Monday, August 4, 2014

सलमानले ज्याकिलनलाई किन भने ‘खान’, के प्रेममा छन् यी दुई कलाकार ?

             नायक सलमान खान र नायिका ज्याकलिन फर्नान्डेजको प्रेम चर्चाले बलिउड बजार उचालिएको छ । उसो त सिनेमा खेलेसँगै नायिकासँग सलमानको नाम जोडिएको घटना कुनै नौलो होइन । हालै मात्र एक कार्यक्रममा बलिउडका सुपरस्टार सलमान खानले नायिका ज्याकलिन फर्नान्डेजलाई ‘खान’ भनेर बोलाएपछि धेरैलाई अचम्ममा पारिदिएको छ । सलमानले बारम्बार ज्याकलिन खान भनेपछि यी
दुइको केमेष्ट्री कती सम्म नजिक रहेछ भनेर वुझ्न गाह्रो पर्दैन । यस बिषयमा ज्याकिलनले पनि आफू छक्क परेको बताएकी छिन् । ज्याकलिने भनिन्-’मलाई किन उनले यसो भने थाहा छैन । म आफै अचम्ममा परेको छु । सलमान मेरो लागि रोल मोडल हुन् ।’ अविवाहित नायक सलमानले ज्याकलिनको पछाडि खान थपिदिएपछि यतिबेला दुइको प्रेम चलेको खबरलाई बल मिलेको छ । दुइले अभिनय गरेको चलचित्र ‘किक’ले बलिउड बजारमा धुम मच्चाइरहेको

मोदीको सवारीले सर्वसाधारणलाई सास्ती नै सास्ती

विरामी कुरुवाले समेत अस्पताल जान पाएनन्
             न्काठमाडौं, साउन१९–नेपालको दुई दिने औपचारिक भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका कारण सर्वसाधारणहरुले अहिलेसम्म नभोगेको हैरानी र सास्ती भोग्नु परेको छ । मोदीको सुरक्षाको लागि भन्दै लामो समय सवारी आवागमनमा रोक लगाएपछि सर्बसाधारणहरुले दुई दिनदेखि निकै असहज महसुस गरिहेका हुन् । विगतमा राष्ट्रपतिको सवारीमा केही समय सवारी आवागमनका क्रममा सास्ती भोगेका सर्वसाधारणहरुले त्यसको तुलनामा कैयौं गुणा लामो निस्सार लाग्दो हैरानी र बुहार्तन खेपिरहेका छन्,राजधानीमा । विशेष गरेर मोदी आवागमन हुने क्षेत्रका सर्वसाधारणले मोदी सुरक्षालाई मध्यनजर गर्दै सरकारले आवागमनमा रोक लगाएपछि आफ्नो दैनिक जीवनयापनका कठिनाई भएको भन्दै आक्रोस व्यक्त गरिरहेका छन् । मोदी सवारीका कारण आवागमनमा कडाइ गरिएपछि अस्पताल जस्ता संबेदनशिल स्थानमा पुग्ने विरामीदेखि तिनका कुरुवाहरुले समेत यसका कारण गन्तव्यमा पुग्न सकेका छैनन् । बाराका सुजन शर्माले आइतबार विर अस्पतालमा रहेका आफ्ना आमालाई कुर्न समयमा पुग्न नसकिएको गुनासो गरे । मोदीको सवारीका कारण आवागमनमा अफ्ठारो झेलेपछि यसरी आक्रोस पोख्नेहरु बर्गेल्ती

शीतलनिवासमा ४५ मिनेट उभिए शीर्षनेता

राष्ट्रपति कार्यालयको व्यवस्थापनबारे नेताको गुनासो 
              १९ साउन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोेदीसहितको दिवाभोजका लागि सोमबार दिउँसो राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका नेताहरुले एउटै कोठामा कोचिएर झण्डै ४५ मिनेट उभिनुपरेको छ । बस्ने ठाउँसमेत नभएको कोठामा त्यसरी उभिनेहरुको ताँतीमा उपराष्ट्रपति परमानन्द झादेखि पूर्वप्रधानमन्त्रीहरु समेत थिए । राष्ट्रपति डा. रामवरण यादवले मोदीको सम्मानमा ११:४५ बजे दिवाभोजको आयोजना गरेका थिए । शीतलनिवासले उपराष्ट्रपति, सभामुख, प्रधानन्यायाधीशसहित संविधानसभामा तीन सिटसम्म प्रतिनिधित्व गर्ने दलका अध्यक्ष र पूर्वसभामुखलाई निम्तो दिएको थियो । शीर्षनेताहरु निम्तो मान्न समयमै राष्ट्रपति कार्यालय पुगेका थिए । तर, राष्ट्रपति र मोदीबीचको भेट लम्बिएपछि ३०/३५ नेताहरुले एउटै कोठामा उभिएर आधा घन्टादेखि ४५ मिनेटसम्म कुर्नुपरेको हो । कोठामा कुर्सीको व्यवस्था नभएका कारण नेताहरुले उभिएरै समय काटेका छन् । ‘पहिलो तल्लाको लञ्च हलसँगैको कोठामा सबैलाई राखिएको थियो । तर, कुुर्सीको व्यवस्था थिएन’ एक नेताले अनलाइनखबरसँग भने-’व्यवस्थापन गर्दा भेट लम्बिए

