Friday, February 7, 2014

केपी ओलीले संसदमा भने-राष्ट्रपतिको चुनाव तत्काल गर्नुपर्छ

केपी ओलीले संसदमा भने-राष्ट्रपतिको चुनाव तत्काल गर्नुपर्छ 
                 २४ माघ, काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले तत्काल राष्ट्रपतिको निर्वाचन गर्न माग गरेका छन् । व्यवस्थापिका संसदको शुक्रबारको बैठकमा विशेष
                  समय लिएर सम्बोधन गर्दै नेता ओलीले नयाँ संविधानसभाले राष्ट्रपति उपराष्ट्रपतिलाई चिन्दिँन भनेको अवस्थामा के हुन्छ ? भनी प्रश्न समेत गरेका छन् । संसदीय दलको नेतामा निर्वाचित भएपछि पहिलो पटक संसदलाई सम्बोधन गरेका ओलीले भने-’दोस्रो संविधानसभा निर्वाचनको अन्तरिम संविधानमा परिकल्पना गरिएको छैन । तर, नयाँ चुनाव भयो । अब नयाँ संविधानसभाले राष्ट्रपति र उपराष्ट्रपतिलाई चिन्दिन भने के हुन्छ ? यो तानाशाही व्यवस्था हो ? चुनावको कुरा गर्न किन नहुने ? यो कुरालाई कांग्रेसले किन उठाइरहेको छ ।’ केही सिटले कांग्रेस एमालेभन्दा ठूलो दल भएको भन्दै ओलीले कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न एमाले खुल्ला रहेको बताए । ‘नेपाली कांग्रेसले सरकारको अगुवाइ गर्छ भने गरोस् तर मूर्त प्रस्ताव आउनुपर्‍यो’ ओलीले भने-’कांग्रेसले प्रस्ताव ल्याउँदा गीत नभएको धुनजस्तो नगरोस् । गीतसहितको धुन अरुले पनि गुनगुनाउन सकुन्, बाजा बज्छ, मेलोडियस छ, मिलेर जाऔं,

दिपिकासँग फोटो खिचेको भन्दै रणविरद्वारा हातपात

                 एजेन्सी) वलिउडमा आजभोलीका रणविर सिंह र दिपिका पादुकोनबीचको प्रेम प्रसंगको हल्ला निक्कै चल्ने गरेको छ । पछिल्ला दिनमा रणविर र दिपिका सार्वजनिक कार्यक्रममा एकसाथ देखिन थालेका छन् ।
                  हालै कार्यक्रममा भने एक फोटोग्राफरले यिनी दुईको रामोन्सको फोटो खिच्ने कोसिस गर्दा रणविरले उनी हातपात गरेका छन् । यो कुरा अहाना देओलको रिसेप्सन पार्टीको हो। 
                यस पार्टीमा रणविर र दिपिकालाई पनि आमन्त्रण गरिएको थियो । पार्टीमा यी दुवै नजिक बसेका थिए । फोटोग्राफरले त्यो देखिहाले र उनीहरु रोमान्सको तस्विर खिच्न थाले । यो देखेर दिपिका उठ्न थालिन् भने रणविरले त फोटोग्राफरलाई हातपातनै गरेका थिए ।
                     बताइए अनुसार यो पार्टी यी दुवैले हातमा हात राखेर बसेका थिए । रणविरले फोटोग्राफरले खिचेका तस्विरपनि डिलिट गर्न

शेरबहादुरको जवाफबाट सुशील स्तब्ध

  देउवाले भने, ‘वार्ता समितिमा म किन ? रामवरणजीलार्ई नै राख्नुस् -
                  काठमाडौं, माघ २४ –नेपाली काँग्रेसका नेता शेरबहादुर देउवाले अन्य दलहरुसँग वार्ता गर्ने प्रयोजनले बन्ने पार्टीको वार्ता समितिमा बस्न ठाडै इन्कार गरेपछि संसदीय दलका नेता सुशील कोइराला बडो संकटमा परेका छन् ।
                     देउवा वार्ता समितिमा नबसे अन्य दलसँगको बार्ता प्रकृयाले पुर्णता नपाउने, मन्त्रालयको मोलमोलाई नमिल्ने र समय घर्किदै जाँदा प्रधानमन्त्री बन्ने आफ्नो सपना पनि कतै चकनाचुर हुने त हैन भन्ने भयले उनलाई पिरोल्न थालेको काँग्रेस सुत्र बताउँछ । यता शेरबहादुर आफनै अडानमा छन् । हालैको एक भेटमा सुशील ले भने, ‘अब पुराना कुरा छाडौं । हामी मिलौं । तपाई बार्ता समितिमा बसीदिनुप¥यो ।’ शुसीललाई देउवाले ठाडै भनीदिए, ‘म त बस्दीन । अब तपाईको सबथोक त भन्देखीनलाई रामवरणजी नै हो । अब रामवरणजीलाई नै राखे भैहाल्यो नी वार्ता समितिमा ।’देउवा र रामचन्द्रवीचको यस्तो कटुताको

Wednesday, February 5, 2014

सकियो पर्वत महोत्सव: आयोजक भन्छन- २ लाखले हेरे,५ करोड व्यापार भयो !

