Monday, March 16, 2015

पोखरा – जोमसोम सिधा बस सेवा शुरु

              चैत्र २ पृथ्वी राजमार्ग बस व्यवसायी समिति र मुस्ताङ जिप तथा बस व्यवसायीले पोखराबाट मुस्ताङको जोमसोममा सिधा बस सेवा शुरु गरेका छन्। पोखराको पर्यटक बसपार्कबाट मुस्ताङको जोमसोमसम्म सिधा बस सोमबारदेखि दुवैतर्फबाट एक एक वटा बस सन्चालमा आएका छन्। पोखराबाट विहान एक कार्यक्रम गरि पश्चिमाञ्चल क्षेत्रिय प्रशासक दिनेशकुमार थपलीयाले यात्रुलाई खादा लगाएर शुरु गरे। अहिले एक एक वटा छुटे पनि माग बढ्दै गएमा सेवा थप गर्दै जाने पृथ्वी राजमार्ग बस व्यवसायी समितिका अध्यक्ष ऐनकुमार साईले बताए। माग बढे वैशाखदेखि दैनिक ३ देखि ४ वटा बस चलाइनेछ। पर्यटकीय सिजन सुरु हुने भएकोले वैशाखदेखि यो रुटको चाप बढ्ने उनले बताए। सिधा बस सेवाले मुस्ताङ जाने आन्तरिक

गायक श्रेष्ठले प्रेमीलाई मुद्धा हाल्ने

        काठमाडौँ- प्रेममा आफूले चाहेको मान्छेलाई नपाउँदा ज्यान दिने र लिने घटनाहरुपनि सार्वजनिक भएकै छन् समाजमा । तर, संगीतमा भविष्य देख्ने युवागायक सुरज श्रेष्ठ भने माया नपाएकोमा कानुनी बाटो रोज्ने सुरमा देखिन्छन् ।  श्रेष्ठले मन पराएकी केटीले वास्ता गर्न छाडेपछि केही समय पहिले सडक बाटोमा चिच्याउँदै मुद्धा हाल्ने कुराको खुलासा गरेका हुन् । आखिर किन यस्तो निर्णयमा पुगे त उनी? तर, श्रेष्ठ भन्छन्–‘गीतमा मात्र मुद्धा हाल्ने कुरा हो रियलमा त कहाँ त्यस्तो हुन्छ र ? केही महिना अघी मात्र दोस्रो एल्बमको तयारी स्वरुप दर्शक श्रोता माझ पहिलो सौगातका रुपमा ‘मुद्धा हालिदिन्छु’ बोलको गीत सार्वजनिक गरेका थिए । गीतको म्युजिक भिडियो समेत बनाएका उनले चाँडै पूर्ण गीत सहितको एल्बम बजारमा ल्याउने बताए । विभिन्न स्थानमा हुने महोत्सवमा सहभागिता जनाइरहेका श्रेष्ठ भन्छन्–‘स्टेज तताउने खालको गीत हो यो । शब्द केही उच्शृङ्खल जस्तो सुनिएपनि प्रस्तुतिका क्रममा दर्शक दिर्घाबाट आउने वान्स मोरले हौसला थपेको छ ।’ गीतमा जसरी तिमीलाई पाईन भने मुद्धा हालिदिनछु भनेर उछालिएपनि लजालु स्वभावका यिनी केटीसँगको

कपाल मुण्डन गरी ससुराको किरियामा बुहारी

      बागलुङ, चैत्र २ - छोरीहरूले बाबु-आमाको किरिया बस्ने अब सामान्य भइसक्यो । तर बुहारीले सासू-ससुराको किरियामा कपाल खौरिएर बसेका घटना कमै सुन्नमा आएको छ । बागलुङकी एक एकल महिलाले आफ्ना ससुराको किरिया बसेर समाजमा उदाहरणीय बनेकी छन् । रिघा २ घर भई बागलुङ नपा ३ बस्दै आएकी कृष्णा श्रीशले आफ्नो संस्कारअनुसार कपाल मुण्डन गरी ससुरा धनबहादुरको काजकिरिया गरिन् । सात वर्षअघि श्रीमान् बुद्धिबहादुरको निधन भएपछि एकल जीवन बिताउँदै आएकी श्रीशले ससुराको निधनपछि श्रीमान्ले गर्ने भूमिका सबै पूरा गरेको बताइन् । 'मैले मेरो श्रीमान्को भूमिका र आफ्नो कर्तव्य पूरा गरेकी हुँ,' उनले भनिन्, 'एउटा छोरा थियो, मर्‍यो, बुहारी पोइल जान्छे भन्नेहरू धेरै थिए । उनीहरूका लागि पनि

