Monday, November 25, 2013

भोट नदिनेसँग पैसा फिर्ता माग्दै पराजित नेता तथा कार्यकर्ताहरू

        गौशाला, मङ्सिर १०। महोत्तरी जिल्लाको क्षेत्र नं ३ र ४ का अधिकांश ठाउँमा सम्पन्न संविधानसभा निर्वाचनलाई आफ्नो पक्षमा पार्न मतदाताहरूलाई लाखौँ रुपैयाँ बाँडेका केही दलले हारेपछि अहिले भोट नदिएको भन्दै पैसा फिर्ता माग्न थालेका छन्।
           पैसा बाँडेर पनि चुनाव जित्न नसकेका केही दलका नेता तथा कार्यकर्ताहरू अहिले क्षेत्र नं ३ अन्तर्गत जिल्लाको सदरमुकाम रहेको जलेश्वर नगरपालिकासहित वरपरका १० भन्दा बढी गाउँमा पैसा फिर्ता माग्दै हिँडेको कुरा स्थानीय बासिन्दाले बताएका छन्।
            हार व्यहोरेका केही दलका नेता तथा कार्यकर्ताहरू पैसा दिएकाहरूलाई गालीगलौज गर्दै पैसा फिर्ता मागिरहेका छन्। फिर्ता नदिनेलाई धाकधम्कीसमेत दिने गरेको नाम नछाप्ने सर्तमा जलेश्वर ५ का एक">व्यक्तिले बताए।">त्यस्तै कतिपयले त्यस्ता नेताहरूबाट पाएका पैसा

‘थाहा छ, मलाई खत्तम केटी सोचिन्छ’ : जीया केसी

         "खत्तमको अर्थ पैसाको लागि जे पनि गर्ने, सिनेमा खेल्न कुनै किसिमको संझौता गर्न पछि नपर्ने, तर आफू यस्तो केटी नभएको तर्क एक नायिकाले दिएकी छिन् । ‘एटीएम’, ‘बर्बाद’ जस्ता सिनेमामा आफ्नो उत्तेजक पोज दिएर चर्चामा आएकी नायिका जीया केसी अहिले सिने नगरीमा हराए जस्तै छिन् ।
            सिनेमा नगरीमा आफ्नो उपस्थिती आलोचनात्मक रुपमा अघि बढाएपछि उनले करिअर पनि खासै चम्काउन सकिनन् । चलचित्रमा केही अपाच्य दृश्य दिएर आलोचनासँगै चर्चा बटुलेपनि त्यो क्षणिक मात्र भएको जीयालाई  थाहा छ । चुनावी प्रचारप्रसारका क्रममा इलाम पुगेकी जीया सिने नगरीमा शुद्ध छवि बनाएर र्फकन चाहन्छिन् । यसैले पनि उनी अब दर्शकलाई नपच्ने सिनेमा नखेल्ने तर्क गर्छिन् । उनले आफू संस्कारमा हुर्केको केटी भएकाले पर्दा बाहिर कुनै किसिमको सिमा ननाघेको दाबी

एमाओवादीसँग सहकार्य हुनसक्छ, पार्टी एकता हुँदैन : सीपी गजुरेल

          १० मंसिर, काठमाडौं । नेकपा-माओवादीका उपाध्यक्ष सिपी गजुरेलले एकीकृत माओवादीले अहिलेको संविधानसभा निर्वाचन प्रकृया गलत भएको औपचारिक निर्णय गरेमा दुई पार्टीवीच कार्यगत एकता हुनसक्ने बताउनुभएको छ । 
           सोमबार कुाराकानी गर्दै उपाध्यक्ष गजुरेलले एमाओवादीको केन्द्रीय समिति बैठकले संविधानसभा चुनावी प्रकृया गतल भएको निर्णय गरी राजिनामा दिएर आएमा कार्यगत एकता हुनसक्ने बताउनुभएको हो । ‘हामीले कोहीसँग पनि पानी बाराबार गरेका छैनौँ, आइतबार भएको वार्तामा एमाओवादी अध्यक्ष प्रचण्डले गलती महसुस गर्नुभएको छ’, उपाध्यक्ष गजुरेलले भन्नुभयो, ‘यदि वहाँहरु अहिलेको चुनावी प्रकृया गलत भएको निर्णयसहित क्रान्तिकारी लाइनमा आउन तयार भएमा हमी

