Monday, August 4, 2014

एमाओवादीले मोदीलाई भन्यो, ‘नेपाललाई भारत–चीनबीचको गतिशील पुल बनाउन चाहेका छौं’

शान्ति प्रक्रियामा आएकोमा मोदीद्वारा माओवादीको प्रशंशा 
                  काठमाडौं, साउन १९ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्दै एमाओवादी शीर्ष नेताहरुले नेपाललाई भारत र चीनबीचको गतिशील पुलका रुपमा विकास गर्न चाहेको स्पष्ट पारेका छन् । राजधानीको हायात रिजेन्जीमा भएको भेटघाटमा एमाओवादी नेताहरुले सो कुरा राखेका हुन् । आज भएको भेटवार्तामा पार्टी अध्यक्ष प्रचण्डसहित डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ उपस्थित थिए । भेटघाट बारे जानकारी दिँदै डा. भट्टराई भने, ‘हामी दुई देशबीचको सम्बन्धलाई राम्रो बनाउन चाहन्छौं भन्ने कुरा भारतीय प्रधानमन्त्रीसँग राखेका छौं । नेपाललाई भारत–चीनबीचको गतिशील पुल बनाउन चाहन्छौं ।’ त्यस्तै उनले भारतसँग पीडिए गर्नका लागि एमाओवादीले पहिलेनै सहमति जनाइसकेको र यसमा एमाओवादीको समर्थन रहने कुरा बताएका थिए । उनले भने, ‘हामीले तपाईं पनि विकासप्रेमी, हामी पनि विकास प्रेमी अब मिलेर देश बनाउनुपर्छ भन्ने कुरा राख्यौं ।’ जवाफमा मोदीले सशस्त्र यात्रा छाडेर शान्ति प्रक्रियामा आएकोमा माओवादीको प्रशंसा गरेका थिए । मोदीको भनाई उद्धृत गर्दै भट्टराईले भने, ‘वहाँले

सलमान भन्छन्-’बलिउडका ‘किङ’ साहरुख नै’

           लगातार ७ वटा सिनेमा सय करोड क्लबमा प्रवेश गरेपछि बलिउडका नायक सलमान खानको चर्चा चुलिएको छ । चर्चा यसरी चुलिएको छ कि, सलमान खानलाई बक्स अफिसका राजा समेत भन्न थालिएको छ । तर चलचित्र ‘किक’ सफल भएको खुशीयालीमा आयोजित एक कार्यक्रममा भने सलमानले बलिउडको राजा आफू नभएको बताएका छन् । उनले बलिउडमा ‘किङ’को रुपमा साहरुख खान रहेको भन्दै त्यो स्थान उनलाई नै सुहाउने बताए । सलमानले अहिले बलिउडमा आफ्नो स्थान कतै हराएको भन्दै साहरुख खान बलिउडको राजा भएको बताएका हुन् । यता बलिउडका नायक साहरुख खानले पनि सलमान र आफ्नो सम्बन्ध निक्कै नजिकको रहेको बताएका छन् । ‘सलमान र म साथी जस्तै छौ’, साहरुखले भने । उनी निक्कै मिलनसार रहेको साहरुखको

पीकेको पोष्टरमा नग्न आमिर खान


     राजकुमार हिरानीको फिल्म पीकेको पहिलो पोष्टर जारि गरिएको छ । 
           अहिलेको अवस्थामा यो पोष्टरलाई सबैभन्दा बोल्ड फिल्मी पोष्टर मानिएको छ किनभने यसमा आमिर खान नग्न देखिएका छन् । 
       हातमा लिएको एउटा रेडियोले मात्र उनले आफ्नो गोप्य अंग छोपेका छन् ।
            पोष्टरमा आमिर रेलको ट्र्याकको बिचमा उभिएका छन् । फिल्ममा अनुष्का शर्मा र सुशान्त सिंह राजपुतको पनि महत्वपूर्ण भूमिका रहेको छ । 
         फिल्ममा आमिर खान एलियनको भूमिकामा देखिने अड्कलबाजी गरिएको

मरेका र रोगी कुखुरा बिक्री गर्न ल्याउनेलाई उन्मुक्ति ! मरेका दर्जनौ कुखुरा नष्ट !

सन्तोष गौतम, 
        म्याग्दी २०७१ साउन १९ । म्याग्दी सदरमुकाम बेनीमा मरेका र अस्वस्थ्य कुखुराहरु विक्री गर्न ल्याईने गरेको रहस्य बाहिर आएको छ । मरेका र मर्न लागेका रोगी कुखुरा ल्याउदै गर्दा सोमवार विहान प्रहरी र पशु कार्यालयको टोलीले फेला पारेको हो । बिक्रीका लागि ल्याउदै गरेको मृत र रोगी कुखुरा सोमबार जफत गरि नष्ट समेत गरेको छ । तर उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्नेहरुमाथी कानूनी कार्बाही नगरि उन्मुक्ति दिएएपछी उपभोक्ताहरु आक्रोशित बनेका छन् । मासु पसलमा कुखुरा बिक्री गर्न गाडीमा राखेर ल्याउदै गरेको अवस्थामा प्रहरीले चेकजाँचका क्रममा पक्राउ गरेको थियो । गाडीभित्रै कुखुरा मरेको र मर्न लागेका रोगी कुखुरा भएको भेटिएपछि नष्ट गरेको जिल्ला पशु सेवा कार्यालयका पशु स्वास्थ्य प्राबिधिक सुन्दर केसीले जानकारी दिए । जिल्ला पशु सेवा कार्यालय र कालीपुल प्रहरी पोष्टको टोलीले ५०

सलमानले ज्याकिलनलाई किन भने ‘खान’, के प्रेममा छन् यी दुई कलाकार ?

