Saturday, July 20, 2013

सुरु भयो ‘यो कथा हो तिम्रो मेरो’

                           द फ्रेम क्रियशनको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘यो कथा हो तिम्रो मेरो’ को निर्माणपक्ष फाइनल स्त्रिप्ट पूजा गरि सुटिङको तयारीमा लागिपरेको छ ।
       भक्तपुरको सरस्वती मन्दिरमा स्त्रिmप्टको पूजा गरिएको हो । साउन २५ गते चलचत्रिको शुभमुहूर्त गरी छायाँकनमा जाने तयारीमा रहेको निर्माता निर्देशक ओम प्रतीकले बताए ।                                
                 निर्देशक ओम प्रतीकको निर्देशनमा बन्न लागेको ‘कथा हो तिम्रो मेरो’को कथो राजकुमार राईले लेखेका हुन् । सुरेश बज्राचार्यको छायाँकन रहने यस चलचित्रमा संगीत विकास चौधरीको छ । शंकर

चेलिबेटीलाई आँखा लगाएको भन्दै प्रहरी कार्यालय तोडफोड

                      anaitik karyaगोरखा, साउन ५- ‘प्रहरी भएर हामी गाउँलेलाई सुरक्षा पो दिनुपर्छ, हाम्रो छोरीचेलीमाथि तिनिहरुले कुदृष्टि राख्ने हो ? यिनीहरुलाई त ठेगाना नलगाई हुँदैन ।’
           गोरखाको बरपाककी एक महिला आक्रोसित हुँदै थिइन् । एकैछिनमा यसौं स्थानीयले प्रहरी चौकी घेराउ गरी तोडफोडमा उत्रिए । गोरखा सदरमुकामबाट १८ कोश टाढा पर्ने बरपाकमा शुक्रबार यस्तै घटना भयो ।
                     गाउँको चेलिवेटीलाई आँखा लगाएको भन्दै डेढ सय भन्दा बढी स्थानीयले चौकी घेरेर झ्याल ढोका फुटाउनुका साथै, चौकी भित्रको समानहरु सबै

पाकिस्तानकी मथिराको पुनम पाण्डे बन्ने धोको, इन्टरनेटमा उत्तेजक तस्बिर

                     भारतिय मोडल पुनम पाण्डेको उत्तेजक तस्बिरले बजार सधै नै गर्माउने गर्दछ । उनको सिको गरेर चर्चामा आउन खोज्नेहरुको पनि यहाँ कमी छैन । 
                 यसैक्रममा पाकिस्तानमा पनि एक यस्तै मोडल जन्मिएकी छिन् जो पुनम पाण्डे जस्तै बन्न चाहन्छिन् । मथिरा खान नामकी मोडलले हालै मात्र इन्टरनेटमा केही उत्तेजक तस्बिर सार्वजनिक गरेर सनसनी मच्चाएकी

प्रकाशलाई बर्मा पठाउने प्रचण्ड योजना

DSP-Prakash Dahal Prachanda            काठमाडौं। श्रीमति सीता दाहाललाई लिएर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिंगापुर उडेकै दिन एमाओवादी केन्द्रीय कार्यालयमा भएको सामान्य छलफलले झन्डै–झन्डै उग्ररूप लियो। केन्द्रीय कार्यालय पेरिसडाँडा परिसरमा जम्मा भएका कार्यकर्ताबीचको झगडाको मुख्य विषय थियो– अध्यक्ष दाहाल श्रीमतीको उपचारका लागि सिंगापुर गएका हुन् कि अन्य कुनै काम विशेषले?
                          जीवन र मृत्युको दोसाँधमा रहेका कम्युनिस्ट पार्टीका एक मात्र जीवित संस्थापक नेता नरबहादुर कर्मचार्यले उपचारका लागि आर्थिक अभाव बेहोरिरहेका बेला अध्यक्ष दाहाल हट्टाकट्टा श्रीमतीलाई

दोस्रो संविधानसभाको निर्वाचन बहिष्कार: गुरुङ


                   नेकपामाओवादीका सचिव देव गुरुङ्गले विदेशीको इशारामा मङ्सिरमा हुन लागेको निर्वाचनमा आफूहरू समावेश भएर साक्षी नबस्ने बताए । 
                  पाल्पाको तानसेनमा शुक्रबार आयोजित पार्टीको मगरात राज्य समितिको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले नेपाली जनतालाई झुटो आश्वासन देखाएर निर्वाचनको माध्यमबाट वैधानिकरूपमा केही दलहरूले देशलाई विदेशीको कब्जामा फसाउने षडयन्त्र गरिरहेको आरोप पनि लगाए ।
चुनाव जित्नकै लागि केही नेताहरूले पछिल्लो समयमा विभिन्न सिमानाबाट कैयौँ भारतीय नागरिकलाई

कोरिया जान नपाएका पीडितहरुले आन्दोलन गर्ने



                ५ साउन, काठमाण्डौ । कोरियाली भाषा परिक्षा पास गरेर पनि कोरिया जान नपाएका युवा युवतीहरुले कडा आन्दोलन गर्ने भएका छन् । रोजगार अनुमति प्रणाली (इपिएस) अनुसार कोरियाली भाषा परिक्षा पास गरेर रोस्टरमा नाम चढाईएका ६ हजार ५ सय युवा युवतीको नाम रोष्टरबाट हटाएर नयाँ भाषा परिक्षाको तयारीमा सरकार जुटेपछि पीडितहरुले आन्दोलनको घोषणा गरेका हुन् ।
           रिपोर्टर्स क्लब नेपालमा शनिबार पत्रकार सम्मेलन गर्दै इपिएस पीडितहरुले आन्दोलनको कार्यक्रमबारे सार्वजनिक गरेका छन् । उनीहरुले बिभिन्न १०

