Thursday, April 3, 2014

नांगैं गाडी हाँक्दा प्रहरीको खोरमा

                   रक्सी खाएर गाडी चलाएको, एकदम खतरनाक तरिकाले गाडी चलाएको कुरा त सुनिएको होला। तर, कसैले नागैं गाडी चलाएको सायद नसुनिएको हुनसक्छ। डेलीमेल खबरका अनुसार, नाम नखुलाइएको यी व्यक्तिले बेलायतको सडकमा नांगो भएर गाडी चलाएपछि प्रहरीले पक्राउ गरेको हो। प्रहरीको रोक्ने आदेश दिँदा पनि नरोकी चलाएपछि प्रहरीको ६ वटा गाडीले उसलाई पिछा गरेको थियो। त्यति मात्र नभएर उसलाई समात्नको लागि हेलिकप्टर समेत प्रयोग गर्नुपरेको थियो। २१ बर्षीय यी युवकले सवारीधनीको अनुमतिबिना नांगो भई ह्वाइट फोर्ड गाडी चलाएको आरोपमा पक्राउ

ग्रान्डी नजाने माधव दिल्ली किन पुगे ?

              २१ चैत काठमाडौ । एमाले संसदीय दलका नेता केपी शर्मा ओलीलाई भेट्न अर्का नेता माधवकुमार नेपाल नयाँदिल्लीसम्म पुग्नुलाई निकै अर्थपूर्ण मानिएको छ। नेपाल गत आइतबार (चैत १६) काठमाडौंबाट दिल्ली प्रस्थान गर्नुभएको र उहाँ नयाँदिल्लीस्थित विमानस्थलबाट ओलीलाई भेट्न सोझै मेदान्त अस्पताल जानुभएको थियो। गत महिना काठमाडौंको ग्रान्डी अस्पतालमा उपचारार्थ भर्ना हुनुभएको ओलीलाई भेट्न नचाहेका नेपालले ओलीको रोगमाथि व्यङ्ग्य गर्दै बिरामीहरूको हातमा पार्टी जान नहुने सार्वजनिक टिप्पणी गर्नुभएको थियो। ओलीको स्वास्थ्यस्थिति विचार गरी ग्रान्डी अस्पतालमा राखिएको पार्टीको उच्चस्तरीय बैठकसमेत माधव नेपालले बहिष्कार गर्नुभएको थियो। ग्रान्डी हस्पिटलमा बैठक राखिएकोमा गम्भीर आपत्ति जनाउनुभएका नेपालले एमालेको अर्को एक बैठकमा आक्रोशित हुँदै भन्नुभएको थियो, ‘पार्टी बैठक ब्रान्डी होटलमा राख्ने? पार्टीलाई के गराउन खोजेको तपाईंहरूले?’ त्यसरी आक्रोशित बनेका माधव