                  पर्वत २०७० माघ २२। कुस्मामा सन्चालित चौथो पर्वत महोत्सव तथा पश्चिमाञ्चल क्षेत्रीय औद्योगिक प्रदर्शनी मंगलबार सकिएको छ । गत माघ १४ गतेबाट शुरु भएको सो महोत्सवमा ५ करोड बराबरको कारोवार र २ लाख दर्शकले महोत्सव अवलोकन गरेको आयोजक पर्वत उद्योग बाणिज्य संघलले जनाएको छ । महोत्सवबाट बचत भएको रकमबाट कुस्मा चक्रपथ निर्माण तथा बडागाउँमा खेलमैदान तथा प्रर्दशनीस्थल निर्माणका लागि खर्च गर्ने योजना बनाइएको महोत्सब मुल आयोक समितिका संयोजक रामकृष्ण कर्माचार्यले जानकारी दिएका छन् । महोत्सव कै अवसरमा आयोजित पश्चिमाञ्चल स्तरिय क्षेत्रीय औद्यागिक प्रदर्शनीमा

Tuesday, February 4, 2014

धौलागिरीको आङ्गिक क्याम्पस धौलागिरी बहुमुखी क्याम्पसको स्वर्ण महोत्सव सम्पन्न ।

                        माघ २२ बागलुङ गते धौलागिरीको एकमात्र आङ्गिक क्याम्पस धौलागिरी बहुमुखी क्याम्पस बागलुङको स्वर्ण महोत्वस सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै त्रिभुवन विश्व विद्यालयका रजिष्टार चन्द्रमणी पौडेलले धौलागिरी बहुमुखी क्याम्पस धौलागिरी अञ्चलको शिक्षाको केन्द्रविन्दु भएको बताउनुभयो । 
                           शिक्षाको यो संगम स्थललाई कुनै राजनैतिक स्तरबाट हस्तक्षप हुन नहुने बताउनुभयो साथै क्याम्पसको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा  क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम शर्मा नेपाली कांग्रेसका कार्यबाहक सभापति जगदिशचन्द्र उपाध्याय, नेकपा एमालेका अध्यक्ष श्रीप्रसाद शर्मा, एनेकपा माओवादीका यज्ञबल्लभ शर्मा,  प्रमुख जिल्ला अधिकारी कैलाशनाथ

साहरुख खान बन्ने सपना बुन्दै रणवीर

                     बलिउड नायक रणवीर सिंह यतिबेला साहरुख खान बन्ने सपना देखिरहेका छन् । यसैले त उनी साहरुख खानको सर्वाधिक सफल सिनेमा ‘दिलवाले दुल्हनिया ले जायंगे’ र ‘चक दे इन्डिया’को कुरा गर्न थालेका छन् । 
                       मिडियाले बलिउडका सर्वाधिक सफल निर्माता तथा निर्देशक आदित्य चोपडासँग काम गर्न लागेको बिषयमा सोधेको प्रश्नमा रणवीरले त्यस्तो भैदिए आफ्नो सपना पुरा हुने बताए । उनले आदित्यका ‘दुल्हनिया ले जायंगे’ र ‘चक दे इन्डिया’ कैयौ पटक हेरेको जनाएका छन् । जीवनमा एक पटक आदित्य चोपडासँग काम गर्ने उनको सपना छ । रणवीरले कैयौ पटक हेरेका यि दुई सिनेमाका निर्देशक आदित्य चोपडा हुन् भने नायक साहरुख खान । चलचित्र ‘रामलीला’

अख्तियारको आँखामा आईजीपीको छारो

                  काठमाडौं। सशस्त्र प्रहरी बलमा गत आर्थिक बर्षमा सामान आपूर्तिको ठेक्का पाएका ठेकेदारहरूले समयमा सामान आपूर्ति नगर्दा यो जाडोमा पनि न्यानो कपडा लगाउनबाट सिपाहीहरू बन्चित भएका छन्। गत आर्थिक बर्षमा सामान आपूर्ति गर्नका लागि ठेक्का पाएकाहरूले २०७० मंसिर मसान्तसम्म बुझाइसक्नुपर्ने थियो। एकातिर सशस्त्र प्रहरी बलका आइजीपी कोषराज वन्त, एसएसपी चिरन्जीवी अधिकारी र एसपी श्यामकाजी कुँवरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरी अकूत सम्पत्ति आर्जन गरेकोमा अनुसन्धान गरिरहेको छ भने अर्कोतिर ठेकेदारहरूले समयमा सामान आपूर्ति नगरेपछि अर्को कारबाही होला भनेर हतार हतार आर्थिक प्रशासन महाशाखाका प्रमुख नारायणदत्त पौडेल र प्रबन्ध शाखाका डीएसपी प्रमोद रायले दैनिक जरिवाना तिराउने निर्णय गर्न लागेको समाचार छ। आइजीपी वन्तकै निर्देशनमा प्रबन्धले सामान उपलब्ध नगराउने ठेकेदारहरूलाई दैनिक जरिवाना तिराउने निर्णय गर्न लागेको छ। गत आर्थिक बर्षमा सशस्त्रले बुट, कटन पाइन्ट र सर्ट, उलन पाइन्ट, जर्सीलगायतका सात वटा सामान आपूर्ति गर्न टेण्डर