जेपी गुप्ता भूमिगत

jp-gupta                    जनकपुर। भ्रष्टाचार काण्डमा जेल परेर केही समयअघि मुक्त भएपछि मधेस जागरण अभियानमा लागेका पूर्वमन्त्री जयप्रकाशप्रसाद गुप्ता भूमिगत भएका छन्। 
                असार २९ गते शनिबार सप्तरी जिल्लाको ब्रह्मपुरमा आयोजित एक कार्यक्रममा पूर्वमन्त्री गुप्ताले भूमिगत भएको जानकारी दिएका हुन्। खुला रूपमा मधेस जागरण अभियानमा लाग्दा सुरक्षाको चुनौती देखिएकाले आफ्नो टिम नै भूमिगत भएको गुप्ताले बताए। तर टिममा को–को छन्? उनले

Friday, July 19, 2013

अख्तियारमा उजुरी दिएको भन्दै जिविसका कर्मचारीद्वारा पत्रकारमाथि आक्रमण

suseli

                       इलाम, साउन ४ – नेपाल पत्रकार महासंघ इलाम शाखाका पूर्व सभापति तथा नेपालबाणि एफएम इलामका स्टेशन म्यानेजर सोमनाथ सुसेलीमाथि साङघातिक आक्रमण भएको छ ।
           पत्रकार सुसेलीमाथि जिल्ला बिकास समिति इलामका सह लेखापाल महेन्द्र चौहानले कार्यलयभित्रै हिजो दिउँसो आक्रमण गरेका हुन् ।  चौहानको आक्रमणबाट पत्रकार सुसेलीको शरिरका बिभन्न भागमा चोट लाग्नुका साथै चस्मा फुटेको छ भने सर्ट समेत च्यातिएको छ ।
       पत्रकार सुसेलीको अवस्था अहिले सामान्य रहेको छ । बिज्ञापनको बाँकि रहेको रकमको चेक लिएर जिविस पुगेका पत्रकार सुसेलीमाथि लेखापाल चौहानले अपशब्द बोल्दै एक्कासि आक्रमण गरेको पिडितले बताए ।  घटनापछि पिडित सुसेलीले कार्वाहिको माग राख्दै चौहानबिरुद्ध उजुरि दर्ता गराएका छन् । उजुरि परेलगत्तै प्रहरिले चौहानलाई पक्राउ गरि

प्रहरीकै गेस्ट हाउसमा यस्तो!

            काठमाडौं। विभिन्न स्थानका गेस्ट हाउसमा हुने अवैध र अनैतिक क्रियाकलाप रोक्न कस्सिने नेपाल प्रहरीकै गेस्ट हाउसमा भने त्यस्तो धन्दा हुन्छ भन्दा पत्यार नलाग्न सक्छ । तर, घटना विवरण थाहा पाएपछि त्यो कुरा पत्यार नगरी सुखै छैन।
                          अवैध  क्रियाकलाप भएको आरोपमा विभिन्न गेस्ट हाउसबाट हप्तावारी दस्तुर नपाए आक्कल–भुक्कल छापा मारी टोपल्ने प्रहरीले भने आफैंद्वारा सञ्चालित गेस्ट हाउसमा अवैधधन्दा हुँदासमेत थाहा नपाएजस्तो गरिरहेको छ। 
            प्रसंग हो, अद्धैतमार्गस्थित नेपाल प्रहरीको केन्द्रीय कल्याणकारी कोषद्वारा सञ्चालन गरिएको प्रहरी अतिथि कक्षको। मुलुकका विभिन्न स्थानबाट उपत्यकामा कार्यालयका कामका सिलसिलामा आउने भूतपूर्व तथा बहालवाला प्रहरी कर्मचारीको सुविधाका लागि सञ्चालन गरिएको सो

एचआइभी पीडित बालबालिकासँग माल्भिकाको जन्मदिन

            पूर्व मिस नेपाल माल्भिका सुब्बाले आफ्नो जन्मदिन एचआइभी पीडित बालबालिकाहरुसँग मनाएकी छिन् । उनले शुक्रबार कीर्तिपुरस्थिति सफलता एचआइभी शिक्षा सदनका बालबालिकाहरुसँग जन्मदिन मनाएकी हुन् ।
               साथै उनले जन्मदिनको अबसर पारेर शिक्षा सदनलाई १ लाख सहयोग समेत दिएकी छिन् । ‘यसअघि विभिन्न च्यारिटीहरुमा संलग्न भएपनि नगद सहयोग गरेको थिइन । आज जन्मदिनको अबसरमा एचआईभी पीडित बालबालिकाहरुलाई सहयोग

बल्खु पुगेर पनि ओली केन्द्रीय समिति बैठकमा गएनन्


खनालद्वारा राजनीतिक प्रतिवेदन

                       ४ साउन, काठमाडौं । नेकपा एमालेको केन्द्रीय समितिको बैठक शुक्रबारबाट सुरु भएको छ । तर, बैठकको पहिलो दिन नेता केपी शर्मा ओली भने बैठकमा सहभागी हुन भएन ।
                   ढिला गरी पार्टी कार्यालय बल्खु पुगेका नेता ओली बैठकमा भने सहभागी नहुनु भएको एक नेताले बताए । ‘चिया ब्रेकमा उहाँ कार्यालय परिसरमा देखिनु भएको थियो तर, माथि बैठक कक्षमा उक्लिनु भएन’ एक नेताले भने ।
                          बैठकमा एमाले अध्यक्ष झलनाथ खनालले अबको निर्वाचनमा एमालेलाई बहुमतसहितको पहिलो पार्टी बनाउने योजनासहितको राजनीतिक प्रतिवेदन पेश गर्नु भएको छ । प्रतिवेदनमाथि शनिबारबाट छलफल हुनेछ ।

आज हरिशयनी एकादशी आँगनको तुलसीमा कति धेरै शक्ति !


