Saturday, October 3, 2015

कांग्रेसले नमान्ने सरकारमा एमालेको नेतृत्व


 पटक
                     sanepa BP_smriti_bhawan_Nepali_congressकाठमाण्डौं, । प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाले एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन अस्वीकार गरेका छन् । उनले एमालेलाई प्रतिपक्षमा राखेर आफ्नै नेतृत्वमा बहुमतीय सरकार बनाउने प्रस्तावसमेत गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउनुपर्ने प्रस्ताव लिएर शनिबार साँझ बालुवाटार पुगेका एमाओवादी अध्यक्ष प्रचण्डको प्रस्ताव कोइरालाले अस्वीकार गरेको बालुवाटार स्रोतले बतायो । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
प्रचण्डले १६ बुँदे सहमति गर्दाको अनौपचारिक सहमतिअनुसार एमाले नेतृत्वमा राष्ट्रिय सरकार बनाउनुपर्ने प्रस्ताव राखेका थिए । कोइरालाले कांग्रेस नेतृत्वमा सरकार बनाउनुपर्ने र त्यसमा सहयोग गर्न प्रचण्डलाई आग्रह गरेको स्रोतले बतायो ।
‘एमाओवादी अध्यक्षले संविधान संशोधन कार्यान्वयनका लागि राष्ट्रिय सहमतिको सरकार चाहिन्छ । १६ बुँदे सहमति गर्दा एमाले नेतृत्वमा सरकार बनाउने सहमति भएकै हो भन्ने धारणा राख्नुभयो,’ बैठक स्रोतले भन्यो, ‘तर, कोइरालाले एमालेलाई सरकारको नेतृत्व दिने कुरा मान्नुभएन । उहाँले आफ्नै नेतृत्वमा सरकार बनाउने संकेत गर्नुभयो ।’ प्रचण्ड प्रधानमन्त्रीलाई भेट्न साँझ ६स्२० बजे बालुवाटार पुगेका थिए । उनी प्रधानमन्त्री कोइरालासँग २० मिनेट मात्रै कुरा गरेर निस्किएका थिए ।
- See more at: http://suchanakendra.com/archives/10239.html#sthash.k8ktNdce.dpuf

एमाले अध्यक्ष ओलीले भने-तीन दल फुटाउने प्रयास हुँदैछ

१ पटक
               kp-sharma-oliकाठमाण्डौं, । एमाले अध्यक्ष केपी ओलीले संविधान ल्याउन नचाहने शक्तिले फेरि तीन दलबीच फाटो ल्याउने प्रयास गरिरहेको आरोप लगाएका छन् । त्यसलाई चिर्दै एमाले नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाइने पनि उनले बताए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
ओलीले संविधान निर्माणमा एक भएर लागेका तीन दललाई फुटाउन अहिले विभिन्न शक्तिकेन्द्र लागेको बताए । युवा संघ नेपाल केन्द्रीय समितिको बैठकलाई शनिबार राजधानीमा सम्बोधन गर्दै ओलीले भने, ‘तीन दलभित्र र बाहिर विभिन्न शक्तिकेन्द्र खेल्न खोजिरहेका छन् । हामी त्यसलाई असफल बनाउँछौं ।’
ओलीले पछिल्लो अवस्थामा तीन दलबीच केही असमझदारी बढेको स्वीकार गर्दै संविधान कार्यान्वयनका लागि पनि तीन दल मिल्नुको विकल्प नभएको स्पष्ट पारे । संविधानसभाबाट संविधान बन्न नदिन विभिन्न शक्तिकेन्द्रले गरेको प्रयास विफल पारेको स्मरण गर्दै उनले अब हुने षड्यन्त्रलाई पनि सफल हुन नदिने दाबी गरे ।
तराईमा केही दलहरू संविधानमा जनताका अधिकार छैनन् भनेर जनतालाई भड्काउन लागेको उल्लेख गर्दै उनले त्यस्तो भ्रम चिर्न युवालाई तराई जान पनि निर्देशन दिए । उनले असोज २२ गते बहुमतीय प्रक्रियाबाट नयाँ सरकार बन्ने बताए ।
बनेपा समाचारदाताका अनुसार एमाले काभ्रेले शनिबार आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले संघीयता, जाति र वर्गका नाममा जनतालाई अलमल्याएर मुलुकलाई क्षतविक्षत पार्ने खेलमा केही तत्व सक्रिय भएको बताए ।
- See more at: http://suchanakendra.com/archives/10244.html#sthash.4j9r28gv.dpuf