जीवनले वर्षासँग रोमान्स गर्ने

           काठमाडौं । रेखा थापादेखि नयाँ नायिका ऋजु श्रेष्ठसँग अनस्क्रिन रोमान्स गरेका जीवनले अब वर्षा सिवाकोटीसँग रोमान्स गर्ने भएका छन् । जीवन र वर्षालाई रोमान्सको मेसो मिलाउने काम गरेका छन् निर्देशक कृष्ण पौडेलले । वर्षासँग फिल्ममा काम गर्ने सम्झौता भईसकेपनि जीवन अमेरिकामा रहेकोले कागजी प्रकृया बाँकी रहेको निर्देशक पौडेलले बताए । ‘सत्या’ नाम राखिएको फिल्ममा लेडिज एक्सनलाई विषेश महत्व दिने निर्देशक पौडेलले बताए । यसमा जीबन र वर्षा जोडी बनेर देखिने भएका छन् । सोही फिल्मका लागि गीत रेकडिङ सुरु गरिएको छ । विकास चौधरीको संगीत रहेको छ भने राजेश पायल राईले स्वर दिने भएका छन् । फिल्मको सुटिङ वैशाख

मात्रिका यादव भन्छन् : मोदी आएपछि माओवादी एकता उड्यो

'पहाडियावाद र मधेसियावाद दुबै खतरनाक' 
२ चैत, काठमाडौं । नेकपा (माओवादी)का संयोजक मात्रिका यादवले पाँच माओवादीबीच बनाइएको कार्यगत एकता समिति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आएपछि विघटन भएको बताएका छन् । सोमबार काठमाडौको प्रज्ञा भवनमा आयोजित माओवादी आन्दोलन पुर्नगठन अभियान घोषणा कार्यक्रममा बोल्दै यादवले कार्यगत एकता गर्न नसक्नेहरुले पार्टी एकता गर्न नसक्ने बताए । ‘मणीजी (मणी थापा) संयोजक रहेको हामी पाँच माओवादीको कार्यगत एकता समिति थियो’ यादवले भने-‘पाँच पार्टीको कार्यगत एकता समिति मोदी आएपछि उड्यो ।’ माओवादी आन्दोलन पुनर्गठन अभियानको प्रतिवद्धता पत्रमा मधेस आन्दोलनको काहिँ उल्लेख नभएको भन्दै असन्तुष्टि जनाए । ‘मधेसमा एउटा मधेसीवाद छ, पहाडमा पहाडियावाद छ’

‘१९ इयरकी व्युटी लेख्नेलाई' ९ वर्षकी बालिका बलात्कार गरेको आरोप

        रिलिजको तयारीमा रहेको छवि ओझाको फिल्म हवल्दार सुन्तलीको गीत ‘तिमी १९ इयरकी व्युटी..म ह्यान्डसम २१ को' गीतका गीतकार दिनेश सुवेदीलाई ९ बर्षकी बालिका बलात्कार गरेको अभियोग लागेको छ। शिक्षक पेसामा पनि आवद्ध सुवेदीलाई मकवानपुरको दामन पालुङमा रहेको सेती गणेश माध्यमिक विद्यालयको कक्षा ४ मा पढ्ने विद्यार्थी बलात्कार गरेको भन्दै गाउँलेले कालोमोसो दलेर यातना दिएका थिए। बलात्कारका घटना बढेको भन्दै फाँसीको सजायको माग गर्दै देशभर प्रदर्शन भइरहेका बेला सुवेदीले अध्यापन गराउने उक्त विद्यालयकी एक छात्रालाई बलात्कार गरेको भन्दै गाउँलेले यातना दिएका थिए। सुवेदीलाई आक्रमण गर्दा प्रहरीले रोक्ने प्रयास गरेका थिए। तर, आक्रोशित गाउँलेका अगाडी प्रहरीको पनि केही सीप नलागेको प्रत्यक्षदर्शीले

माओवादी आन्दोलन पुनर्गठन अभियान सुरु

देशभर सभा र महाधिवेशन संयुक्तरुपमा गर्ने 
            २०७१ चैत २ , काठमाडौं । विभिन्न समूहमा विभाजित माओवादी पार्टीले पुनर्गठित महाधिवेशन गर्ने लक्ष्यका साथ ‘माओवादी आन्दोलन पुनर्गठन अभियान’ सुरु गरेका छन् । एमाओवादी, वैद्य माओवादी र नेकपा माओवादीका पार्टीका दोस्रो तहका नेताहरुको पहलमा पुनर्गठन अभियानको घोषणागरिएको छ । प्रज्ञा भवनमा आयोजित माओवादी आन्दोलन पुनर्गठन अभियानको सुरुवात जनयुद्धका सहिद र वेपत्ता परिवार तथा घाइते अपाङ्गहरुलाई मञ्चमा बोलाएर गरिएको थियो । मञ्चमा उँभिएका माओवादी नेताहरुले पार्टीको हँसिया अथौडा अंकित झण्डा