tulasi                     ४ साउन, काठमाडौं । आज हरिशयनी एकादशी, ठूली एकादशी पनि भनिने आजको दिन घरघरमा तुलसी रोपिएको छ । धेरै गुण हुने वनस्पति तुलसीलाई धार्मिकसँगै स्वास्थ्य र वातावरणको दृष्टिले पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । मान्छेको प्राण जानेबेला तुलसीको पात खुवाउने र तुलसी नजिक लगोर सुताउने गरिन्छ । जीवनको अन्तिमबेलामा मात्र होइन, अरु बेला पनि तुलसी उत्तिकै महत्वपूर्ण वनस्पति मानिन्छ ।
                 डाक्टरहरुका अनुसार तुलसीमा सयौं रोग निको गर्ने क्षमता हुन्छ । पात, हाँगा, फूल, जरा, बीऊ सबै उत्तिकै महत्वका हुन्छन् । तुलसीको नियमित सेवनले भोक जगाउने, खानामा रुची बढ्ने, पाचनक्रिया बढाउने तथा झाडाबान्ता पनि रोक्ने डाक्टरहरु बताउँछन् । यस्तै तुलसी रोपेको चारसय मिटर वरपरको वातावरणलाई तुलसीको सुगन्धले शुद्ध पार्छ भन्ने विश्वास छ । यस्तै तुलसीको वोट र

बोगटीलाई पार्टी अध्यक्ष बनाई प्रचण्ड र नारायणकाजीलाई पदत्याग गर्न सुझाव

Bikesh-shresthaएमाओवादी केन्द्रीय सदस्य विकेश श्रेष्ठले गरे पद त्यागको घोषणा

                  ४ साउन, काठमाडौं । एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य एवं प्रचण्डका पूर्व निजीसचिव विकेश श्रेष्ठले पार्टी अध्यक्ष प्रचण्ड र उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई समेत पद त्याग गरी सर्वोच्च एवं बरिष्ठ नेताका रुपमा रहन लिखित आग्रह गर्नुभएको छ । 
                                श्रेष्ठले प्रचण्डलाई बुझाउनुभएको ‘सुझावसहितको पदत्याग’ पत्रमा पार्टी संगठनात्मकरुपले पार्टी गम्भीर संकटमा फसेको जनाउँदै अध्यक्ष र उपाध्यक्षलाई समेत पद त्याग गर्न र महासचिव पोष्टबहादुर बोगटीलाई कार्यकाहक अध्यक्ष बनाउन सुझाव दिनुभएको हो ।
                            श्रे ष्ठले एमाओवादी पार्टीभित्रका समस्यालाई २०

साझा बसदेखि शहरमा ‘महशुश’

                          साउन ३२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘महशुश’ युनिटले प्रचारका लागि नयाँ नयाँ उपाय अपनाइरहेको छ । 
                 ‘महशुश’ युनिटले काठमाण्डौमा चल्ने साझा बसलाई पनि प्रयोग गरेको छ । साझा बसमा ‘महशुश’ लेखिएको टिसर्ट लगाएर युवायुवती चढेको देख्न सकिन्छ ।
                      यस्तै ‘महशुश’ युनिटले प्रचारका लागि शहरका भित्ताहरु पनि रोजेको छ । निर्माता कल्याण घिमिरेले अब आक्रामक रुपमा प्रचारमा लाग्ने बताए ।               
                      नबल नेपालको निर्देशनमा तयार

सरकारले वार्ताका लागि बैद्य माओवादीलाई पत्र पठायो

                        ४ साउन, काठमाडौं । सरकारले वार्तामा आउन आग्रह गर्दै नेकपा-माओवादी औपचारिक पत्र पठाएको छ । 
            मन्त्रिपरिषद्, परामर्श तथा समन्वय समितिका संयोजक एवं गृहमन्त्री माधवप्रसाद घिमिरले वार्तामा आउन आहृवान गर्दै शुक्रबार माओवादी अध्यक्ष मोहन बैद्य किरणलाई पत्र पठाउनु भएको हो ।
                 वार्ता, सम्वाद र छलफलबाट समाधान निकाल्नस किने भन्दै पत्रमा नेकपा-माओवादी र सम्बद्ध मोर्चालाई वार्ताका लागि पुनः आमन्त्रण गरिएको छ । 
                      वार्ताको स्थान र समय दुबै पक्षको सहमतिमा निर्धारण गर्न सकिने पत्रमा उल्लेख छ । यसअघि मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले माओवादीले वार्ता

सलमानलाई अदालतले जरिवाना तिरायो

          बलिउड नायक सलमान खानलाई मुम्बई अदालतले जरिवाना तिराएको छ । 
         गाडी चलाएर १ व्यक्तिको हत्या तथा ४ व्यक्तिलाई घाइते बनाएको अभियोगमा सलमान मुद्दा खेपिरहेका छन् । सलमानलाई अदालतको समय बर्बाद गरेको भन्दै जरिवाना तिराइएको हो ।
                  अब सलमानलाई सबै सरकारी खर्च व्यहोर्नु पर्ने भएको छ । उनलाई वकिलको पारिश्रमिक, प्रहरी बन्दोबस्तको सबै खर्च व्यहोर्नु पर्ने हुन्छ । सलमानले यो जरिवाना शुल्क १ महिना भित्र तिरिसक्नु पर्ने हुन्छ । यसपछि मात्र उनले अदालतमा अपिल गर्न सक्नेछन् । सलमानले आफू माथी लगाइएको