रुपन्देहीमा तेलको ट्याङकर पल्टिँदा तीन जना घाइते

            रुपन्देही, । रुपन्देहीमा तेल बोकेको ट्याङकर पल्टिँदा तीन जना घाइते भएका छन् । ट्याङकरमा रहेको तेल पोखिएको छ । आयल निगमको क्षेत्रीय कार्यालय भलवारीबाट अर्घाखाँचीका लागि छुटेको लु १ ख ४९८८ नम्बरको ट्याङकर मोटरसाइकललाई जोगाउन खोज्दा सिद्धार्थ राजमार्गको मणिग्राममा शनिबार बेलुका पल्टीएको हो ।
मोटरसाइकलका यात्रारत तीन जना घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुकोे लुम्बिनी अञ्चल अस्पतालमा उपचार भैरहेको छ ।
- See more at: http://suchanakendra.com/archives/10254.html#sthash.Nz1IwU0l.dpuf

Tuesday, August 4, 2015

पर्बत कि चेली लामिछाने आउने जाने बस को भाडा तिर्न सहमत ,उनी भन्छिन दिन पुगे पछि आफै बस्छ माया पिरिम ,किन लगाउनु पर्यो लाली किरिम (भिडियो सहित)

९४ पटक

           11793159_861711930579961_1447887863_n पर्वत, । पर्बत जिल्लामा जन्मेर नेपाली लोक संगीत को क्षेत्र मा लागेकी सरस्वती लामिछाने पछिल्लो समय मा निकै चर्चामा छिन् र पछिल्लो समय मा उनले आवाज दिएका गित हरु पनि निकै चर्चा मा छन् । अझै पश्चिमाञ्चल क्षेत्रका लोकप्रिय कलाकारका रुपमा परिचित यी गायिका ‘ले सानु तिम्रो बजारमा जान बाँकी छ‘’, ‘जागिर ठूलै होला‘ ,जाउ हिड पोखरा ,चड्यो चड्यो जवानी ,’लगायतका गीतमा पनि आवाज दिइसकेका छन् । 11805889_861711533913334_1275599944_nउसो त पछिल्लो समयमा संचारकर्मी एबम गायक कृष्ण अखेलीसंग उनले गाएको तिज गित आउने जाने बसैको भाडा तिरम्ला ले झन् लामिछाने लाई माथि उठाएको छ ।
‘आउने जाने बसैको भाडा तिरम्ला’ बोलको गीतको भिडियो समेत तयार भइसकेको छ । मौलिक लोक लयमा आधारित यो गीत सबैको मुखमा झुण्डिने खालको भएका कारण सफल हुनेमा आफू आशावादी रहेको गायिका सरस्वती लामिछानेले सुचना केन्द्र डटकमलाई बताइन् ।
‘तीजका गीतका नाममा विकृति भित्राउन खोजिएको छ, परिवार सँगै बसेर हेर्नै नमिल्ने गीत र भिडियोहरु आइरहेका छन्’, उनले भनिन्, ‘हामी त्यस्ता
 पुरा समाचार पढ्नको  www.suchanakendra.com लागि खोल्नुहोस 