मान्य सदस्यको मितेरी गाउ बजारमा

                    २१ चैत काठमाडौ । कलाकारीताको क्षेत्रमा अगाडि रहेको नाम हो कल्याण राई । वरिष्ठ कलाकार राईको परिचय यतिले मात्र पुरा हुन्न, नामको पछाडि रहेको नाम हो (मान्य सदस्य) । मेरी बास्सै टेलिसिरियलमा मान्य सदश्यको भुमिकाद्धरा दर्शकहरुमा लोकप्रिय भएका राईले आफ्नो १२ एल्वम मितेरी गाउ, जिरी रुम्जाटार बजारमा ल्याएका छन् । हामै लेक बेसि डाडापाखा पखेरीमा गुञ्जिने भाकाहरु एल्वम मितेरी गाउ, जिरी रुम्झाटारमा समावशे गरिएको छ । उडन्ते फिरन्ते गित संगित नभई आफ्नै मौलिक पहिचान सहितको लोक संगितहरु सृजना हुनुपर्छ भन्ने मान्यता कल्याण राईको रहेको छ । विगत १७ वर्ष मकवानपुर सिम भञ्ज्याङ बसिफाट माविमा शिक्षण पेषामा आवद्ध राईले अहिले सम्म गायका गितहरु चर्चा र गाउबेसिहरुको भाका झल्किएको पाईन्छ । यो एल्वम भन्दा अगाडि आएको गितहरु बेसि सालघारी, हमिाल चुली, बर्खे भाका, हाम्रै रुम्झाटार र अहिले बजारमा आएको एल्वमको गिता जिरी मालि गाउ चर्चा र अजम्वरि गितहरु रहेको छ । एल्वमका गितहरु स्वर, संगित र शब्द रहेको छ, भने रामदेवि गुरुङ, टिका शेर्पा, सरला राई र राजेन्द्र स्याङ्बोको
स्वर समावेश गरिएको छ । केहि समय अगाडि एनसेलको विज्ञापनमा अल नेपाल छाएका वरिष्ठ कलाकार राईले गितसंगितमा संर्घस गरेका दिनहरु सम्झिए, आफ्ना ३–४ ओटा एल्वम निकाल्दा सम्मपनि धेरैभन्दा धेरै दुखहरु गरेर निकालेको बताए । राईले भने ‘–त्यसबेला दुखमापनि गित संगितलाई निरन्तरता दिए र अहिले त्यो निरन्तरता सफल सावित
भएको छ । र अहिलेपनि निरन्तरताको क्रम जारी नै छ । मेरो सास रहुञ्जेल मेरो गित संगित तथा कलाकारीतामा निरन्तरता

चल्नुअघि नै साहरुखको सिनेमालाई २ सय करोड

srk-and-dipika              २०७० चैत २० गते साहरुख खानले आफूलाई फेरि एकपटक बलिउडको बादशाहको रुपमा चिनाएका छन् । उनले निर्माण गरिरहेको चलचित्र ‘ह्याप्पी न्यू ईयर’ले प्रदर्शन अघि नै २ सय करोड कमाइसकेको छ । चलचित्रलाई यशराज कम्पनीले १२५ करोडमा विश्वव्यापी वितरणको जिम्मा लिइसकेको छ । केही दिन अघि मात्र यशराज कम्पनी र साहरुखको रेेड चिल्ली विच यस्तो संझौता भएको हो । यसैगरी सिनेमाको टेलिभिजन प्रदर्शन अधिकार ‘जी मिडिया ग्रुप’ले ६५ करोडमा किनिसकेको छ । यसअघि साहरुखकै ‘चेन्नई एक्सप्रेस’लाई पनि यही कम्पनीले किनेको थियो । टी-सीरिजले यो चलचित्रको म्यूजिक अधिकार

पैसाको पछि लागेपछि केकीले छोडिन् अशक्त सुवासलाई

keki-and-subash               २०७० चैत २० निर्देशक तथा संचारकर्मी सुरज श्रेष्ठ भिडियोमा केही नयाँ गर्न रुचाउँछन् । सुमन कुमारको ‘बिहानी २’ एल्बममा समावेश ‘गल्ती गरेछु मैले’ बोलको गीतको म्यूजिक भिडियो उनले हालै मात्र तयार पारेका छन् ।
                यसैक्रममा काठमाण्डौमा आयोजना भएको भिडियो सार्वजनिक कार्यक्रममा सुरजले प्रशंसा पाए । उनलाई संचारकर्मीदेखि संगीतकर्मीहरुले वधाई दिएका थिए । भिडियोमा केकी अधिकारी, सुवास थापा लगायतका चल्तीका कलाकारले अभिनय गरेका छन् । भिडियोमा दुर्घटनामा परि असक्त भएका श्रीमानलाई आफ्नै श्रीमतीले गर्ने हेलालाई देखाउन खोजिएको छ । सुरजले भिडियोमा सन्देशसँगै नयाँ प्रयोग

