bharat-dahal० निर्वाचन हुन्छ भन्ने लागेर नै पार्टी दर्ता गर्नुभएको होला नि?  
            – निर्वाचन हुने सम्भावना एकदम कमजोर छ। भयो भने पनि बाहिरी शक्तिकेन्द्रको अनुकूलतामा हुने हो। चुनावमा जानैपर्ने स्थिति आयो भने आफ्ना कुरा जनताबीच लैजाने माध्यमका रूपमा कुनै पार्टी चाहिने भएकाले निर्वाचन आयोगमा पार्टी दर्ता गरेका हौं। पार्टी दर्ता गर्नुको अर्थ निर्वाचनमा भाग लिनै पर्छ भन्ने होइन।
० निर्वाचनमा भाग नलिन पनि सकिन्छ?
          – हो, नजान पनि सकिन्छ। भोलि हत्या र हिंसाका बीचमा चुनाव गराउने प्रयास भयो र आधा जनमतलाई पाखा लगाएर अवाञ्छित गतिविधि गरियो भने त धेरै नै सोच्नुपर्ने हुन्छ।
० कम्युनिस्ट पार्टीहरूले पञ्चायतकालमा संगठनलाई भूमिगत राख्नु स्वाभाविक मानिन्थ्यो। अहिले पनि पञ्चायतकालको जस्तै स्थिति छ र?
          – पञ्चायतकालमा जस्तो दमन हुने कारणले पार्टी गोप्य राखेका होइनौं। ३०/३५ वर्षको कम्युनिस्ट आन्दोलनको अनुभव हेर्दा मैले के देखें भने– ‘भन्दाखेरी साम्यवाद, समाजवाद,  निर्वगीयता आदि इत्यादि धेरै आदर्शवादी मानवतावादी कुरा गर्ने तर चरित्र चाहिा औसत मान्छेको जस्तो पनि नहुने।’ यो समस्या सबैतिर देखियो। कांग्रेसमा लाग्नेहरू जतिको चरित्रस्तर पनि देखिएन। एकदमै ढोंग, पाखण्ड, देखावटीपन। कम्युनिस्ट पार्टीभित्र अत्यन्तै ठूलो विकृति देखियो। हामी यो विचारप्रति विश्वास रहादासम्म त्यसको मूल्य मान्यतालाई ‘मेन्टन’ गर्ने हो। त्यसको निम्ति हामी एउटा आचारसंहिता, मापदण्ड, विधि र प्रक्रियासहितको पार्टी बनाउादैछौं। ‘हाम्रो पार्टीभित्र लाग्ने मान्छे हेर्दै र बोल्दैमा औसत मान्छेभन्दा भिन्न देखियोस्’ भन्ने ढंगको संगठन निर्माण कसरी गर्ने भन्ने सोचतर्फ हामीले धेरै छलफल गर्‍यौं। पार्टीमा मान्छे आउाछन्, आएको मान्छेलाई नबस भन्न पनि नहुने, सिधै कम्युनिस्ट पार्टीमा राख्दा हामीले सोचेको चरित्रको पार्टी बन्न नसक्ने स्थिति उत्पन्न हुने अवस्था पैदा भएकाले निर्वाचन आयोगमा दर्ताका लागि अलग संगठन बनाउन बाध्य भएका हौं। हामील्ााई सहयोग र समर्थन गर्न आउने सबै मान्छेलाई राख्ने ठाउाका रूपमा हामीले त्यो मञ्च बनाएका हौं।
० २०५५ सालमा जतिबेला माओवादी जनयुद्ध सफलतातर्फ उन्मुख थियो, त्यतिबेला के कुरामा विमति जनाएर पार्टी छाड्नुभयो?
