प्रियकाले हेमन्त रानाको आवाज रहेको ‘रातकी रानी’बोलको गीतमा बेड सिन दिएकी हुन्। प्रताप सिंहले निर्देशन गरेको यो गीतको भिडियोमा प्रियंकाको ४५ सेकेन्ड लामो बेड सिनको दृश्य देख्न सकिन्छ। यो गीत ‘मेरो आकाश’ नामक एल्बममा समाविष्ट रहेको छ। यौन पेसा अपनाउन बाध्य पारिएकी युवतीको मर्मलाई उतारिएको यस गीतमा प्रियंकाले खुलेरै बेडसिन दिएकी छन्। उनले यसअघि ‘कलिउड’ र ‘थ्री लभर्स’मा पनि बोल्ड दृश्य दिएर चर्चा कमाएकी थिइन्।