बदमासीका कारण राजुलाई संकट

Thursday, July 18, 2013

सेनालाई करोडौंको हतियार, रक्षा बेखबर

         काठमाडौं। सलमान खुर्सिदको नेपाल भ्रमणपछि भारतले नेपालका लागि विगतमा रोकिएको सैन्य सहयोग पुनः सुचारु गर्ने भएको छ। यद्दपि नेपाली सेनाको आधिकारिक मन्त्रालय भने त्यसमा बेखबर रहेको छ।
       आठ वर्षअघि तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि भारतले नेपाली सेनालाई दिँदै आएको सैनिक सहयोग रोकेको थियो। भारतीय न्युज ऐजेन्सी इण्डो एसियनकाअनुसार नेपाली सेनाले तत्काल एक अर्ब ७६ करौड रुपैया बरावरको हतियार खरिदका लागि प्रकृया थालेको छ।भारतीय सञ्चारमाध्यमले

पूनम पाण्डे अब लैला, विकिनीमा पोल डान्स

               बलिउड हट मोडल पूनम पाण्डे अब लैला बनेकी छिन् । प्रदर्शनका लागि तयार भएको चलचित्र ‘नशा’को एक गीतमा पूनमलाई ‘मे हूँ लैला’ भन्दै नाँचेको अवस्थामा देख्न सकिनेछ ।
                   प्रदर्शनका लागि तयार भएको चलचित्रमा पूनमले निक्कै उत्तेजक दृश्य दिएको बताइएको छ ।पूनमले पोल डान्स गर्दै आफूलाई विकिनीमा उभ्याएकी छिन् । पूनमको यो डान्सलाई दर्शकहरुले रुचाएका छन् । सिनेमा प्रदर्शनको मिति नजिक आएपछि पूनम विभिन्न हतकण्डा अपनाएर चर्चामा छिन् । यसैक्रममा निर्माणपक्षले चलचित्रको

स्विमिङ पुलमा बाबु–छोराको मस्ती

swiming pool             काठमाडौं। प्रहरी कल्याण कोषद्वारा सञ्चालित प्रहरी हेल्थ क्लब (स्विमिङ पुल) नेपाल प्रहरीकै अवकाशप्राप्त एक कर्मचारीका लागि लुटको धन फुपुको श्राद्ध जस्तै भएको छ। प्रहरी प्रधान कार्यालयले क्लबको हेरचाह र व्यवस्थापन गर्नका लागि सोही क्लबको हातास्थित मुख्य घटना प्रहरी सहायता कार्यदलबाट असईको कमान्डमा प्रहरी जनशक्ति खटाए पनि कोषले भने क्लबलाई ‘आफन्तलाई जागिर दिने थलो’ बनाएको छ।
              विवादका कारण केही समय बन्द भएको स्विमिङ पुलमा अवकाशप्राप्त प्रहरी निरीक्षक बुद्धि गुरुङलाई मासिक ३० हजार रुपियाँ तलब दिनेगरी नियुक्त गरिएको छ। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा लामो समय कोर्ट मास्टर रहेर सम्पत्ति कमाइसकेका गुरुङलाई खासै काम नभए पनि माथिल्लो तहका हाकिमसँग हिमचिम भएकाले नै नियुक्ति

कन्सर्टमा क्रुद्ध रिहाना, बोलिन् अश्लिल शब्द

                   विश्व चर्चित गायिका रिहाना एक कन्र्सटको क्रममा केही फ्यानहरुसँग क्रुद्ध भएकी छिन् । निर्धारित समय भन्दा १ घन्टा ढिलो स्टेजमा उक्लिएपछि रिहानालाई केही फ्यानहरुले नराम्रो व्यवहार गरेका थिए । फ्यानहरुले रिहानालाई गिफ्ट भन्दै स्टेजमा केही कुराहरु फ्याकेका थिए । यसपछि रिहानाले भनिन्, ‘यहाँ केही राम्रा र केही नराम्रा मानिसहरु छन् तर जसले यो फ्याकेको उसको गिफ्ट म सुरक्षित राख्छु तर उसलाई म बाहिर निकाल्न लगाउँदिन ।’रिहानाले आक्रोशित भएपछि केही अश्लिल शब्द पनि प्रयोग गरेकी थिइन् ।

अलपत्र छोडेका भीष्मले पाए नयाँ आमा-बुबा !

000a19cc8c108a95421a3e72be3aec6eदुर्गाप्रसाद शर्मा, 
            पर्वत, २०७० साउन ३ । प्रेमीलाई खुसी पार्न आमाले जंगलमा छाडेको र बाबुले पनि अस्पतालमा अलपत्र छाडेका १३ महिने बालक भिष्म पौडेलले बाबु आमाको काख पाएका छन् ।
               भिष्मलाई काठमाडौं कलङ्की बस्ने केपी खनाल र बबिता दाहालको दम्पतीले बालकको संरक्षक बनि बाबुआमाको काख दिएका हुन् । निसन्तान ब्यवसायी दम्पती सन्तानको रुपमा भिष्मको संरक्षक बनेका छन् ।
जिल्ला बालकल्याण समितिले बिहीबार खनाल दम्पतीलाई बच्चा जिम्मा दिएको छ । जिल्ला प्रशासन कार्यालयमा आयोजित एक कार्यक्रममा महिला विकास अधिकृत तथा बालकल्याण अधिकृत हरिलक्ष्मी मानन्धरले बालकका संरक्षक केपी खनाल

एमाओवादीको विस्तारित बैठक भोलिदेखि खन्ना गार्मेन्टमा

maoist-flag             काठमाडौं, साउन ३– एकीकृत नेकपा माओवादीको विस्तारित बैठक शनिबारदेखि ललितपुरको खन्ना गार्मेन्टमा सुरु हुँदैछ । बैठक दिउँसो १ बजेदेखि सुरु हुने एमाओवादी केन्द्रीय कार्यालय सचिव हितराज पाण्डेले जानकारी रातोपाटीलाई जानकारी दिए ।
             उनले विस्तारित बैठकको सम्पूर्ण तयारी पुरा भएको जनाए । बैठकमा व्यूरो इन्चार्ज, जिल्ला संयोजक, जनवर्गीय संगठनका प्रतिनिधिलगायत ४ यस प्रतिनिधिको सहभागिता रहने छ ।
गत केन्द्रीय समितिको बैठकमा उपाध्यक्ष बाबुराम भट्टराईले अचानक पद त्यागको घोषणा गरेपछि

