म्याग्दी २०७० पुष १८ । नेकपा–माओवादी म्याग्दीले आगामी फागुन महिनामा जिल्ला सम्मेलन गर्ने भएको छ । बेनीमा बुधबार बसेको जिल्ला समितिको बैठकले सम्मेलनपूर्व ईलाका, गाँउ, वडा र सेल कमिटिहरुको भेला गर्ने निर्णय पनि गरेको छ
बिहीबार बेनी स्थित पार्टी कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जिल्ला सचिव रेशम जुक्जाली (सुविन)ले सम्मेलनको मिति पछि तय गरिने बताउनुभयो ।
यसैगरी नेकपा माओवादी म्याग्दीले स्थानीय निकायमा राजनितिक सभा र संबिधानसभा दुवै शक्तिको बराबरी हकदावी गर्दै सरकारी निकायले गर्ने सार्वजनिक कार्यक्रममा बिपक्षि बेञ्च लिने निर्णय भएको छ ।
जिल्ला ईञ्चार्ज गमबहादुर श्रीसको अध्यक्षता र बैकल्पीक केन्द्रिय सदस्य धु्रब घिमीरेको उपस्थितीमा बसेको बैठकले संबिधानसभा निर्वाचन बहिस्कार अभियानको समिक्षा गर्दै संघर्षका कार्यक्रमलाई प्राचारात्मक रुपमा अघि बढाउने निर्णय गरेको छ । बैठकले फागुन