Wednesday, November 20, 2013

काठमाडौं १० मा प्रचण्ड बहुमतले प्रचण्डलाई हराउँदै राजेन्द्र केसी विजयी

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई तेस्रो स्थानमा पछि पार्दै नेपाली काँग्रेसका राजेन्द्र केसी विजयी भएका छन्। उनलाई जितको प्रमाणपत्र दिने तयारी भइरहेको बालकृष्ण अधिकारीले जनाए।

Monday, November 4, 2013

मेरो लायक कोहि पनि बनेकै छैनः प्रियंका

priyanka chopra                 (एजेन्सी)–अभिनेत्री प्रियंका चोपडाले विवाहको बारेमा अहिले केहि पनि सोचेकी छैनन् । त्यो किनभने उनले आफ्नो लायकको कोहि पुरुष भेटेकी छैनन् ।
                    मुम्बईको एक इभेन्टका क्रममा प्रियंकालाई जब सोधियो कि उनको भाइको इन्गेजमेन्ट समेत भइसकेको अवस्थामा उनले यो बारेमा अहिलेसम्म किन नसोचेको भन्ने प्रश्नमा उनले भनिन्, ‘मलाई अहिलेसम्म कोहि पनि राम्रो लागेको छैन जो सँग म जिन्दगी बिताउँन सकूँ । मलाई लाग्छ कि मेरो लायकको कोहि बनेको छैन ।’
यद्यपी केहि समय पहिला उनको शाहिद कपुर र फेरि शाहरुख खानसँग जोडिएको समाचार मिडियामा प्रमुख

दिपावलीको रमझम

e                   काठमाडौं,कात्तिक १८–उज्यालोको पर्व दीपावलीको अवसरमा साँझको समयमा आ–आफ्ना घर आँगनलाई झिलीमिली पार्न मानिसहरु आइतबार बिहानैदेखि तयारी गरिरहेका थिए । 
                                 खासगरेर यो पर्व मनाउनेहरु आफ्ना घरको गेट अगाडि केराको थाम गाड्ने, विद्युतीय सप्तरङ्गी लगाउने र घरआँगन लिपपोत गर्न व्यस्त देखिन्थे । ठूलाठूला घर हुनेहरुले तीनचार दिन अघिदेखि आ–आफ्ना घर सजाउन थालेका छन् । दीपावली पर्वमा गाउँघरभन्दा

जन्मदिनमा साहरुखले भने, ‘सलमानसँग सिनेमा खेल्न तयार छु’

srk-in-mannat                        आफ्नो ४८ औं जन्मदिन शनिबार मात्र मनाएका बलिउड वादशाह साहरुख खानले विभिन्न रहस्यहरु खोलेका छन् । उनले सलमानसँग सिनेमा खेल्दा आफूलाई कुनै आपत्ती नहुने तर्क गरेका छन् । शनिबार आफ्नै निवासमा संचारमाध्यमसँग कुरा गर्दै साहरुखले सलमानसँग पर्दा बाड्न आफू तयार रहेको बताए । सलमान र आफू बिच कुनै खालका तिक्तता नभएको उनको तर्क छ । साहरुखले आफ्नो तेश्रो सन्तान अब्राहम बलिउडको भावी साहरुख खान भएको दाबी पनि गरेका छन् । उनले भने, ‘मैले बलिउडको भावी साहरुखको रुपमा आफ्नै छोरा अब्राहम