साहिदसँग सुटुक्क मध्यरातमै काटिन् केक

                    बलिउड नायिका प्रियंका चोपडाको बिहिबार जन्मदिन परेको छ । उनी आफ्नो जन्मदिन बलिउड नगरीको जमघटका साथ मनाउने तयारीमा छिन् । तर प्रियंकाको जन्मदिनमा केही गोप्य कुरा बाहिर आएको भारतिय संचारमाध्यमहरुले जनाएका छन् । प्रियंकाले आफ्ना पूर्व प्रेमी शाहिद कपुरसँग केक काटेको बताइएको छ ।    आमिर खानले आयोजना गरेको पार्टी बिचमै छोडेर प्रियंका शाहिदलाई भेट्न पुगेकी थिइन् । शाहिद र प्रियंका अहिले पनि निक्कै मिल्ने साथी हुन् । प्रियंका शाहिदसँगको प्रेमसम्बन्धमा खुबै खुशी रहेकी थिइन् ।यसैले पनि प्रियंकाको जन्मदिनका लागि शाहिदले केही दिन अघि बाटै तयारी गरेका थिए । यसैले पनि कटि्रना कैफ, आमिर खान समेत उपस्थित पार्टीलाई बिचमै छोडेर प्रियंका बाहिरिएकी

मोटरेबल पुल निर्माण गरिदिन चीनलाई सरकारको आग्रह !

कुस्मा-बलेवा (नेपाने) मोटरेबल पुल (ट्रस्ट ब्रीज) बन्ने आशा पलायो !

belly-bridge-demo-pic            पर्वत, २०७० साउन ३ । गत २०६९ साल असोज महिना देखी पर्वत सदरमुकाम कुस्मा देखी बागलुङ नारायणस्थान गाविस नेपाने जोड्ने प्रस्तावित कालीगण्डकी मोटरबल पुल निर्माण गर्ने प्रकृया प्रारम्भ गरिएको करीब दश महिना पछी त्यो परिकल्पनाले साकाररुप पाउने संभावना बढेको छ ।
               यस मोटरेबल पुलको आवश्यकता र निर्माणलाई लिएर बागलुङ बलेवाका एक समाजसेवी मेघनाथ शर्मा पौडेलको सत्प्रयासलाई बागलुङ र पर्वत जिल्लाका राजनैतिक दलहरु, विभिन्न संघ संस्था, समाजसेवी, बुद्धिजीवी, आम नागरिकको व्यापक समर्थन र सहयोग रहेको यो प्रस्तावित कालीगण्डकी मोटरेबल पुल बनाउन नेपाल सरकारले चीन सरकारसँग प्रविधि र आर्थिक सहयोग गर्न प्रस्ताव गरेपछी स्थानीय जनतामा पुल बन्ने आशा

डनसँग अदालतले माग्यो ३ करोड, लामा हाँस्दै जेल गए

                  काठमाडौं, साउन ३- गैह्रकानुनी रुपमा अकुत सम्पती आर्जन गरेको ठहर गर्दै विशेष अदालतले डन गणेश लामालाई दोषी ठहर गरेको छ । अदालतले लामासँग ३ करोड धरौटी माग गरेको छ । 
                  धरौटी नबुझाएपछि डन लामालाई डिल्लीबजार सदरखोर चलान गरिएको छ । जेल जानु अघि अदालत परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै लामाले आफूलाई फसाइएको दावी गरे । यद्यपि उनी जेल जाँदा अदालत परिसरमा हँसिलो देखिन्थे । समर्थकहरुलाई अभिवादन गर्दै विदावादी भएपछि  मुस्कुराउँदै उनी  प्रहरीको साथ लागेर जेततिर गएका

प्रचण्डले बैद्यलाई भेट्दै

           ३ साउन, काठमाडौं । उच्चस्तरीय राजनीतिक समितिका संयोजक एवं एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा माओवादीका अध्यक्ष मोहन बैद्य किरणबीच भेटवार्ता हुँदैछ ।
            वार्ताका लागि राजनीतिक समितिले पठाएको पत्र सर्तसहित हो कि निसर्त भन्ने अन्यौलमा बैद्यले प्रचण्डसँग छलफल गर्न लागेका हुन् । भेट साँझ ७ बजेपछि हुनेछ । निशर्त भए मात्र वार्तामा बस्ने माओवादी प्रवक्ता पम्फा भुसालले

Wednesday, July 17, 2013

बागलुङबाट गत वर्ष बेपत्ता हुने महिला-बालबालिकाको संख्या झण्डै सय !

Backside Of Girls5                 बागलुङ २०७० साउन २ । गत आर्थिक वर्ष ०६९/७० मा बागलुङ जिल्लाका विभिन्न गाविसहरुबाट झण्डै सय जना महिला एवं बालबालिकाहरु हराए । 
                जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार जिल्लामा सो अवधिमा महिला हिँशाका करिब एक सय घटनाहरु कार्यालयमा सूचिकृत भएका छन् ।
              जिल्ला प्रहरी कार्यालय बागलुङकी प्रहरी सहायक निरीक्षक तारा सुवेदीले जिल्लामा गत आवमा ७६ जना महिलाहरु हराएको (बेपत्ता भएका) मा १५ जना भेट्टिएपनि ६१ जना अझैँ बेपत्ता रहेको जानकारी दिईन् । यसैगरी सो अवधिमा जिल्लाबाट १५ जना बालबालिकाहरुपनि हाराएका र त्यस मध्य ४ जना बालबालिका फेला परेको प्रसनि सुवेदीले
बताईन् ।
           महिला घरेलु हिँशाका ९८ घटनाहरुमध्य ५६ मिलापत्र, ११ आपसी सहमती र ३१ बाँकी रहेको पनि प्रसनि सुवेदीले जानकारी