Wednesday, April 2, 2014

सत्तरी साल- प्रचण्डलाई साँढे सात

               काठमाडौं। कम्युनिस्टहरू त्यसमा पनि माओवादीहरू धर्मकर्म र भाग्यमा विश्वास गर्दैनन्। अझ ग्रहदशातिर उनीहरूको विश्वास हुँदैन। तर संयोग नै मान्नुपर्छ एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालका लागि यो वर्ष अर्थात् २०७० निकै पीडादायी र अफाप साबित भएको चर्चा माओवादी वृत्तमा चलिरहेको छ। अध्यक्ष प्रचण्डको ग्रहदशा बिग्रिएको सन्दर्भमा पनि कुरा भइरहेका छन्। अहिले पुत्री बियोगको पीडामा रहेका अध्यक्ष प्रचण्डको ग्रहदशा बिग्रिएको भन्दै कतिपय आध्यात्मिक गुरुहरूले स्वस्ती शान्तिका लागि प्रस्ताव समेत पठाएका छन्। धर्मकर्ममा बिश्वास नभए पनि आस्था राख्ने प्रचण्डले केही बर्षअघि भैंसी पूजा गरेको चर्चा अहिले पनि चल्ने गर्छ। यसै बर्ष जेठी छोरीको असामयिक निधन हुनु, यसै वर्ष संविधानसभाको निर्वाचनमा एमाओवादी पार्टीको लज्जास्पद

घटिया अवार्ड पाएपछि सोनाक्षीले भनिन्- ‘असली केरा मसँगै छ’

                 चलचित्र ‘आर राजकुमार’मा झुर अभिनय गरेको भन्दै हालै मात्र बलिउड नायिका सोनाक्षी सिन्हालाई ‘गोल्डेन केला अवार्ड’ प्रदान गरिएको छ । यो अवार्ड बलिउडमा सबैभन्दा घटिया अभिनय गर्ने नायिका तथा नायकलाई दिइन्छ । झुर अभिनयको ट्याग भिरेपछि सोनाक्षी पनि आक्रोशित छिन् । उनले ट्विटरमा असली केरा लिएकोे तस्बिर सार्वजनिक गर्दै भनेकी छिन्, ‘म गोल्डेन केरा लिएर के गरौ, जबकी असली केरा मसँगै छ ।’ सोनाक्षीले आफूले ४ रुपैयाँमा पाइने वास्तविक केरा खान पनि सक्ने जनाउँदै आक्रोश व्यक्त

मिति तोक्दैमा स्थानीय निकायको चुनाव हुँदैनः देउवा

             नेपालगन्ज, चैत १९ – नेपाली काँग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले सरकारले मिति तोक्दैमा स्थानीय निकायको चुनाव हुन नसक्ने बताएका छन् । उनले स्थानीय निकायको निर्वाचनको लागि प्रमुख राजनीतिक दल बीचको सहमतीमा जोड दिए ।मेची-काली जागरण अभियानका क्रममा नेपालगन्ज आएका देउवाले दातृ निकायहरु समेत स्थानीय निकायको निर्वाचन छिटो होस भन्ने पक्षमा रहेपनि सहमति बिना स्थानीय निकायको निर्वाचन सम्भव नहुने बताएका छन् । सरकारले तत्काल स्थानीय निकायको चुनावको मिति घोषणा गर्ने बताइरहँदा देउवाले यस्तो बताएका छन् । देउवाले भने -चुनाव

कट्रिना भन्छिन्-’सलमानमाथि भरोसा, दुलाहाको जिम्मा आमालाई’

            चकलेटी हिरो रणवीर कपुरसँग बिहे गर्न लागेको खबरले नायिका कट्रिना कैफ सधै नै चर्चामा रहन्छिन् । रणवीरसँग विकिनी लगाएर समुन्द्रमा रमाउँदै गरेको तस्बिर सार्वजनिक भएपछि त उनलाई पर्नु समस्या पर्‍यो । तर पनि यि नायिका रणवीर जस्ता साथीहरु बलिउडमा अरु पनि भएको भन्न पछि पर्दिनन् । उनले दुलाहा खोज्ने जिम्मा आफूले आमालाई दिएको बताएकी छिन् । रणवीरसँग प्रेम सम्बन्धमा रहेको खबर बाहिर आइरहेको समयमा कैफको यस्तो भनाई सार्वजनिक भएको हो । उनले अर्का नायक सलमान खान आफ्नो नजिकका मिल्ने साथी भएको र सधै रहने बताइन् । उनले सलमान माथि आफ्नो सधै भरोसा

