबार मियामी विचमा पौडने क्रममा उनले आफ्नो भित्री अंगलाई सम्हाल्न सकिनन् । केही समयदेखि उनी विभिन्न कारणले समाचारको शिर्षक मा

इन्दिरा सुगर मिलमा आगलागी हुँदा रु एक करोडको क्षति

           परासी, चैत १६। नवलपरासीको प्रतापपुर गाउँ विकास समिति– ५ गङ्गापुरमा रहेको इन्दिरा सुगर मिलमा शनिबार आगलागी हुँदा करिब रु एक करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। मिलका महाप्रबन्धक सुरेन्द्र सुक्लाका अनुसार हावाहुरीसँगै लागेको आगोबाट मिलमा रहेका करोडौँ मूल्य पर्ने सामग्री जलेर नष्ट भएका छन्। 
                    मिलमा आगो लागेपछि रामग्राम नगरपालिकाको दमकल, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका थिए। दिउँसो मिलमा रहेको बकासबाट सल्केको आगोले मिलका अधिकांश सामान जलेर नष्ट भएका हुन्।यसैबीच हावाहुरीका कारण शुक्रबार रामग्राम नगरपालिकाको मन्जरिया चोकमा लागेको आगोका कारण पाँच घर जलेर नष्ट भएका थिए। सुख्खा मौसममा चलेको हावाहुरीका कारण चुरे राष्ट्रपति क्षेत्रको वनमा समेत

धुम ४’ मा सलमान खान भिलेन बन्दै

              ३ वटा सिक्वेल सफल भएसँगै बलिउडको चर्चित फिल्म कम्पनी यशराज ब्यानरले ‘धुम ४’ को तयारी गरेको छ । 
               जोन अब्राहिम, ऋतिक रोशन, आमिर खानको सफलता पश्चात बलिउडका दबंग खान सलमानले धुमको चौथो सिरिजमा काम गर्न लागेका हुन् ।
                 यशराजले सलमानलाई आजसम्म नदेखिएको अवतारमा प्रस्तुत गर्ने तयारी गरेको हो । सलमान यो सिनेमामा भिलेनको भूमिकामा देखिनेछन् । 
                  जसमा उनले खतरनाक स्टन्ट पनि गर्ने जनाइएको छ । नायिका भने सिनेमामा पक्का भैसकेका

नेपाल पत्रकार महासङ्घ ५९औँ वर्षमा '

 देशभर प्रभातफेरी सम्पन्न '  
                काठमाडौँ, चैत १६–नेपाल पत्रकार महासङ्घले ५९औँ स्थापना दिवसको अवसरमा आज बिहान राजधानीलगायत देशका विभिन्न जिल्लामा प्रभातफेरी  कार्यक्रम आयोजना गरेको छ ।
                        काठमाडौंँमा बबरमहलबाट सुरु भएको प्रभातफेरी नयाँ बानेश्वरमा पुगी कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै महासङ्घका अध्यक्ष शिव गाउँलेले दुई करोड ५० लाख नेपाली जनतामार्फत संविधानसभामाथि सञ्चार क्षेत्रबाट निगरानी राखिने बताए । अध्यक्ष गाउँलेले लोकतन्त्र र नागरिक अधिकारका लागि लड्दै आएको पत्रकार महासङ्घले एक वर्षभित्र लोकतान्त्रिक संविधान जारी गर्न संविधानसभालाई निरन्तर दबाब दिने उल्लेख गरे । कार्यक्रममा महासङ्घका पूर्व सभापति हरिहर विरहीले वर्तमान

जेठमा स्थानीय निर्वाचन हुन्छ : प्रधानमन्त्री कोइराला

                     १६ चैत, नेपालगन्ज । प्रधानमन्त्री सुशील कोईरालाले जेठ महिना भित्रै स्थानीय निकायको निर्वाचन हुने ठोकुवा गरेका छन् । आईतबार बिहान प्रेस युनियन बाँकेले नेपालगन्जस्थित कोईराला निवासमा गरेको पत्रकार सम्मेलनमा कोइरालाले जुनसुकै हालतमा जेठमा स्थानीय निकायको निर्वाचन हुने ठोकुवा गरे ।
                उनले भने-’एक वर्ष भित्र संविधान जारी गर्ने र ६ महिनामा स्थानीय निकायको निर्वाचन गर्ने कुरा उच्च स्तरीय राजनीतिक संयन्त्रमा सहमति भै सकेको छ । त्यसैले स्थानीय निर्वाचन गराउन आवश्यक कानून निर्माण गरेर निर्वाचन गराईनेछ ।’ 
                स्थानीय निर्वाचनको विरोध गर्दै आएका माओवादीहरु पनि संविधान निर्माणको लागि बाधा हुने भएकोले उनीहरु पनि सहमतिमा आउने कुरामा आफु विश्वस्त रहेको कोइरालाको भनाई थियो । त्यस्तै प्रधानमन्त्री कोइरालाले सरकारको ड्रिम प्रोजेक्टको रुपमा रहेको सिक्टा सिचाई आयोजनाको रोकिएको काम चाँडै नै सुरु हुने बताएका छन् । सिक्टा सिचाईको नहरले काट्ने जमिनको मुअव्जा विवादले लामो समयदेखि सो परियोजनाको काम ठप्प छ । सिक्टा सिंचाई नहरको विभागीय

क्षतिपुर्ति माग्दै धर्ना बसेका कलाकारमाथि प्रहरी दमन '

गोंगबु क्षेत्र तनाव ग्रष्त ' 
            काठमाडौँ,चैत१६–चर्चित लोक गायिका मञ्जु महतको परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै गोङ्गबु चोकमा धर्ना दिएका कलाकारहरुलाई आज प्रहरीले पक्राउ गरेको छ । लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समितिका अध्यक्ष शिव हमालसहितका १२ जना कलाकारलाई प्रहरीले आज पक्राउ गरेको हो । सो क्षेत्र अहिले तनावग्रस्त भई यातायात सञ्चालनमा असुविधा भएको छ ।
                    महानगरीय प्रहरी प्रभाग महाराजगन्जले उनीहरुलाई पक्राउ गरी लगेको गीतकार सुमन बैरागीले जानकारी दिनुभयो । गएको बिहीबार दिउँसो ठमेलस्थित गल्कोपाखामा भएको सवारी दुर्घटनामा परी गम्भीर घाइते भई उपचार गराइ रहनुभएकी लोकगायिका महतको हिजो साँझ निधन भएको थियो । रत्नपार्कदेखि गोङ्गबु क्षेत्रमा सञ्चालन हुने माइक्रो गाडीले ठक्कर दिँदा सो दुर्घटना भएको थियो । आज सो क्षेत्रमा माइक्रो सेवा बन्द भएको छ । महतको परिवारले दुर्घटनाको छानबिन पश्चातमात्र शव बुझ्ने बताएको गीतकार