Wednesday, July 23, 2014

प्रियंका चोपडासँग सुनिल थापाको गज्जबको केमेष्ट्री

                संभवत, नायिका मनिषा कोइरालापछि बलिउडमा आफ्नो दरिलो उपस्थिती जनाउने अर्का नेपाली कलाकार सुनिल थापा नै हुन् । सुनिल थापाको मुख्य भूमिका रहेको चलचित्र ‘मेरी कोम’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा सुनिल थापा र नायिका प्रियंका चोपडाको मुख्य भूमिका देख्न सकिन्छ । भारतकी

‘लोग्ने मान्छे’ को घोषणामा हिरोइनको ‘हट पोज’

                               निर्देशक लय संग्रौलाले आफ्नो सपनाको सिनेमा भन्दै ‘लोग्ने मान्छे’को काम थालेका छन् । विशुद्ध पारिवारिक चलचित्रमा दीलिप रायमाझी, नन्दिता केसी, अनिशा गुरुङ, वालदिप राई, धु्रव कोइराला लगायतका कलाकारको अभिनय रहनेछ । चलचित्रमा कथा, पटकथा, संवाद तथा गीत पनि संग्रौलाकै रहेको छ । 
                   चलचित्रको निर्माण प्रदिप मित्तलले गर्न लागेका हुन् । चलचित्रको निर्माणमा मदनगोपाल सुब्बाले पनि साथ दिनेछन् । सिनेमा घोषणा कार्यक्रममा उपस्थित कलाकार अनिशा गुरुङको पहिरनमा धेरैको ध्यान गयो । उनकै कारणले निर्माणपक्षले एक घन्टा ढिलो कार्यक्रम सुरु गरेको थियो । यसअघि ‘विन्दास २’मा आफ्नो गोप्य अंग सिनेमाको प्रदर्शन मिति र नामले छोपेकी यी कलाकारले ‘लोग्ने मान्छे’को पत्रकार

मोदीको दर्शनका लागि पशुपतिमा तयारी सुरु

              काठमाडौं, साउन ७ – पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रलाई प्लास्टिक मुक्त बनाउने उद्देश्यले विशेष सरसफाइ अभियान सुरु गर्ने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा पशुपतिनाथको दर्शनसमेत गर्ने कार्यक्रम रहेकाले पनि प्रारम्भिक चरणमा पशुपति क्षेत्रको सरसफाइमा ध्यान दिन लागिएको कोषका सदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिएका छन् । मोदी आउने औपचारिक जानकारी नआए पनि अनौपचारिक खबरका आधारमा सरसफाइ कार्यक्रमलाई अगाडि बढाइएको उनले उल्लेख गरे । सरसफाइका क्रममा पशुपति क्षेत्रलाई पूर्णरुपमा प्लास्टिक निषेधित क्षेत्रका रुपमा स्थापित गर्ने उद्देश्यले अभियान सुरु गर्न लागिएको छ । कोषले यसअघि नै पशुपति क्षेत्रलाई प्लास्टिक निषेधित क्षेत्र घोषणा गरेपनि अहिलेसम्म पूर्णरुपमा कार्यान्वयन हुन

मोदीको उदय नेपालका लागि खतरा : वैद्य माओवादी

नरसंहार गरेको भन्दै इजरायलको निन्दा
        ७ साउन, काठमाडौं । नेकपा-माओवादीले भारतमा सरकारको नेतृत्व गरिरहेको भारतीय जनता पार्टी साम्प्रदायिकतावादी शक्ति भएको बताएको छ । बैद्य माओवादीको केन्द्रीय समितिको हालै सम्पन्न बैठकले भाजपा सरकार नेतृत्वमा आएपछि नेपालमा थप नकारात्मक असर पर्ने ठहरसमेत गरेको छ । माओवादी बैठकको निर्णयमा भनिएको छ- ‘दक्षिण एशियाली क्षेत्रमा भारतको विस्तारवादी उत्पीडन बढ्दै गएको छ र भाजपा जस्तो साम्प्रदायिकतावादी शक्ति सरकारमा आएको छ । यसबाट एकातिर नेपालमा थप नकारात्मक प्रभाव पर्ने र अर्कोतिर यस क्षेत्रमा अमेरिकी साम्राज्यवादको प्रभाव अझै फैलने प्रवल सम्भावना देखिन्छ ।’ बैद्य माओवादीले