बालुटावारमा सुमार्गीः प्रधानमन्त्रीसँग मागे हतियार ठेक्का

              काठमाडौं, चैत १९ – प्रधानमन्त्री सुशील कोइरालालाई निकै स्वच्छ छवीको नेता चिनिन्छन् । यिनै ‘सादगीपूर्ण’, ‘सुशील’ र ‘इमानदार’ प्रधानमन्त्रीको निवासमा अचेल विवादास्पद मानिसहरु देखा पर्न थालेका छन् । चैतको पहिलो साता प्रधानमन्त्री निवास बालुवाटारमा चर्चित व्यापारी अजय सुमार्गीलाई देखेर सुरक्षाकर्मी, कामदार र प्रधानमन्त्रीका निकट सहयोगी छक्क परे । साँझपख बालुवाटार छिरेका सुमार्गीले प्रधानमन्त्रीसँग करिब एक घन्टा कुराकानी गरे । प्रधानमन्त्री निकट सुत्रका अनुसार त्यो भेटमा सुमार्गीले प्रधानमन्त्रीसँग आफूलाई हतियारको काम दिनुपर्ने माग राखेका थिए । राज्यको प्रयोजनका लागि चाहिने हतियार आयातको ठेक्का

संविधान बनेपछि मात्रै स्थानीय निर्वाचन : विष्ट

Lokendra Bista Magar                १९ चैत, दाङ । एकीकृत माओवादीका नेता लोकेन्द्र बिष्ट मगरले संविधान जारी भएपछि मात्रै स्थानीय निकायको निर्वाचनमा जानु पर्ने वताएका छन् । उनले स्थानिय निकायको निर्वाचन र संबिधान निर्माण प्रकृया संगैसंगै जान नसक्ने भएकाले संविधान जारी गरेपछिमात्रै सम्भव रहेको वताए । रिपोटर्स क्लब दाङले बुधवार विहान तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा बिष्टले अहिले नै स्थानीय निकायको निर्वाचनको कुरा गर्दा संबिधान निर्माणको अर्जुनदृष्टिबाट दलहरु चुक्न सक्ने आशंका ब्यक्त गरे । राज्यको पुनःसंरचना गर्नु पूर्व स्थानीय निकायको निर्वाचन गर्नु अनुपयुक्त हुने उनको भनाई छ । उनले सस्तो लोकपि्रयताका लागि नेपाली जनतालाई भ्रममा पार्न नहुनेमा जोड दिए ।  विष्टले बिगतका गल्तिबाट पाठ सिक्दै सवै दल संबिधान निर्माणका लागि दलहरु एकजुट हुनु पर्नेमा

बाबुराम भट्टराई विरुद्धको रीट सर्वोच्चद्वारा खारेज

                   १९ चैत, काठमाडौं । दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्याको अनुसन्धान प्रक्रिया अघि नबढाउन महान्यायाधीवक्ताको आदेशविरुद्ध परेको रीट सर्वोच्च अदालतले खारेज गरेको छ । न्यायाधीश रामकुमार प्रसाद साह र ज्ञानेन्द्रबहादुर कार्कीको इजलासले तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराई, तत्कालिन महान्यायाधीवक्ता मुक्ति प्रधानलगायतविरुद्ध परेको रिट खारेज गरेको हो । 
                     सर्वोच्चको अन्तरिम आदेशबाट फैजदारी न्याय प्रणाली प्रभावी भइसकेको भन्दै फैसलामा भनिएको छ-’अनुसन्धान प्रक्रियाका सबै चरण पूरा भइ अदालतमा अभियोगपत्र दायर भइसकेकाले मुद्दाको तथ्य र प्रमाणबाट ठहरे बमोजिम न्याय प्रदान कार्यले पूर्णथा पाउने हुँदा प्रस्तुत रिट निवेदनको प्रयोजन नरहेको । पत्रकार थापाको हत्या आरोपमा माओवादी कार्यकर्तालाई पक्राउ गरेपछि तत्कालीन महान्यायाधीवक्ता प्रधानले अनुसन्धान रोक्न निर्देशन दिएका थिए । निर्देशन