Tuesday, July 16, 2013

प्रचण्डपछि मै हुन्छु अध्यक्षः नारायणकाजी

narayan_kaji_shrestha-620x310 (2)                 काठमाडौं, साउन २— एकीकृत ने.क.पा.(माओवादी)का उपाध्यक्ष नाराणकाजी श्रेष्ठले अब आउने महाधिवेशनपछि आफू नै पार्टी अध्यक्ष हुने दाबी गरेका छन् । हात्तीबनस्थित आफ्नै निवासमा निकटस्थहरुसित केही दिनअघि भएको एक भेलामा नारायणकाजीले यस्तो दाबी गरेका हुन् ।
              उक्त भेलाका सहभागी एमाओवादीका एक पूर्व स्थायी समिति सदस्यले नारायणकाजीलाई उद्धृत भने, ‘बाबुरामलाई कुनै पनि हालतमा पार्टीमा सक्रिय भूमिका दिनै हुन्न । पाँच वर्षपछि प्रचण्डले पनि पदत्याग गर्नेछन् । म त भर्खर ५३ वर्षमात्रै पुगेको छु । प्रचण्डले पनि छाडेपछि पार्टी अध्यक्ष म

रेखा–छवि फेरि आमनेसामने

rekha n chhabi                 काठमाडौं ।  नायिका तथा निर्माता रेखा थापा फेरि एकपटक चर्चामा छिन्। नेपाली चलचित्र क्षेत्रकी वर्तमानकी  हिट नायिका थापा यतिबेला निर्माता तथा कागजी पति छविराज ओझासँगको दोहोरीका कारण चर्चामा छिन्। नेपाली सिने नगरीमा बाठो र चलचित्र चलाउन माहिर मानिएका निर्माता ओझासँग रेखाको दोहोरी चलचित्र निर्माण र प्रदर्शनको डेटका कारण भएको हो।
             रेखाले आफैं निर्माण गरेको चलचित्र ‘काली’ र छविराज प्रोडक्शनको ब्यानरमा तयार भएको चलचित्र ‘लोफर’ असोज २५ गते फूलपातिका दिनबाट प्रदर्शनमा आउँदैछ। सुरुवातमा निर्माता ओझाले

आयो प्रियंकाको दोस्रो गीत

बलिउड नायिका प्रियंका चोपडा केवल हट तथा सेक्सी नायिका मात्र होइनन् मीठो स्वरकी धनी तथा सम्भावना बोकेकी गायिका पनि हुन् । आफुमा गायकीपन रहेको कुरा उनले पोहोर साल नै आफ्नो पहिलो गीत मार्फत पुष्टि गरिसकेकी थिइन् । आफ्नो गायिकाको पहिचानलाई अझै उँचो बनाउने क्रममा पि्रयंकाले आफ्नो दोश्रो गीत समेत सार्वजनिक गरेकी छिन् 
             अमेरिकी चर्चित र्यापर पिटबुलको समेत आवाज रहेको उनको दोश्रो गीत ‘एक्जोटिक’ को भिडियोमा पि्रयंका बिकिनीमा निकै कामूक रुपमा प्रस्तुत भएकी छिन् । पहिलो एल्बम इन माइ सिटीको सफलतापछि आत्मविश्वास बटुलेकी पूर्व मिस वल्र्ड पि्रयंकाले मुम्बइमा आयोजित एक समारोहका बीच आफ्नो दोश्रो एल्बम सार्वजनिक गरिन् ।
               उनले टि्वटर मार्फत आफ्नो दोश्रो गीतको भिडियो इन्टरनेटमा समेत लिक भएकोमा आफु रिसाउनु पर्ने भएपनि अहिले आफु निकै खुसी रहेको बताइन् । पि्रयंकाको यो एल्बमको भिडियो यु ट्युबमा

मुख्यसचिवबाटै मरिचमानलाई धोका

Lila-Mani-Poudel-Chief-Secretary                  काठमाडौं। पूर्वप्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठलाई मुख्यसचिव लीलामणि पौडेलले भेटेरै आर्थिक सहयोगको वचन दिए पनि सरकारले अहिलेसम्म सहयोग नगरेको उनका छोरा अनिल श्रेष्ठले विज्ञप्ति जारी गरेर बताएका छन्।
                  पहिला क्रोनिक निमोनियाको लक्षण देखिएपछि हिमाल अस्पतालमा उपचार गराएका सिंहलाई नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा परीक्षण गर्दा फोक्सोमा क्यान्सर भएको पत्ता लागेको थियो।
        एक नातेदारका अनुसार सिंह बिरामी परेर अस्पताल भर्ना भएको खबर सुनेपछि मुख्यसचिव पौडेल हिमाल अस्पताल पुगेका थिए। पूर्वप्रधानमन्त्री सिंहलाई उनले भनेका थिए, ‘सरकारले हजुरको सबै उपचार खर्च

पार्वतीले पोखरामा यसरी कम्मर हल्लाईन

            पहिले पहिले ४ देखी ५ दिन अगाडि बाट अथवा २ देखी ३ दिन अगाडिबाट तिजको चटारो लाग्थ्यो । तर आज भोली यस्तो भएको छ कि डेढ महिना अगाडिदेखी नै कलाकारहरुलाई तिजले नचाएको छ । 
             तिजको गीति एल्बमका लागि मंगलवार कलाकारहरु पोखराको सभागृहमा नृत्य गर्नमा व्यस्त भएका थिए । लक्ष्मी बरालको एल्बमका लागि पार्वती राइ र राजेन्द्र पौडेलले कम्मर मर्काउदै नाचिरहेका थिए । उनीहरुको ताललाई अन्य महिलाले पनि साथ दिएका थिए ।