             – पार्टीमा मैले आफ्ना विमति धेरै अघिदेखि राख्दै आएको थिएा, २०५५ सालमा मात्र एक्कासि उब्जेको होइन। २०४७/२०४८ तिरै जब एकता केन्द्र बन्यो, उतिबेलादेखि नै मेरा आफ्ना विमतिहरू थिए। कतिपय लिखित थिए, कतिपय अलिखित। नेतृत्वमा रहने व्यक्तिहरूको पेसा, दैनिक जीवन प्रणाली, चाप्लुसी, चाकडी खोज्ने, निरकुंशता लाद्न खोज्नेलगायतका खराब चरित्र अहिले एक्कासि उत्पन्न भएका पनि होइनन्, त्यतिबेलैदेखि थिए। त्यो चरित्रसाग सधंैभरि मेरो विमति भयो। मैले सुरुदेखि नै जनादेशमा लेखहरूमार्फत आफ्ना अवधारणा बाहिर ल्याएा। पार्टीभित्र व्यक्तिलाई प्राधिकार मान्ने नमान्ने भन्ने बहस अहिले पनि छ। एउटा व्यक्तिलाई नेतृत्व मान्ने अनि व्यक्तिले लिएको पदलाई संस्था भन्ने यो अवधारणाले कम्युनिस्ट आन्दोलनलाई निरंकुश बनाउादै लग्यो।
० व्यक्तिलाई प्राधिकार बनाउने सोच प्रचण्ड महासचिव बन्नुभन्दा अगाडि पनि थियो?  
         – पार्टीभित्र थिएन, तर बहस भने थियो। चारु मजुमदारको विषयमा बहस थियो। त्यहाा उनलाई प्राधिकार घोषणा गरिएको थियो। जस्तो, गोन्जालो विचारधारा आयो, त्यो विषयमा पनि बहस भयो। मार्क्सवाद, लेनिनवाद, माओवादसागै गोन्जालो विचारधारालाई जोड दिइएको विषयमा पनि पार्टीभित्र बहस भयो।
० प्राधिकारको नक्कल कहााको हो?  
            – प्रचण्डले गोन्जालोको नक्कल गर्दै आफूलाई प्राधिकार घोषणा गरेका हुन्। हामीले विद्रोह गरेर सबै विकृति बाहिर ल्याएपछि उनी एक कदम पछि हटेका हुन्। माओवाद नामाकरण त्यही कारणले गरिएको हो। त्यो माओवाद हो कि होइन भन्ने बहस भएर होइन कि माओत्से तुङको योगदानलाई माओवाद भनिदिएपछि विचारधारा भन्ने ठाउा त खाली हुने भयो अनि त्यहाा ‘प्रचण्ड विचारधारा’ भर्ने उनको तयारी थियो र त्यसलाई छलफलमा पनि लगिसकेका थिए।
० ‘प्रचण्ड विचारधारा’ राख्ने तयारी प्रचण्डले गरेको कहिलेदेखि हो?  
             – प्रयास त उनले आफू महासचिव बन्दादेखि नै गरेका हुन्। २०५४ सालमा नेतृत्वको केन्द्रीकरणको नाममा आफूलाई अघोषित रूपमा प्राधिकार बनाए। सेना, मोर्चा, पार्टी तीनवटैको शक्ति आफ्नो हातमा केन्द्रित गर्ने र आफूलाई प्रचारमा लैजाने अभियान सुरु भयो। फोटो सार्वजनिक गर्ने निर्णय पनि २०५४ सालमै भएको हो। त्यो सबै कुरा हामीले २०५५ सालमा खोल्यौं। त्यसपछि २०५७ सालमा ‘प्रचण्ड विचारधारा’ बाट पछि हटेर प्रचण्डपथमा गए। अलिकति घुमाउरो हिसाबले उनी प्रचण्ड विचारधारामै जान खोजेका हुन्। २०५३ सालदेखि मैले लिखित रूपमा यो विमति राख्न सुरु गरें। बीचमा साह्रै अन्तर्विरोध चर्केपछि २०५४ मा मलाई मोहन वैद्यजीले काठमाडौं बोलाउनुभयो। मोहन वैद्य, कृष्ण सेन, नारायण शर्मा, महेश्वर दाहाल, गोविन्द आचार्य बसेर छलफल गर्‍यौं। यो सबै टिम मेरै पक्षमा थियो। मोहन वैद्यजीको भनाइ थियो–’यो विवादमा तपाई ठीक ठाउामा हुनुहुन्छ भन्ने हामीले बुझेका छौं, तर संगठनको मामिला हेर्न मलाई आउादैन, एकचोटि प्रचण्डसाग भेट्ने वातावरण मिलाएर विवाद टुंग्याउनोस्, तपाईको विरोध गर्नेहरू बेठिक हुन्।’ त्यसपछि २०५४ सालमा प्रचण्डसाग लखनउमा भेट्ने तय भयो। म लखनउ गएा। बाबुराम भट्टराईलगायत धेरै मान्छेहरू त्यहाा थिए। बाबुराम–प्रचण्डहरू भारतको सरकारी गेस्ट हाउसमा बसेका थिए। कृषि मन्त्रालयअन्तर्गतको गेस्ट हाउसमा सुरक्षागार्डसहित बस्ने प्रबन्ध मिलाइएको रहेछ। त्यहाा तीन दिन बसें। फर्कने बेलामा प्रस्ताव राख्दै भनें– ‘नेपाल छाडेर तपाई मसागै बस्नुपर्ने भयो, मलाई राजनीतिक सरसल्लाह दिने मान्छे भएन।’ त्यसपछि उनले भने– बादलको विरुद्ध तपाईले एउटा लेख पनि नलेख्दा देशभरि भ्रम सिर्जना भयो। दाहालजी यस विषयमा किन बोल्नुभएन भन्ने कुरा ठाउाठाउाबाट उठ्यो। तपाईले एउटा लेख लेख्नुपर्‍यो भनेर उनले घुमाउरो पाराले सर्त राखे। मैले त्यसलाई ठाडै इन्कार गरिदिएा। ‘तपाई महासचिव हुनुहुन्छ, अहिले तपाईले भनेको गरिदिउा, भोलि अर्काे महासचिव हुन्छ, त्यसले तपाईविरुद्ध लेख्न लगाउला। म कठपुतली होइन, मेरो विवेकले बुझेको कुरा लेख्ने हो, ‘बादलको विरुद्धमा तपाईले भनेअनुसार लेख्दिना’ भनेर प्रचण्डलाई भनिसकेपछि उनीसाग मेरो सम्बन्ध टुट्यो।
० त्यसबेला प्रचण्डसागै कति दिन बस्नु भो लखनउमा?
           – तीन दिनपछि त म हिाडिहाले। सरकारी गेस्ट हाउस भएकाले बस्ने खाने सुविधा राम्रै रहेछ, सुरक्षा प्रबन्ध पनि राम्रै थियो। त्यहााबाट फर्किसकेपछि लगभग एक वर्ष मेरो उनीसाग सम्पर्क भएन। त्यसपछि हामीले सरसल्लाह गर्‍यौं, बादलको केस भयो, यानप्रसाद गौतमका कुराहरू पनि आइरहेका थिए। पार्टीभित्र आफ्नो आलोचना गर्ने मान्छेहरूलाई प्रचण्डहरूले मार्दैछन्, राम्रै मान्छेहरू पनि मार्दैछन् भन्ने कुरा बाहिर आउन थाले। ‘त्यसपछि यो अपराधलाई बाहिर लैजान सकिएन भने यिनले धेरै ठूलो नोक्सानी गर्छन्, त्यसकारण हामी निस्कनुपर्छ। एक त यिनीहरूले हामीलाई अब काम गर्न दिने पनि छैनन्’ भन्ने निष्कर्षमा हामी पुग्यौं।
० तपाईले पनि असुरक्षित भएको महसुस गर्नुभयो?  
               – मलाई त किलो शेरा टुको घेराबन्दीमा पार्न बााके, बर्दियामा दुईपटक प्रयत्न गरियो। पूर्वतिर आलोकहरूले आफ्नै पार्टी कार्यकर्ता मार्न थाले भन्ने कुरा आयो। पश्चिमतिर त्यस्तो माहोल नभएकाले सिधै मार्न सक्ने कुरा भएन। मलाई कार्यक्षेत्र दाङबाट बर्दिया सारिदिए। साउन–भदौको महिना छ। प्रहरीको किलो शेरा टु अपरेसन चलेको छ, पौडी खेल्न आउादैन, त्यत्रो खोलानाला। मलाई अनावश्यक रूपमा दुईपटक बााकेमा बोलाइयो। दुई दिन हिाडेर आए, तर काम केही छैन। यसो भेटघाट गरौं भनेर खबर गरेको हो भन्छन्। हामीले सबै छलफल गर्दा के बुझ्यौं भने– ‘यिनीहरूले पुलिसको घेरामा हालेर मराउने कोसिस गरिरहेका छन्।’ आफूले नमार्ने, पुलिसको घेराबन्दीमा पारेर सिध्याइदिने योजनामा आफ्नै पार्टीका नेता लागेपछि अब चाहिा धेरै बस्न हुादैन भन्ने सरसल्लाह भो। हामी चार/पााच जिल्लाका साथीहरू जति सम्पर्क हुन सक्थ्यौं, २०५५ सालमा पार्टी छाडेर काठमाडौ आयौं।
० त्यसपछि वैद्यजीसाग भेट भएन?  