‘मोक्ष’लाई अष्ट्रेलियाबाट ११ लाख

                    शुक्रबारबाट प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षित चलचित्र ‘मोक्ष’ले ओभरसिजबाट नै राम्रो कमाई गरिरहेको छ । यसअघि आखीझ्याल नामक कम्पन्नीसँग ‘मोक्ष’का निर्देशक प्रविण श्रेष्ठले ८ लाखमा अष्ट्रेलिया राइट्सको मौखिक कुरा मात्र गरेका थिए । 
                        तर सोलाङचरले ११ लाख दिएपछि निर्माता सुनिल मानन्धरले खुशी हुँदै यही रकममा सहमती गरेको जनाएका छन् । ‘मोक्ष’ अष्ट्रेलियामा ११ लाखमा विक्री भएको उनको तर्क छ । 
                                निर्देशक प्रविण श्रेष्ठकै जीवनीमा तयार भएको यो सिनेमाले यतिबेला प्रशंसक र समिक्षकहरुको ताली मात्र पाइरहेको छ । जसबाट हौसिएर निर्माता सुनिल मानन्धरले सोमबार जय नेपाल हमाल विशेष शो पनि राखेका थिए । 
                      वेनिशा हमाल, कोशिश क्षेत्रीको मुख्य भूमिका रहेको सिनेमाका गीतसंगीत, कथावस्तु, प्रस्तुती, सम्पादन र निर्देशकको चर्चा चुलिएको छ । सिने नगरीका अधिकांश चलचित्रकर्मीले पनि अहिले ‘मोक्ष’लाई खुलेरै प्रशंसा

झलनाथ हारेपछि माधवको भारत भ्रमण लम्बियो

                काठमाडौ माघ २२ – काँग्रेसमा सुशील कोइराला संसदीय दलको नेतामा चयन भएपछि भारतले माधवकुमार नेपाललाई भारतीय भ्रमणको निमन्त्रणा दिएको थियो । नेपालको राजनीति आफ्नो हातबाट गुम्दै गएको भनेर माधव नेपाललाई अघि सार्नका लागि भारतले नेपाललाई औपचारीक भ्रमणमा बोलाएको थियो तर यता भारत उड्नुअघि एकदिन अगाडि झलनाथ खनाल संसदीय दलको नेतामा पराजित भएपछि माधव नेपालको भ्रमण दुईदिन लम्बिएको छ । 
                     फरवरी ५ तारिखका लागि तय भएको भारत भ्रमण अब फरवरी सात तारेखका लागि सारिएको भारतीय दुतावास स्रोतले जनाएको छ । यद्यपी माधव नेपालसँग जाने केही नजिकका मानिस तथा भतिजो समीर नेपाल माधव नेपालको गुन्टागुन्टी लिएर आजै नै २ बजेको फलाइटबाट दिल्लीका लागि उड्न लागेको हो । भारतले शेरबहादुर देउवालाई संसदीय दलको नेता बनाउन चाहन्थे, तर सोच उल्टा भएपछि माधव नेपाललाई बोलाएको छ । माधव नेपाल निकट एक स्रोतले भने, भारतमा त्यहाँ प्रधानमन्त्री मनमोहन सिंह, सोनिया गान्धिलगायत अन्य वरिष्ठ नेताहरुलाई भेट्ने तय भएको छ । झलनाथ खनाल संसदीय दलको नेतामा आउने पक्का पक्की भएपनि राता रात के.पी. ओली नेता बनेपछि दुःखी भएका माधव नेपालले भारत भ्रमण लम्ब्याइएको बताइन्छ । हुन त एमालेमा चुनाव

संसदमा प्रधानमन्त्री चयनका विषयमा छलफल हुने

             २२ माघ, काठमाडौं । व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । दिउँसो १ बजेपछि संविधानसभा भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री चयनको लागि औपचारिक प्रक्रिया सुरु गर्ने विषयमा छलफल हुनेछ ।
                      आज बस्ने बैठकमा बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन गर्न राष्ट्रपति कार्यालयले पठाएको पत्रलाई पढेर सुनाईने र सोही विषयमा छलफल हुने संसद सचिवालयले जनाएको छ । यसअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले आगामी माघ २७ गते प्रधानमन्त्री चयनका लागि निर्वाचन गर्ने निर्णय गरेको छ । सोही निर्णयका आधारमा