Tuesday, April 1, 2014

रागिनी एमएमएसमा समावेश नगरिएकोे उत्तेजक दृश्य हेर्नुहोस्, भिडियो

               (एजेन्सी) सन्नी लियोनी आफ्नो यतिबेला आफ्नो पछिल्लो चलचित्र रागिनी एमएमस् २ को सफलता मनाउन व्यस्त छिन् । चलचित्रले जति सफलता पाएको छ, त्यसमा समावेश गरिएका उत्तेजक दृश्यका कारण सन्नीको तथा चलचित्रको आलोचना पनि भएको छ । चलचित्र प्रशारण हुनअघि भारतीय सेन्सर बोर्ड चलचत्रिको निकै सिन काँटछाट गरेको थियो । यसमा एउटा सेक्स सिन पनि थियो जसलाई चलचित्रमा अटाउन सकिएन । तर अहिले आएर भने चलचित्रका निर्माताहरुले उक्त दृश्यलाई युट्युवमार्फत्

यातायात ब्यवसायीको दादागिरी : विद्यार्थीले पाउँदैनन् ४५ प्रतिशत छुट् !

bbbbuuusसुमन थापा, 
             पर्वत,२०७० चैत १८ । सार्वजनिक यातायातमा विद्यार्थीलाई छुट् दिने राज्यले ब्यवस्था गरेपनि यातायात ब्यवसायीले भने कार्यान्वयनमा ल्याएका छैनन् । विद्यार्थीको आन्दोलनबाट कुल भाडादरमा ४५ प्रतिशत विद्यार्थीलाई छुट् दिने यातायात ब्यवसायी र राज्य बिच केन्द्रमा सहमति भएपनि पर्वतका यातायात ब्यवसायीले त्यसको ठाडो उल्लंघन गर्दै आएका छन् । धौलागिरि अञ्चल यातायात बस ब्यवसायी सञ्चालक समिति अन्र्तगतको कुश्मा टिकट काउन्टरमा विद्यार्थीले आफ्नो ‘विद्यार्थी परिचय–पत्र’ देखाउन नपाउँदै काउन्टरका कर्मचारीले ‘कार्ड डिस्काउन्ट’ छैन् भन्दै पूरै भाडा लिने गरेका छन् । कुनै–कुनै विद्यार्थीले अलि जर्वजस्ती गरे भने चाहिँ भाडामा थोरै भएपनि छुट् पाउने

सविर र जेनिशाको प्रेम सबैले हेर्न पाउने

                  शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘आधी बाटो’लाई यूनिभर्सल सर्टिफिकेट मिलेको छ । गीतसंगीतको मामलामा अगाडि देखिएको यो सिनेमालाई अब सबैले हेर्न पाउनेछन् ।
            सविर श्रेष्ठले निर्देशन गरेको सिनेमालाई रमेश त्वयनाले निर्माण गरेका हुन् । चलचित्रमा सविन श्रेष्ठ, जेनिशा केसी, यश कुमार, अनु शाह लगायतका कलाकारको अभिनय छ । चलचित्र ‘आधी बाटो’लाई निर्देशक श्रेष्ठले सांगीतिक लभस्टोरी भनेका छन् । सुरेश अधिकारीले संगीत भरेका सिनेमाका गीतसंगीत बजारमा

वामदेवमाथि फुटपाथ व्यापारी जाइलागे '

विकल्प नदिइ हटाए कडा आन्दोलनमा उत्रने चेतावनी ' 
                काठमाडौं,चैत१८– उपप्रधान तथा गृहमन्त्री एवं एमाले उपाध्यक्ष वामदेव गौतमको फुटपाथ पसलेहरुलाई हटाउने निर्णयलाई लिएर अहिले उनको चौतर्फी आलोचना भइरहेको छ । सर्वहाराको प्रतिनिधित्व गर्ने पार्टीको नेतृत्व गरेर सरकारमा आएको दावी गर्ने गौतमले शपथ ग्रहण गरे लगत्तै ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भने जसरी गरिखाने बर्गमाथि जागिलागेपछि अहिले उनकै पार्टी संम्बद्धहरुबाट उनको कडा आलोचना र विरोध हुन थालेको छ ।
                  यसै शिलशिलामा आज काठमाडौंका फुटपाथ पसले एवं एमालेसमर्थित मजदुर संगठनका कार्यकर्ताले बामदेवविरुद्ध अनर्गल नाराबाजी गर्नुका साथै अमाचकारी गालीगलौज समेत गरेका छन् । काठमाडौंको सुन्धाराबाट मंगलबार विहान निकालेर रत्नपार्कमा कोणसभामा परिणत भएको जुलुसमा यसरी बामदेवविरुद्ध नारावाजी गरिएको हो । त्यहाँ कार्यकर्ताले वामदेवालाई तल्लो स्तरको गालीगलौज

