Friday, June 20, 2014

मेरो बेड सिनले मेरी श्रीमतीलाई कुनै फरक पर्दैन

        (एजेन्सी)– आजकाल एक बोल्ड गीत ‘आज फिर तुम पर’ ले मानिसहरुको रातको निन्द्रा नै उडाएको छ । मानिसहरु ‘हेटस्टोरी २’ प्रदर्शन हुने दिनको व्यग्र प्रतिक्षामा छन् । विक्रम भट्टको यो सिक्वेल फिल्ममा टिभिका हिरो जय भानुशाली र हिरोइन सुरवीन चावलाको मुख्य भुमिका रहेको छ । फिल्मको यो गीतमा दुबै निकै इन्टिमेट भएको देखिन्छन् । सुन्नमा आएको छ कि यो गीतको बारेमा जयकी असली श्रीमती माही निकै रिसाएकी छिन् । तर, यसको खण्डन गर्दै जयले यो कुरा साँचो नभएको बताउँछन् । हुन त माहीलाई यो सबै कुरामा के आपत्ति होला र ? माही पनि व्यवसायिक छिन् र जे कुरा फिल्ममा देखाइन्छ त्यो सबै फिल्मको कहानीको हिस्सा भएको कुरा उनलाई थाहा छ । उनी भन्छन्, ‘यी सबै कुराहरु आधारहिन हुन् । म मेरी श्रीमती माहीलाई निकै माया गर्छु र उनी त्योभन्दा बढि माया मलाई

सिम्पलको मन जेलिएपछि

         गायिका अन्जु पन्तको आवाजमा समावेश ‘जेलिएको मनको धागो’ बोलको गीतको भिडियो छायांकन गरिएको छ । आरपी दाहालको शब्द, अर्जुन पोख्रेलको संगीत रहेको गीत चर्चामा छ । भिडियोमा मोडल सिम्पल खनालको साथमा दीपेन्द्र घिमिरे र राजु कार्की देखिएका छन् । नविन श्रेष्ठको छायांकन रहेको भिडियोलाई दीपेन्द्रले नै निर्देशन गरेका हुन् । दीपेन्द्रले भिडियो उत्कृष्ट बनेको बताए । भिडियोको छायांकन साँगामा गरिएको

ओली पक्षले नाक भाँचिदिन्छु भनेर धम्की दिए: माधव नेपाल

                काठमाडौं, असार ६ – नेकपा–एमालेका नेता अध्यक्षका प्रत्यासी माधव नेपालले ओली पक्षले प्रतिनिधिहरुलाई धम्की र प्रलोभनमा पारेर प्रभावित गर्न खोजेको आरोप लगाएका छन् । नेपालले ओली र बामदेव पक्षले राजनीतिक नियुक्तिको लोभ देखाउँदै, आफ्नो राजनीतिक भविष्य खतरामा पर्ने धम्की दिँदै प्रतिनिधिहरुलाई प्रभावित पार्न खोजेको आरोप लगाएका हुन् । 
            शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपालले भने ‘ओली पक्षले प्रतिनिधीहरुलाई नाक भाँच्दिन्छु, गाला तास्दिन भनेर धम्की दिएका छन् ।’ उनले सबै प्रतिनिधिहरुलाई यस्तो धम्की र प्रलोभनमा नफँस्न आग्रह समेत गरे । ‘अहिले सत्ताको चरम दुरुपयोग भएको छ,’ नेपालले भने । उनले आफू महासचिव मात्र भएको बताउँदै दुई कार्यकालसम्बन्धि विधान आफूलाई लागु नहुने स्पष्ट पारे । ‘कुनै पनि विधान पारित भएको मिति देखि लागु हुन्छ । त्यही भएर यो मेरो हकमा लागु हुँदैन,’ उनको भनाई थियो । उनले हालसम्म निर्वाचित प्रतिनिधिमध्ये ७७ प्रतिशत आफ्नो पक्षमा रहेको दाबी

समीक्षक भन्छन्-’हमसकल फिल्म नै होइन’