             नायक सलमान खान र नायिका ज्याकलिन फर्नान्डेजको प्रेम चर्चाले बलिउड बजार उचालिएको छ । उसो त सिनेमा खेलेसँगै नायिकासँग सलमानको नाम जोडिएको घटना कुनै नौलो होइन । हालै मात्र एक कार्यक्रममा बलिउडका सुपरस्टार सलमान खानले नायिका ज्याकलिन फर्नान्डेजलाई ‘खान’ भनेर बोलाएपछि धेरैलाई अचम्ममा पारिदिएको छ । सलमानले बारम्बार ज्याकलिन खान भनेपछि यी
दुइको केमेष्ट्री कती सम्म नजिक रहेछ भनेर वुझ्न गाह्रो पर्दैन । यस बिषयमा ज्याकिलनले पनि आफू छक्क परेको बताएकी छिन् । ज्याकलिने भनिन्-’मलाई किन उनले यसो भने थाहा छैन । म आफै अचम्ममा परेको छु । सलमान मेरो लागि रोल मोडल हुन् ।’ अविवाहित नायक सलमानले ज्याकलिनको पछाडि खान थपिदिएपछि यतिबेला दुइको प्रेम चलेको खबरलाई बल मिलेको छ । दुइले अभिनय गरेको चलचित्र ‘किक’ले बलिउड बजारमा धुम मच्चाइरहेको

मोदीको सवारीले सर्वसाधारणलाई सास्ती नै सास्ती

विरामी कुरुवाले समेत अस्पताल जान पाएनन्
             न्काठमाडौं, साउन१९–नेपालको दुई दिने औपचारिक भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका कारण सर्वसाधारणहरुले अहिलेसम्म नभोगेको हैरानी र सास्ती भोग्नु परेको छ । मोदीको सुरक्षाको लागि भन्दै लामो समय सवारी आवागमनमा रोक लगाएपछि सर्बसाधारणहरुले दुई दिनदेखि निकै असहज महसुस गरिहेका हुन् । विगतमा राष्ट्रपतिको सवारीमा केही समय सवारी आवागमनका क्रममा सास्ती भोगेका सर्वसाधारणहरुले त्यसको तुलनामा कैयौं गुणा लामो निस्सार लाग्दो हैरानी र बुहार्तन खेपिरहेका छन्,राजधानीमा । विशेष गरेर मोदी आवागमन हुने क्षेत्रका सर्वसाधारणले मोदी सुरक्षालाई मध्यनजर गर्दै सरकारले आवागमनमा रोक लगाएपछि आफ्नो दैनिक जीवनयापनका कठिनाई भएको भन्दै आक्रोस व्यक्त गरिरहेका छन् । मोदी सवारीका कारण आवागमनमा कडाइ गरिएपछि अस्पताल जस्ता संबेदनशिल स्थानमा पुग्ने विरामीदेखि तिनका कुरुवाहरुले समेत यसका कारण गन्तव्यमा पुग्न सकेका छैनन् । बाराका सुजन शर्माले आइतबार विर अस्पतालमा रहेका आफ्ना आमालाई कुर्न समयमा पुग्न नसकिएको गुनासो गरे । मोदीको सवारीका कारण आवागमनमा अफ्ठारो झेलेपछि यसरी आक्रोस पोख्नेहरु बर्गेल्ती

शीतलनिवासमा ४५ मिनेट उभिए शीर्षनेता

राष्ट्रपति कार्यालयको व्यवस्थापनबारे नेताको गुनासो 
              १९ साउन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोेदीसहितको दिवाभोजका लागि सोमबार दिउँसो राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका नेताहरुले एउटै कोठामा कोचिएर झण्डै ४५ मिनेट उभिनुपरेको छ । बस्ने ठाउँसमेत नभएको कोठामा त्यसरी उभिनेहरुको ताँतीमा उपराष्ट्रपति परमानन्द झादेखि पूर्वप्रधानमन्त्रीहरु समेत थिए । राष्ट्रपति डा. रामवरण यादवले मोदीको सम्मानमा ११:४५ बजे दिवाभोजको आयोजना गरेका थिए । शीतलनिवासले उपराष्ट्रपति, सभामुख, प्रधानन्यायाधीशसहित संविधानसभामा तीन सिटसम्म प्रतिनिधित्व गर्ने दलका अध्यक्ष र पूर्वसभामुखलाई निम्तो दिएको थियो । शीर्षनेताहरु निम्तो मान्न समयमै राष्ट्रपति कार्यालय पुगेका थिए । तर, राष्ट्रपति र मोदीबीचको भेट लम्बिएपछि ३०/३५ नेताहरुले एउटै कोठामा उभिएर आधा घन्टादेखि ४५ मिनेटसम्म कुर्नुपरेको हो । कोठामा कुर्सीको व्यवस्था नभएका कारण नेताहरुले उभिएरै समय काटेका छन् । ‘पहिलो तल्लाको लञ्च हलसँगैको कोठामा सबैलाई राखिएको थियो । तर, कुुर्सीको व्यवस्था थिएन’ एक नेताले अनलाइनखबरसँग भने-’व्यवस्थापन गर्दा भेट लम्बिए