वैद्यलाई वार्तामा बस्न आजै औपचारिक पत्र पठाइने

          २ साउन, काठमाण्डौं । उच्चस्तरीय राजनीतिक समितिले निर्वाचनको विपक्षमा रहेका नेकपा-माओवादीसहितका दलहरुलाई औपचारिक पत्र पठाउने निर्णय गरेको छ । 
             समितिको कार्यालय नयाँबानेश्वरमा बसेको बैठकले आज औपचारिक पत्र पठाएर असन्तुष्ट पक्षलाई वार्ताका लागि आह्वान गर्ने र भोली वार्ता गर्ने तयारी समितिले गरेको बैठकमा सहभागी समितिका सदस्य तथा एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जनाकारी दिनुभयो ।
            त्यस्तै बैठकले मंसिर ४ गते हुने संविधानसभा निर्वाचनको ६ महिना भित्रमा पहिलो मस्यौदा तयार पार्ने र एक बर्षभित्रमा सम्पूर्ण काम सक्ने गरी तयारी गर्ने निर्णय गरेको श्रेष्ठले जानकारी

को सँग प्रेम गरिरहेकी छिन् पुनम पाण्डे ?

poonam_pandey13               (एजेन्सी)– मुम्बईमा बस्ने २२ वर्षीय शिवमले जब आफ्नो साथीहरुलाई भने कि उनी पुनम पाण्डेको साथमा एउटा फिल्ममा काम गरिरहेका छन् त तब उनको प्रतिक्रिया थियो, 
              ‘के तिमीलाई आफूले गरेको काम सही गरिरहेको छु भन्ने विश्वास छ ? एकचोटी फेरी सोच ।’
           शिवमले यो कुरा बीबीसीलाई बताए । उनी पुनम पाण्डेका साथमा फिल्म ‘नशा’ बाट बलिउडमा प्रवेशमा गर्दैछन् ।
              पुनम पाण्डेको बारेमा शिवम भन्दछन्, ‘उनलाई नचिन्ने को होला र जब मलाई थाहा भयो कि फिल्ममा मेरो हिरोइन उनी हुन्छिन् भन्ने थाहा पाएर निकै रमाइलो लाग्यो । मलाई लाग्यो यो मेरो करियरको लागि निकै राम्रो मौका हो ।’
                 ‘नशा’ को निर्देशक अमित सक्सेना हुन् । यो फिल्म कम उमेरको केटा र उनको भन्दा बढि उमेर भएको केटीको प्रेम कहानीमा आधार मानेर बनाइएको फिल्म

लुतो फाल्ने चलन लोप हुँदै, यसरी फालिन्छ लुतो

               काठमाडौं, साउन १–आज साउन १, अर्थात् साउने संक्रान्ति । आज साँझ बलेको अगुल्टोलाई धुरी कटाएर लुतो फाल्ने चलन छ । 
               तर, पछिल्लो समय लुतो फाल्ने परम्परा विस्तारै हराउँदै गएको छ । ग्रामिण क्षेत्रमा लुतो फाल्ने गरेको पाइएपनि शहरी क्षेत्रमा भने यो परम्परा लोप बन्दै गएको

वीकिनीमा वीनाको हट फोटोसुट(फोटो फिचरसहित)

                 चर्चामा आउनको लागि निक्कै धेरै नाटक गर्न सिपालु मोडल तथा बलिउड नायिका वीना मलिकले हालै मात्र एक फोटोसुट गराएकी छिन् ।
                    ब्याङककको एक समुन्द्री तटमा गरिएको फोटोसुटमा वीना निक्कै हट देखिएकी थिइन् ।वीकिनीमा गरिएको फोटोसुटमा वीनाले आफ्नो आकर्षक शरीर मज्जैले प्रस्तुत गरेकी छिन् ।
                   विभिन्न पहिरनमा गरिएको फोटोसुटमा वीना निक्कै खुलेकी थिइन् । विभिन्न उत्तेजक तस्बिर खिचाएर चर्चामा आउने मोडलहरुको सूचिमा वीनाको

एमाओवादीको रोग एमालेमा सर्‍यो

ishwor-pokhrel                     काठमाडौं। आकार, संगठन र नेतृत्वको विषयलाई लिएर आन्तरिक झगडामा व्यस्त हुने नेपाली कम्युनिस्ट पार्टीहरू यतिबेला संकटमा पर्दै गएका छन्। विशेषतः दुई ठूला नेपाली कम्युनिस्ट पार्टीको आन्तरिक विवाद अहिले भुसको आगो जस्तै सल्कादै गएको छ। 
                    एमाओवादीमात्रै होइन एमाले पनि विवादहरूको घेराबन्दीमा परेपछि यो पार्टी अहिले चुनावी अभियान छाडेर विवाद मिलाउनमै व्यस्त भएको छ। किनभने एमालेमा यतिबेला नेतृत्वदेखि सिद्धान्त अनि पदसम्मको विवाद एकैपटक देखा परेको छ।
पदीय भागबन्डामा विवाद भएपछि त्यसलाई साम्य पार्न एमालेले पदसंख्या बढाउने गृहकार्य गरेको छ अर्कोतिर केही युवा नेताहरूले मदन भण्डारीले अगाडि सारेको जनताको बहुदलीय जनवादको सिद्धान्तमा