         साजिद खानले निर्देशन गरेको चलचित्र ‘हमसकल’ आजबाट देशभरका हलमा प्रदर्शनमा आएको छ । तर यो सिनेमाले गतिलो समिक्षा भने पाएको छैन । भारतका चर्चित समिक्षकहरुले ‘हमसकल’लाई सिनेमा नै होइन भनेका छन् । चर्चित समिक्षक तरन आदर्शले ‘हमसकल’लाई ५ मा १.५ मात्र दिएका छन् । हिन्दुस्तान टाइम्सले यो सिनेमालाई सिनेमा नै होइन भनेको छ । उसको समिक्षामा‘हमसकल’ शुन्य छ । इन्डिया टुडेले पनि ५ मा ० दिएको छ । एनडीटीभीले पनि ०.५ मात्र अंक दिएको छ । यस्तै अर्को चर्चित अनलाइन पत्रिका कोइमोइले १ अंक दिएको छ । साजिद खान यस पटक पनि चिप्लने संभावना छ । उनले यसअघि बनाएको चलचित्र ‘हिम्मतवाला’ पूर्ण रुपमा असफल भएको थियो । चलचित्रमा सैफ

महरासँग वैद्य माओवादी किन सशंकित ?

              काठमाडौं, असार ६ – संविधान निर्माणदेखि जनजीविकाका सवालका बीचमा तत्कालका लागि राजनीतिक कार्यगत एकता र दीर्घकालमा पार्टी एकता गर्ने गरी एकीकृत माओवादी र नेकपा–माओवादीका शीर्ष नेताहरूबीच बाक्लो संवाद भएको छ । यो प्रक्रियामा मातृका यादवको नेकपा–माओवादी, मणि थापाको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र परि थापाको नेकपा एकीकृत पनि जोडिएका छन् । तर, यो ऐतिहासिक भनिएको प्रक्रियामा भने एकीकृत माओवादीका एक वरिष्ठ नेताको भूमिका भने शंकास्पद देखिएको छ । ती हुन्, एकीकृत माओवादीका महासचिव कृष्णबहादुर महरा । आखिर उनको भूमिका किन शंकास्पद भयो त ? यसको रोचक कहानी छ । जबकि यसअघिसम्म दुई माओवादीबीच एकतामा उनी सूत्रधारका रुपमा देखा परेका थिए । संविधानसभाको चुनावलगत्तै उनले आफ्नो निवासमा प्रचण्ड र किरणलाई बोलाएर वार्ता गराएका थिए भने त्यसपछि पनि विभिन्न चरणमा

प्रेमीले कुटेपछि रुदै नाचिन् सुष्मा

              नायिका सुष्मा कार्की र उनका प्रेमी निरन विचको लफडा सधै नै मिडियामा आइरहेको हुन्छ । सुष्मा र निरन केही समयअघि ब्रेकअप भएको भन्दै भिन्दै बसेका थिए । तर फेरि पछि सुष्मा र निरन एकसाथ रेष्टुरेन्ट संचालन गरिरहेका छन् । 
                     यही क्रममा पूर्वमा आयोजना भएको एक कार्यक्रममा सुष्मा र निरनविच झगडा भएको वुझिएको छ । व्यक्तीगत झगडा परेपछि निरनले सुष्मालाई स्टेज पछाडि कुटेका थिए । सुष्मा र निरनको झगडालाई प्रहरीले छुट्टाएको थियो । श्रोतले बताएअनुसार सुष्मा झगडा परेपछि रुदै स्टेजमा गएर नृत्य गरेकी थिइन् । दुइको झगडा कुन बिषयमा भयो भन्ने पुष्टी भएको छैन । आपसी झगडा परेकाले पनि आफूहरुले छुट्टाएको मात्र प्रहरीले

सिमित व्यक्तिको घेरामा पार्टी नेतृत्व राख्न खोजिदैछः ओली

         काठमाडौं, असार ६ – नेकपा–एमालेका अध्यक्षका प्रत्यासी रहेका केपी ओलीले नेतृत्व हस्तान्तरण गर्न नदिन चलखेल भइरहेको आरोप लगाएका छन् । शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एमाले नेता ओलीले भने, ‘अझै पनि सिमित व्यक्तिको घेरामा पार्टीको नेतृत्वलाई सँधै राखिराख्न कसरत भइरहेको छ, यसलाई रोक्नुपर्छ ।’
ओलीले पार्टीको नेतृत्व अखिलको अध्यक्षलाई दिने अझै समय नभइसकेको बताए । ‘क्याम्पसमा स्ववियु सभापति खोजे जस्तो होइन, पुस्तान्तर अघि अनुभव, योगदान, पहिचानको आधारमा नेतृत्व बन्दै जाने हो’ ओलीले भने । भोलीदेखि महाधिवेशन प्रतिनिधि छनौट गर्दा विवेक प्रयोग गरेर प्रतिनिधि छनौट पनि आग्रह गरे ।
‘पहाडको कच्ची बाटोमा दाँया बाँया ढल्किँदा मोटरको डन्डीलाई समातेर गाडी दुर्घटनबाट बचाए भने भ्रम म पाल्दिन,’ ओलीले भने । उनले संक्रमणकाललाई अन्त्य गरेर राष्ट्रलाई आर्थिक समृद्धिको बाटोमा पार्टीलाई दोहो¥याउन र एमालेलाई सक्षम बनाउन आफूले उम्मेदवारी दिएको प्रष्ट पारे । त्यस्तै कार्यक्रममा बोल्दै गृहमन्त्री बामदेव गौतमले पार्टीमा गुण्डाहरुलाई प्रवेश गर्न नदिने स्पष्ट पारेका