आफ्नै जन्मदिनमा लेडी गागाको नाङ्गो पहिरन

              आफ्नो जन्मदिन मनाउने क्रममा पप गायिका लेडी गागाले लगाएको पहिरनले सर्वत्र चर्चा पाएको छ ।
               २८ औं जन्मदिन मनाउने क्रममा गागा न्यूड रंगको बडीसुट लगाएर पुगेकी थिइन् । उनको पहिरनमा सबैको आखा परेको थियो । 
                    विशेषगरी पप गायनसँगै विभिन्न हर्कत गर्न माहिर गागाको यो पहिरनले सामाजिक संजालमा आगो बालेको

यसरी सुरु भयो अप्रिल फूल !

 ठग राजाको कथा र क्यालेन्डर परिवर्तन
                  १८ चैत, काठमाडौं । तपाईलाई कसै्रले झुक्याउला है । किनभने आज अपि्रल फूल अर्थात्, झूटो बोल्ने, बेवकूफ र मुर्ख बनाउने दिन । धेरैले आज साथीहरुलाई मूर्ख बनाउने क्रियाकलाप गर्छन् । तर यो दिवसको पृष्ठभूमिबारे कतिपयलाई जानकारी नहुन सक्छ । बोस्टन विश्वविद्यालयका इतिहास प्राध्यापक जोसेफ बोस्किनका अनुसार कन्स्टेन्टाइन शासन कालमा केही ठगहरुले रोमन शासक समक्ष शासन सञ्चालनमा गज्जबको आइडिया दिन सक्ने क्षमता भएको भ्रम छरे । शासक दंग परे अनि तिनै ठगमध्येको एक कुगेललाई एक दिनका लागि राजा बनाउन सहमत भए । कुगेल ठग न परे, एकदिने राजगद्दी उनले बेवकूफ शैलीमा बिताए । मनपरी निर्देशन र शासन चलाए । पछि यो प्रचलन वाषिर्क गतिविधिकै रुपमा मनाउन

एमाओवादीसँग उच्चस्तरीय समितिको अध्यक्ष बन्ने हैसियत छैनः नेता नेपाल

         काठमाडौँ,चैत१८– नेकपा एमालेका बरिष्ठ नेता माधबकुमार नेपालले एमाओवादीसँग कुनै राजनीतिक हैसियत नभएको भन्दै उसलाई उच्चस्तरिय राजनीति संयन्त्रको अध्यक्षको लागि दावी नगर्न आग्रह गरेका छन् । शान्ति सम्झौतामा भएको ‘सहमतिको आधारमा अघि बढ्ने’ विगतको सम्झौतालाई खिल्ली उडाउँदै नेता नेपालले एमाओवादीले आफ्नो हाइट अनुसार सक्रियता देखानु मात्र उचित हुने भन्दै एमाओवादीको उच्चस्तरिय राजनीतिक परामर्श समितिको अध्यक्षको दावी प्रति आपत्ती जनाए ।‘संविधानसभामा उपस्थित सङ्ख्याको अवस्थालाई ध्यानमा राखेर मात्र एकीकृत नेकपा (माओवादी)ले हैसियतअनुसारको जिम्मेवारीका लागि दाबी गर्नु उचित हुन्छ’, प्रधानमन्त्रीसँग भेटघाट गरेर बाहिरिने क्रममा संचारकर्मीसँग नेता नेपालले भने,‘हैसियत नै नभएको पार्टीले दावी गर्दैमा उसलाई

