काठमाडौं। प्रहरी महानिरीक्षक कुवेर सिंह रानाको गृह प्रबन्ध शाखा (निवास) हेर्दै आएका उनकै भान्जा यामबहादुर झेडी मगरले प्रहरीको सरुवा–बढुवा तथा खरिद प्रकरणमा चासो दिने तथा त्यसको सेटिङसमेत मिलाएर अर्थापार्जन गर्न थालेको चर्चा छ। रानाको सेवाअवधि छोटिदै जाँदा भान्जा झेडी मगरको चलखेलले व्यापकता पाएको गुनासो छ।
                           मगरले महाराजगन्जमा ‘हिमालयन यात्रा’ नामको टुर्स एण्ड ट्राभल्स सञ्चालन गर्दै आएका छन्। उनका पछिल्ला क्रियाकलापले महानिरीक्षक राना प्रहरी संगठनभित्र विवादमा तानिन थालेका छन्। प्रहरीमा गरिएको पछिल्लो सरुवा तथा बढुवामा भान्जा झेडी मगरको सेटिङले गर्दा प्रहरी