              – त्यो बेलासम्म वैद्यजीको कार्यक्षेत्र काठमाडौंमै थियो। भारत गइसक्नुभएको थिएन। बादलजीले त विरोध नै गर्नुभएको हो। हेडक्वाटरको निर्णय भनेर वैद्यजी र बादलजीलाई पनि जबर्जस्ती नै भारत लगेका हुन्। किनभने प्रचण्ड र बाबुराम त कुरो मिलाएर उतै बसेका थिए। बादलजी र पम्फाजीबीच घटना घटिसकेपछि बादलजीमाथि भर्खरै कारबाही गरेको स्थिति थियो। कारबाही पर्नुभन्दा थोरै अगाडि मात्रै उहाालाई तानेर भारत लगिएको थियो।
० तपाईको प्रचण्डसागको चिनजान कहिलेदेखि हो?  
              – २०४५ सालदेखि हो। त्यो भन्दा अगाडि पत्रिकामा मेरो र उहााको ठूलो विवाद भयो। म जेलमा भएकै बेला २०४२ सालमा पार्टी फुट्यो। मोहनविक्रम र वैद्यको पक्ष अलग–अलग भयो। म जेलमै भएको हुनाले जेलमा रहेकाले कुरा नबुझ्दासम्म मोहनविक्रमसाग मिल्दाजुल्दा विचारका लेखहरू मैले लेखें। उनले प्रमोदको नामबाट मेरा लेखहरूमाथि काउन्टर दिन थाले। म जेल हुादा मेरोविरुद्ध उनले र उनका विरुद्ध मैले लेखेका लेखहरूको संख्या करिब आठ/दसवटा भयो। तर प्रत्यक्ष चिनजान थिएन। जेलबाट छुटिसकेपछि दुई/चार महिना यसो बाहिरै हिाडियो। त्यसपछि फेरि मोटो मशालतिर काम गर्न थालें। चितवनमा आयोजित विस्तारित बैठकमा प्रचण्डसाग भेट भयो २०४५ सालमा। २०४५ देखि मैले शक्ति लम्सालको टिममा बसेर योजना साप्ताहिक चलाउन सुरु गरें। त्यो टिममा महेश्वर दाहाल, ईश्वरी दाहाल, सुरेश आले पनि हुनुहुन्थ्यो। त्यो बेला प्रकाशन विभाग हेर्ने जिम्मा थियो मलाई। त्यसपछि प्रचण्डसाग नियमित भेट हुन थाल्यो। प्रचण्ड पाटन बस्थे। पत्रिकाको विषयमा अरु प्रकाशनको विषयमा छलफल गर्न झन्डै झन्डै दैनिक रूपमा पाटनढोकामा हाम्रो भेट हुन्थ्यो। त्यो क्रम २०५० सालसम्म चल्यो। बाबुरामले जनादेश दर्ता गरेपछि ‘योजना’ बन्दा गर्ने निर्णय पार्टीबाट भयो। जनादेश पनि पहिलोपटक मैले नै सुरु गरेको हो। ६ वर्षको अवधिमा प्रचण्डको सबैभन्दा ठूलो आकांक्षा मैले पर्याप्त बुझेको थिएा।
० कहिलेदेखि विश्वासको संकट पर्‍यो?