Monday, March 31, 2014

अझ बोल्ड अवतारमा देखिने भइन् सन्नी

              (एजेन्सी) केही समयअघि मात्र सन्नी लियोनीले अब उनी अंग प्रदर्शन र बोल्ड सिनभन्दा पनि आफ्नो अभिनयलाई बढी ध्यान दिने बताएकी थिइन् । तर, उनको आगमी चलचित्र ‘टिना र लोलो’मा पनि फेरि उनको सेक्सी अवतारमा पुनः देख्न पाइने भएको छ, त्यो पनि पहिलेको भन्दा अझ बढी ।
               उक्त चलचित्रमा आफ्नो रोल बारे सन्नी भन्छिन्, ‘कथाले नै केही अतंरंग दृश्य माग गरेको थियो । उक्त दृश्य हेर्दा पक्के पनि दर्शकहरुलाई झट्का लाग्ने छ । तर त्यसलाई निकै राम्रो तरिकाले छायांकन गरिएको छ ।’ सुत्रका अनुसार उक्त सिन मलेसियामा सुट गरिएको थियो ।
               म्याक्सिमस मल्टिमिडिया र अलुम्ब्रा इन्टरटेनमेन्टले निर्माण गरेको ‘टिना र लोलो’ लाई देवंग ढोलकियाले निर्देशन

नयाँ संविधान निर्माणपूर्व नै निर्वाचन हुन्छःउपप्रधानमन्त्री सिंह


                पर्वत,चैत१७– उपप्रधानमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकारको पहिलो प्राथमिकता भनेको नयाँ संविधान तथा स्थानीय चुनाव भएको बताएका छन् । कुस्मामा आज भएको कार्यकर्ता भेटघाट कार्यक्रममा सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री सिंहले स्थानीय चुनाव नहुँदा स्थानीय निकायमा भ्रष्टाचार बढेकाले तत्काल सहमति गरी स्थानीय चुनाव गर्नुपर्नेमा जोड दिए । 
                        स्थानीय निकायको निर्वाचन गर्न प्रधानमन्त्री पनि सकारात्मक रहेको बताउँदै मन्त्री सिंहले नयाँ संविधान निर्माणपूर्व स्थानीय निकायको निर्वाचन गरिने ठोकुवा गरे । उनले भने–“सबै राजनीतिक दलको सहमतिमा नै स्थानीय निकायको निर्वाचन हुनेछ, काँग्रेसले जनतासामु गरेको वाचा पूरा गरेरै छाड्छ, हामीले एक वर्षभित्र संविधान बनाउने भनेका थियौँ, त्यहीअनुसार संविधान बनाउन भूमिका खेल्छौँ ।” मन्त्री सिंहले उच्चस्तरीय राजनीतिक समितिले संविधान निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । अर्को एक प्रसङ्गमा उहाँले पार्टीलाई बलियो बनाउनका लागि सम्पूर्ण कार्यकर्तालाई एक

सलमान भन्छन्, ‘जय हो फ्लप हैन’

                 केही समय अघि आफ्नो चलचित्र ‘जय हो’को असफलताको दोष आफूलेे लिएका बलिउड नायक सलमान खानले बोली फेरेका छन् । उनले ‘जय हो’ फ्लब नभई हिट भएको दाबी गरेका छन् ।
                 ‘१२० करोड कमाएको सिनेमालाई फ्लब भनिन्छ भने त्यसलाई के भन्ने’, सलमानले भने । सलमानले ‘जय हो’लाई फ्लब देख्नु मानिसको आ-आफ्नो सोच बताएका छन् । सलमान खानले देशका चर्चित खेलाडीहरुको जीवनीमा सिनेमा बनाउन चाहेको बताएका

युनिटीका १२ सञ्चालकलाई १२ करोड जरिवाना र तीन वर्ष कैदको फैसला

               ललितपुर, चैत १७ – ललितपुर जिल्ला अदालतले युनिटी इन्टरनेशनलका १२ जना सञ्चालकलाई जनही १२ करोड जरिवाना तथा तीन वर्ष कैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश टेकनारायण कुँवरको इजलासले ठगी मुद्दामा उक्त फैसला गरेको हो ।
नेटवर्कीगं ब्यापारको नाममा युनिटिले ५ बर्षमा झण्ड ४ लाख नेपालीबाट ४ अर्ब रुपैयाँ का नुन विपरीत उठाएको थियो ।
              युनिटिका अध्यक्ष रहेका काशीराम गुरुङ भने फरार छन् । अधिकांश संचालकहरु ३ वर्ष ९ महिना हिरासतम बसिसकेकाले अदालतको फैसला अनुसार जेल बस्नुनपर्ने