निखिलसँग सिनेमा खेलेकी स्वेताको दोश्रो बिहे

                नायक निखिल उप्रेतीसँग केही समय अघि बलिउड कलाकार स्वेता तिवारी पर्दामा देखिएकी थिइन् । 
               उनले निखिलसँग नेपाली र भोजपुरी भाषामा तयार भएको चलचित्र ‘त्रिनेत्र’मा सँगै अभिनय गरेका थिए । तर उनको नेपाली चलचित्र यात्रा खासै सफल रहन सकेन । 
                 विशेषगरी चर्चित सिरियल ‘कसौटी जिन्दगीकी’ बाट चर्चामा आएकी स्वेताले दोश्रो बिहे गरेकी छिन् । उनले आइतबार टेलिभिजन कलाकार अभिनव कोहोलीसँग दोश्रो बिहे गरेकी हुन् ।कर्लस टेलिजिभनबाट प्रशारण हुँदै आएको ‘

चार दलले डाकेको छलफलमा बस्नुको औचित्य छैनः गजुरेल


खिलराज सरकारले चुनाव गराउने नसक्ने दाबी
CP-Gajurel
          इटहरी, साउन १- नेकपा-माओवादीका उपाध्यक्ष सिपी गजुरेलले चारदलीय सिन्डिकेटले सर्त राखेर डाकेको छलफलमा बस्नुको कुनै औचित्य नभएको बताएका छन् । उनले सर्तरहित वार्तामा मात्र आफूहरु बस्ने स्पष्ट पारे ।
              सुनसरीको इटहरी-२ स्थित सङ्गीत महाविद्यालय प्रतिष्ठानको भवन निर्माणस्थलको मंगलबार बिहान स्थलगत निरीक्षणपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले भने, ‘सर्त राखेर छलफलमा बस्दा त्यसले कुनै निष्कर्ष ननिकाल्ने भएकाले हामीले सर्तरहित छलफलमा मात्र बस्ने भनेका हौँ ।’
             पच्चिस बुँदे सहमति र एघार बुँदे सम्झौता खारेज भई गोलमेच सम्मेलनसहित सम्पूर्ण

खिलराज किन भएछन् खिन्न ?

khilraj              काठमाडौं। राजनीतिक दलहरू मंसिर ४ को चुनावप्रति उदासिन भइरहेका बेला सरकार भने जसरी पनि तोकिएकै मितिमा चुनाव गराउने ध्याउन्नमा लागेको छ। 
                    विशेष गरी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी स्वयं सरकार प्रमुखको भारी चाँडो बिसाउन पाए हुन्थ्यो भनेर आफू निकटस्थहरूसँग कुनै हालतमा चुनाव मंसिरबाट उता लानै नसकिने बताउन थालेका छन्। सूचना तथा संचारमन्त्री माधव पौडेलले त यदि मंसिरमा चुनाव हुन नसके यो सरकारको औचित्य सकिने भन्दै आफू त्यसपछि मन्त्रीको कुर्सीमा नबस्ने सार्वजनिक रुपमै घोषणा गरेर सरकारको आशय प्रकट गरिसकेका छन्। भारतीय विदेशमन्त्री सलमान खुर्सिदको हालैको भ्रमणपछि भारत

जन्मदिन मनाउन कटि्रना लण्डनमा,


                बलिउड सुन्दर नायिका कटि्रना कैफ आफ्नो जन्मदिन मनाउन लण्डन पुगेकी छिन् । १५ बर्ष अघि भारत आएकी कटि्रनाले बलिउडमा यतिबेला राज गरिरहेकी छिन् । 
                बलिउड प्रवेशसँगै नायक सलमान खानको प्रेमिकाको रुपमा चिनिएकी कटि्रना हाल अर्का नायक रणवीर कपुरसँग नजिक छिन् ।रणवीरसँग स्पेनमा छुट्टी मनाएर फर्के लगतै कटि्रना साउन १ अर्थात जुलाई १६ मा परेको आफ्नो जन्मदिन मनाउन लण्डन पुगेकी हुन् । यो बर्षको अन्त्यमा मात्र कटि्रनाको चलचित्र ‘धुम ३’ आउने छ । यसैले पनि उनी यतिबेला खाली बसेकी

वैद्यले बहिस्कार गरे प्रचण्डलाई बढ्ता घाटा

prachanda-and-baidyaविस्तारित बैठकलाई चुनाबी रणनीतिमा केन्द्रित गर्ने तयारी

                १ साउन, काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा- माओवादीले चुनाव बहिस्कार गर्दा आफूलाई फाइदा हुन्छ कि उपयोग गर्दा भन्नेबारे एकीकृत नेकपा माओवादीभित्र छलफल चल्न थालेकोछ।        मोहन वैद्यले चुनाव बहिस्कार गरिदिए प्रचण्डपक्षलाई फाइदा हुन्छ र उपयोग गरे एमाओवादी कमजोर हुन्छ भन्ने गैरमाओवादी क्षेत्रको विश्लेषण छ । तर, एक एमाओवादी

Monday, July 15, 2013

रेखालाई बच्चा भन्दै छविले भने, ‘अरुको बुद्धिमा आफ्नै खुट्टामा बञ्चरो नहान्नु

                     नायिका रेखा थापा र निर्माता छविराज ओझा बिच सम्बन्ध बिच्छेद भएपनि उनीहरु बिचको जुहारी अझै सकिएको छैन । नेपाली सिने नगरीमा बाठो र चलचित्र चलाउन माहिर मानिएका निर्माता ओझासँग यतिबेला नायिका थापा भिडन्त गर्ने तयारीमा छिन् । रेखाले आफै निर्माण गरेको चलचित्र ‘काली’ र छविराज प्रोडक्शनको ब्यानरमा तयार भएको चलचित्र ‘लोफर’ असोज २५ गते फूलपातिका दिनबाट भिडन्त गर्ने तयारी छन् ।
               सुरुवातमा निर्माता ओझाले दशैमा प्रदर्शनको मिति तय गरेपनि रेखाले ‘काली’लाई पनि यसै दिनमा प्रदर्शन गर्ने तयारी गरेपछि जुहारी सुरु