Wednesday, July 23, 2014

प्रियंका चोपडासँग सुनिल थापाको गज्जबको केमेष्ट्री

                संभवत, नायिका मनिषा कोइरालापछि बलिउडमा आफ्नो दरिलो उपस्थिती जनाउने अर्का नेपाली कलाकार सुनिल थापा नै हुन् । सुनिल थापाको मुख्य भूमिका रहेको चलचित्र ‘मेरी कोम’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा सुनिल थापा र नायिका प्रियंका चोपडाको मुख्य भूमिका देख्न सकिन्छ । भारतकी

‘लोग्ने मान्छे’ को घोषणामा हिरोइनको ‘हट पोज’

                               निर्देशक लय संग्रौलाले आफ्नो सपनाको सिनेमा भन्दै ‘लोग्ने मान्छे’को काम थालेका छन् । विशुद्ध पारिवारिक चलचित्रमा दीलिप रायमाझी, नन्दिता केसी, अनिशा गुरुङ, वालदिप राई, धु्रव कोइराला लगायतका कलाकारको अभिनय रहनेछ । चलचित्रमा कथा, पटकथा, संवाद तथा गीत पनि संग्रौलाकै रहेको छ । 
                   चलचित्रको निर्माण प्रदिप मित्तलले गर्न लागेका हुन् । चलचित्रको निर्माणमा मदनगोपाल सुब्बाले पनि साथ दिनेछन् । सिनेमा घोषणा कार्यक्रममा उपस्थित कलाकार अनिशा गुरुङको पहिरनमा धेरैको ध्यान गयो । उनकै कारणले निर्माणपक्षले एक घन्टा ढिलो कार्यक्रम सुरु गरेको थियो । यसअघि ‘विन्दास २’मा आफ्नो गोप्य अंग सिनेमाको प्रदर्शन मिति र नामले छोपेकी यी कलाकारले ‘लोग्ने मान्छे’को पत्रकार

मोदीको दर्शनका लागि पशुपतिमा तयारी सुरु

              काठमाडौं, साउन ७ – पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रलाई प्लास्टिक मुक्त बनाउने उद्देश्यले विशेष सरसफाइ अभियान सुरु गर्ने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा पशुपतिनाथको दर्शनसमेत गर्ने कार्यक्रम रहेकाले पनि प्रारम्भिक चरणमा पशुपति क्षेत्रको सरसफाइमा ध्यान दिन लागिएको कोषका सदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिएका छन् । मोदी आउने औपचारिक जानकारी नआए पनि अनौपचारिक खबरका आधारमा सरसफाइ कार्यक्रमलाई अगाडि बढाइएको उनले उल्लेख गरे । सरसफाइका क्रममा पशुपति क्षेत्रलाई पूर्णरुपमा प्लास्टिक निषेधित क्षेत्रका रुपमा स्थापित गर्ने उद्देश्यले अभियान सुरु गर्न लागिएको छ । कोषले यसअघि नै पशुपति क्षेत्रलाई प्लास्टिक निषेधित क्षेत्र घोषणा गरेपनि अहिलेसम्म पूर्णरुपमा कार्यान्वयन हुन

मोदीको उदय नेपालका लागि खतरा : वैद्य माओवादी

नरसंहार गरेको भन्दै इजरायलको निन्दा
        ७ साउन, काठमाडौं । नेकपा-माओवादीले भारतमा सरकारको नेतृत्व गरिरहेको भारतीय जनता पार्टी साम्प्रदायिकतावादी शक्ति भएको बताएको छ । बैद्य माओवादीको केन्द्रीय समितिको हालै सम्पन्न बैठकले भाजपा सरकार नेतृत्वमा आएपछि नेपालमा थप नकारात्मक असर पर्ने ठहरसमेत गरेको छ । माओवादी बैठकको निर्णयमा भनिएको छ- ‘दक्षिण एशियाली क्षेत्रमा भारतको विस्तारवादी उत्पीडन बढ्दै गएको छ र भाजपा जस्तो साम्प्रदायिकतावादी शक्ति सरकारमा आएको छ । यसबाट एकातिर नेपालमा थप नकारात्मक प्रभाव पर्ने र अर्कोतिर यस क्षेत्रमा अमेरिकी साम्राज्यवादको प्रभाव अझै फैलने प्रवल सम्भावना देखिन्छ ।’ बैद्य माओवादीले