Monday, June 16, 2014

लिप्स किससहित श्रीकृष्ण र स्वेताको रोमान्स(भिडियो)

            चाडै नै विवाहा बन्धनमा बाँधिन लागेका नायक श्रीकृष्ण श्रेष्ठ र नायिका स्वेता खड्काले अभिनय गरेको चलचित्र ‘कोहिनुर’ साउन २३ गतेबाट प्रदर्शनमा आउँदैछ । यही चलचित्रको प्रेमले भरिएको एक गीत सार्वजनिक गरिएको छ । आकाश अधिकारीको निर्देशनमा तयार भएको यो सिनेमाले चेलीबेटी बेचबिखनको कथालाई उठान गरेको छ । चलचित्रमा शम्भूजित बास्कोटाको संगीत छ । चलचित्रमा समावेश ‘के म तिम्रो हैन र’ ? बोलको गीत सार्वजनिक भएको छ । गीतमा स्वेता र श्रीकृष्णको रोमान्स हेर्न सकिन्छ । राजु विक्रम थापाको छायांकन रहेको चलचित्रमा,

चिटिक्क परेकी यूवती देखेपछि(भिडियो)


            गायक रामचन्द्र थापाको आवाजमा समावेश ‘चिटिक्क परेकी’ बोलको गीतको म्यूजिक भिडियो तयार भएको छ । 
               तेन्जिङ शेर्पा लामाको निर्देशनमा तयार भएको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् ।
                    भिडियोमा सुजन र स्वस्तिकाले अभिनय गरेका छन् । प्रकाश तुलाधरले सम्पादन गरेको भिडियो आकर्षक बनेको छ । लामो समयपछि गायक थापाले एल्बम बजारमा ल्याएका

पोर्चुगलको लज्जास्पद हार, जर्मनीसँग ४-० ले पराजित

काठमाडौं, असार ३ – जारी विश्वकप फुटबल प्रतियोगिता अन्तरगत समुह जी को पहिलो खेलमा जर्मनीले सानदार जित हात पारेको छ । सोमबार राती सम्पन्न खेलमा थोमस मुलरको ह्याट्रिकको मद्यतले जर्मनीले पोर्चुगललाई ४-० ले हरायो । यो संस्करणको विश्वकप फूटबल प्रतियोगितामा उपाघीको दावेदार मानिएको पोर्चुगलले जर्मनीसँग जज्जास्पद हार बेहोर्न पुगेको हो । खेलको ११ औं मिनेटमै खोल खान पुगेको पोर्चुगलको यो क्रम रोकिएन । थोमस मुलरले पहिलो गोल खेलको १२ औं मिनेटमा पेनाल्टीमार्फत गरेका थिए । वान भर्सेज वानको अवस्थामा पोर्चुगलका खेलाडीले जर्मन खेलाडीलाई डी बक्सभित्र लडाएपछि रेर्फ्रीले पेनाल्टी दिएका थिए । सो मौकालाई

एक्सन र रोमान्सले भरिएको सलमानको ‘किक’

   नायक सलमान खानले अभिनय गरेको नयाँ चलचित्र ‘किक’को ट्रेलर सार्वजनिक भएको छ । एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो । चलचित्रमा सलमानका अलवा ज्याकलिन फर्नान्डेज, रणदिप हुड्डा लगायतका कलाकारले अभिनय गरेका छन् । साजिद नाडियडवालाले तयार पारेको सिनेमामा एक्सन भरिपूर्ण देख्न सकिन्छ । चलचित्रमा सलमानलाई ‘डेभिल’ पात्रको रुपमा उतारिएको छ । चलचित्रमा सलमान खानलाई मास्क लगाएर कुद्दै गरेको पनि देखाइएको छ । सिनेमाको बिषयलाई लिएर दर्शकमा उत्साह समते बढेको छ । यो चलचित्रको ट्रेलर सार्वजनिक भएको एक दिन नवित्दै करिब १२ लाख दर्शकको हिट मिलेको छ । चलचित्र ईद या यसको आसपासमा प्रदर्शनमा