पोर्नस्टारको प्रवेश नेपाली फिल्म क्षेत्रमा

               Trishana-aकाठमाडौं, । तीर्सना बुढाथोकी नेपाली कला क्षेत्रमा गाइगुइ सुनिने नाममा पर्छ । उनी अभिनय र नाचगान गरेरभन्दा आफ्ना गोप्य अंग देखाएर चर्चामा आउने गर्छिन् । यो आरोप छ उनलाई । म्युजिक भिडियोहरू र केही टेलिफिल्ममा अभिनय गरीसकेकी तीर्सनाले भारतीय मोडल पुनम पाण्डेकै अवतारलाई नेपाली संस्करणमा दिँदैछिन् । उनले सामाजिक सञ्जालहरूमा सार्वजनिक गर्ने तस्बिरहरूका कारण तीर्सनाको चियापसलदेखि भट्टीपसलसम्म चर्चा हुने गरेको छ ।
तीर्सनाले सार्वजनिक गरेका अहिलेसम्मका तस्बिरहरू युवाहरूका लागि खुब चासोको विषय बन्ने गरेको छ । उनका तस्बिरहरूलाई युवा हुन् वा वृद्ध जसले पनि मनपराउनु स्वभाविक
- See more at: http://suchanakendra.com/archives/6718.html#sthash.lHcOh9F7.dpuf

डीएसपी श्यामकृष्ण अधिकारी भन्छन्-यौन सम्पर्क गर्न बोलाएर बलात्कारको आरोप लगाइयो’

७ पटक

              Captureकाठमाडौं, । देशमा बलात्कारका घटनाहरु बढिरहेका बेला विगतका वर्षहरुमा भन्दा यसवर्ष भक्तपुरमा बलात्कारका घटनामा वृद्धि भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले विगत दुईवर्षको दाँजोमा यसवर्ष बलात्कारका घटनामा वृद्धि भएको जानकारी दिएको हो । आव २०६९ र ७० मा १५ वटा बलात्कार र दुईवटा बलात्कारको उद्योगसम्बन्धी घटना भएको भक्तपुरमा आव २०७० र ७१ मा बलात्कारका घटना १५ वटा र बलात्कार उद्योग तीनवटा घटना भएको प्रहरी नायब उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए । त्यसको दाँजोमा आव २०७१ र ७२ मा भने बलात्कारका १९ वटा घटना घटेको र नौवटा बलात्कार प्रयासका घटना भएको उहाँले बताए । ‘पहिला यौन सम्पर्क राख्न बोलाउने, दुई तीन पटक सम्पर्क राखिसकेपछि बल्याकमेल गर्ने, बलात्कारको आरोप लगाउने प्रचलन बढेकाले बलात्कारको घटना बढ्यो’ उहाँले भने । बलात्कारका अधिकांश
- See more at: http://suchanakendra.com/archives/6773.html#sthash.pxGh7cms.dpuf

मृत्यूको दिशामा कथित संविधानसभा – भरत दाहाल


१ पटक
 दलालहरूको भागदौड शिविर बदल्न
bharat-dahal
राजनैतिक विश्लेषक – भरत दाहाल
          भारतमा विजेपी सत्ताको उदय भएपछि नेपालमा विभिन्न शक्तिकेन्द्रहरूका दलालहरूको गतिविधिमा कित्ता परिवर्तनको “अस्वाभाविक” दौडधुप देखापरेको छ। विजेपीका लागि भरपर्दा दलालहरूको सञ्जाल नबनिसकेको अवस्थामा कतिपय कांग्रेस आइ सेन्टरकै दलालहरू प्रयोग गर्नुपर्ने अवस्था, कतिपयलार्इ अस्विकार गर्नुपर्ने अवस्था र कतिपय नयाँ खरिद गर्नुपर्ने अवस्थाले दलाल कित्तामा तरलता देखापरेको हो । यस्तो तरलता तबसम्म रहिरहने छ, जबसम्म विजेपीका नांगाजोगिहरूको संगठनात्मक सञ्जालको आकार देखिंदैन।
यो भागदौड अभियानमा सबैभन्दा बढि मर्कामा बाबुराम भट्टराइ परेका छन्। गत फागुन १८ गते दिल्लीमा मोदीका आलोचक नेपालीहरूलार्इ वितण्डावादीको आरोप लगाएर चरम चाकरी गरेपनि विजेपीका कुनै जिम्मेवार नेताहरूले उनलार्इ दर्शन दिएका थिएनन्। लामो समयसम्म पनि विजेपीबाट “तथास्तु”को आशिर्वाद नपाएपछि उनी १५ दिन अघिसम्मको कथित अडानबाट १८० डिग्री फन्किएका छन्। विजेपीले भट्टराइको चाकरी लिन
- See more at: http://suchanakendra.com/archives/6785.html#sthash.Q2svtgSE.dpuf