               – २०५२ कात्तिकमा रोल्पामा राप्ती अञ्चलस्तरको प्रशिक्षण भएको थियो। त्यो प्रशिक्षणबाट फर्केर हामी सााझ कृष्णबहादुर महराको घरमा बस्न आउादै थियौं। त्यसमा प्रचण्ड थिए, महरा थिए, अरु केही साथीहरू पनि थिए। जनयुद्धको व्याख्या गर्ने दौरानमा प्रचण्डले बाटोमा भने– ‘रोल्पाका सोझालाटा मगरहरू, लड्ने भिड्ने, यिनको त सयौं वर्षदेखिको संस्कार नै रहेछ। लड्ने भिड्ने भनेको त यिनका लागि मामुली कुरा हो। त्यसमा हामीले राजनीतिको रंग मिसाइदिनुपर्छ, त्यति भए जनयुद्ध उठ्न कत्ति पनि समस्या हुन्न।’ उनले अत्यन्त उपयोगितावादी कोणबाट कुरा गरे। कसैको परम्परा, संस्कार अथवा त्यसभित्र भएका विकृतिलाई प्रयोग गरेर मान्छे लडाउने गरी जनयुद्धलाई बुझ्ने उनको जुन चरित्र विकास भएको रहेछ, त्यो सुनेपछि साथीहरूबीच छलफल भयो– ‘यो खतरनाक मान्छे हो, यसले क्रान्तिको नेतृत्व त परै जाओस्, ठूलो प्रतिक्रान्तिीकारी कदम उठाउन सक्छ भन्ने निष्कर्ष निस्कियो।’ जनताको इतिहास निर्माता हो भने उसले जनतालाई पाठ पढाउने शिक्षा दिने काम गर्छ, प्रतिक्रान्तिकारी हो भने ठ्याक्कै पशुलाई जस्तो प्रयोग गर्ने कुरा मात्रै गर्छ। तसर्थ, यो मान्छे ठीक होइन भन्ने निष्कर्षमा हामी पुग्यौं। त्यो दिनदेखि प्रचण्ड कम्युनिस्ट पार्टीको नेतृत्व गर्न लायक मान्छे हुन् भन्ने जति पनि अवशेष थियो, त्यही दिनदेखि सबै समाप्त भयो। तर पार्टी छोड्नका निम्ति परिवेश बनेको थिएन। कारणहरू तयार भइसकेका थिएनन्। विदेशीसाग सााठगााठ गरेर भयंकर ष्डयन्त्रका साथ उनी आएका रहेछन्, तर त्यसबेला यतिसम्म अनुमान चाहिा भएन। हामीलाई केसम्म अनुमान थियो भने– ‘महत्त्वाकांक्षी व्यक्ति हुनाले आफ्नो स्वार्थसिद्धिका निम्ति यो मान्छेले भोलि जस्तोसुकै घात गर्न पनि सक्छ।’
० यो खतरनाक कुरा बुझ्दा बुझ्दै वैद्यजी पनि किन प्रचण्डको महत्त्वाकांक्षा पूरा गर्न त्यत्रा मान्छेहरूको बलि दिन तयार हुनुभयो?  
               – सुनुवाइ गर्नुपर्ने मान्छे जुन ठाउामा बसेको छ, त्यसले कुरा नसुन्दा अथवा त्यसलाई गम्भीरतापूर्वक नलिादा नै यत्रो क्षति भएको हो। वैद्यजीको अर्काे समस्या पनि छ– ‘कसैलाई विश्वास गर्‍यो भने अति नै विश्वास गर्ने।’ उहााको दोस्रो समस्या हो–’कलिकति जटिल खालको मामिलामा उहाा पर्सनलवादी भइदिने। समाज र राजनीति भनेको त एकदमै जटिल हुन्छ। सयौं खालका अन्तर्विरोध जेलिएका हुन्छन्। त्यो सबैसाग उहाा मुछिन नचाहने। पन्छिन चाहने। तेस्रो समस्या– बहकिने, फकिने। प्रचण्डमा मान्छेलाई बहकाउने र फकाउन सक्ने असाध्यै ठूलो चतुर्‍याइा रहेछ। वैद्यलाई दाइ भनिदिने, उस्तै परे रुने, खुट्टै पनि मालिस गरिदिने, खानपिन गर्ने, यति गरिसकेपछि वैद्य बहकिने, प्रफुल्ल हुने। गलत भन्ने बुझ्दा बुझ्दै पनि पग्लने। वैद्यजीको भावनात्मक पक्ष अलि करुणावादी छ।
० त्यसो भए वैद्यजीमा ‘फस्ट म्यान’ भएर नेतृत्व गर्ने क्षमता छैन?  
                   – मलाई त्यही लाग्छ। सैद्धान्तिक दर्शन, संस्कृति, साहित्य दर्शनको मूलभूत सिद्धान्तमा उहााको कतै पनि भ्रम देख्दिना। तार्किक मान्छेलाई सरल रेखामा डोर्‍याउाछ। उहाा तर्कका आधारमा अलि सरल रेखामा हिाड्न खोज्ने मान्छे। तेस्रो, व्याख्या गर्नसक्ने क्षमता हुादाहुादै पनि मोहन वैद्यजीले  जनयुद्धकालाम के लेखिदिनुभयो भने– ‘एसियाको तेस्रो ठूलो दार्शनिक प्रचण्ड हुन्।’
० वैद्यजी र मोहनविक्रम एकै ठाउाका मान्छे, होइन?  
        – ३० को दशकको उत्तरार्द्धपछि केही घटनालाई लिएर वैद्यजी र मोहनविक्रमबीच सम्बन्ध बिग्रियो।