अख्तियारले थाल्यो साक्षर अभियानको अनुसन्धान

        ३ असार, महोत्तरी । साक्षरता कक्षा सञ्चालनमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत तीनवटा निकायले अनुसन्धान सुरु गरेको छ । जिल्ला शिक्षा कार्यालय महोत्तरीद्वारा सञ्चालित साक्षरता अभियान कक्षा सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र र शिक्षा विभागको अनौपचारिक शिक्षा केन्द्रले अनुसन्धान सुरु गरेको हो । ती निकायहरुले जिल्ला शिक्षा कार्यालयमा पत्राचार गरी २४ घण्टाभित्र कक्षा सञ्चालन भएको/नभएको यथार्थ विवरण र रकम निकासा सम्बन्धमा के कति रकम निकासा भएको हो भन्ने प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ । जिल्ला शिक्षा कार्यालय र सामाजिक सङ्घसंस्थाका अगुवाले साक्षरता अभियानलाई कागजमै सीमित बनाएर करिब एक करोड ३९ लाख रुपैयाँ दुरुपयोग गरेका छन् । सदरमुकाम जलेश्वर र १६ गाविसमा साक्षरता कक्षा सञ्चालनका लागि ३७ वटा सामाजिक सङ्घसंस्थासँग शिक्षा कार्यालय महोत्तरीले

एमालेको महाधिबेशन खर्च पाँच करोड

        काठमाडौं,असार३–एमालेले नवौं महाधिबेशनमा पाँच करोड रुपैयाँ खर्च गर्ने गरी आर्थिक कार्ययोजना बनाएको छ । महाधिबेशनका लागि गठित आर्थिक उपसमितिले बनाएको बजेटअनुसार खानामा मात्रै दुई करोड खर्च हुनेछ । महाधिबेशनमा लाग्ने सबै खर्च सकेसम्म मन्त्री,सभासद्,प्रतिनिधि तथा कार्यकर्ताबाट संकलन गर्ने एमालेको योजना छ । प्रतिनिधि,स्वयंसेवक,पाहुना र अन्य जनशक्तिसहित महाधिबेशन अबधिभर हरेक दिन तीन हजारलाई खाना खुवाउने योजना बनाएको एमालेले दुई करोड रुपैयाँ खानामा लाग्ने अनुमान गरेको छ । आर्थिक उपसमितिले अनुमानित खर्च र आम्दानी योजना बनाएर रकम संकलन गरी खर्च गर्न अन्य उपसमितिलाई दिनेछ । ‘करिव तीन हजार जनाका लागि ११ छाक खानाको झन्डै दुई करोड रुपैयाँ लाग्ने देखिएको छ’महाधिबेशन आर्थिक उपसमितिका सचिव डा. गोबिन्दबहादुर

साउदीमा कार्यरत नेपाली कामदारका लागि खुसीको खबर

      ३, असार काठमाडौं । साउदी अरबको मरुभूमीमा ४५ डिग्रीभन्दा माथि तापक्रम गर्मीमा काम गर्न बाध्य नेपाली कामदारका लागि खुसीको खबर छ । त्यहाँको सरकारले गर्मी याममा घाममा काम गर्ने विदेशी कामदारलाई मध्यान्ह छुट्टी अनिवार्य गरेपछि हजारौं नेपाली कामदारले केही राहत पाउनेे भएका छन् । गल्फ न्युजका अनुसार युनाइटे अरब इमिरेट्सको श्रम मन्त्रालयले श्रमिकहरका लागि ‘मिड डे ब्रे’ अनिवार्य गरेको हो । युएइको श्रम मन्त्रालयले जारी गरेको नोटिसमा रोजगारदाता कम्पनीरुले मध्यान्ह १२.३० देखि ३ बजेसम्म साँढे दुई घण्टाको छुट्टी दिनुपर्नेछ । यो नियम विशेषतः निर्माण क्षेत्रमा काम गर्ने कामदारका हकमा अनिवार्य लागु हुनुपर्नेछ । तीन महिनासम्म रहने मिड डे ब्रेकको नियम सेप्टेम्बर १५ सम्म कायम हुने मन्त्रालयले जनाएको छ । मध्यान्ह छुट्टीका समयमा रोजगारदाताले कामदारहरुलाई शीतल ठाउँको व्यवस्था गरिदिनुपर्नेछ । यसका साथै रोजगारदाताले कामदारहरुको सुरक्षाका लागि उपयुक्त सुरक्षा प्रबिधि अपनाउनुपर्नेछ । युएइको श्रम