राजनीतिक संयन्त्रको काम छैनः अध्यक्ष थापा

                काठमाडौं,चैत१७–राप्रपा नेपालका अध्यक्ष कमल थापाले उच्चस्तरिय राजनीतिक संयन्त्र देशका लागि घातक हुने भन्दै यसलाई निकम्माको संज्ञा दिएका छन् । राजधानीमा आज आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रमुख दलको सिण्डिकेट हुने गरी गठन गर्न लागिएको लागिएको संयन्त्रको कडा शव्दमा विरोध गरे ।‘दलहरुले बनाउन लागेको उच्च स्तरिय राजनीतिक संयन्त्रको काम समाधान भन्दा पनि समस्या निम्त्याउने हुन्छ’ थापाले प्रतिप्रश्न गर्दै भने,‘समस्या निम्त्याउने संयन्त्रको के काम ?’ उनले यसको कुनै काम नै नरहेको जिरह गर्दै दलहरुले संविधानसभालाई अनिर्णयको बन्दी बनाउने उदेश्य vबमोजिम यस्तो समितिको परिकल्पना गरेको

Sunday, March 30, 2014

पूर्व प्रम भट्टराई बाख्रापालनको तयारीमा

                   काठमाडौँ, चैत १६। पूर्व प्रधानमन्त्री एवम् एकीकृत नेकपा(माओवादी)का नेता डा बाबुराम भट्टराईले सक्रिय राजनीतिक जीवनपछिको बाँकी समय गोरखा जिल्लामै पशुपालन व्यवसाय गरेर बिताउने धारणा व्यक्त गर्नुभएको छ। गोरखा पर्यटन समाजले सनीबार आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा डा भट्टराईले भन्नुभयो, “मैले यस्तोभन्दा धेरैले मेरो भनाइमा विश्वास नगर्लान् तर म गोरखा जिल्लामै बसेर त्यहीँ मर्न चाहन्छु।”
                     उहाँले विदेशिने वा काठमाडौँमा बस्ने प्रवृतिको अन्त्य गर्न जरुरी रहेको बताउँदै सबै व्यक्ति गाउँ फर्केर जान आवश्यक रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “छोराछोरीलाई विदेश पठाउने र उनीहरू उतै बस्ने तथा बाबुआमा काठमाडौँमा आएर बस्ने दुवै प्रवृति बढ्दै गएको छ, यसलाई निरुत्साहित गर्न जरुरी छ।” परम्परागत खेतीपाती गर्ने वा जागिर गर्ने दुवै मानसिकता त्यागी अबको पुस्ताले आफैँ उद्यमशील बन्न जरुरी रहेको उहाँको भनाइ थियो।
उहाँले भन्नुभयो, “मेरो गोरखाको घर रहेको क्षेत्रमा खेती बढी हुँदैन, सो ठाउँमा बाख्रापालन गर्न उपयुक्त छ, साथीसँग मिलेर अहिलेदेखि नै बाख्रापालन गर्ने

किराको बक्षस्थल छोपेन पहिरनले (फोटो फिचर सहित)

            मोडल किरा डिक्टेरले पौडने क्रममा आफ्नो स्विमस्विट सम्हाल्न सकिनन् । जसका कारण उनको बक्षस्थल पहिरन भन्दा बाहिर आयो । 
             शुक्रबार मियामी विचमा पौडने क्रममा उनले आफ्नो भित्री अंगलाई सम्हाल्न सकिनन् । केही समयदेखि उनी विभिन्न कारणले समाचारको शिर्षक मा

इन्दिरा सुगर मिलमा आगलागी हुँदा रु एक करोडको क्षति

           परासी, चैत १६। नवलपरासीको प्रतापपुर गाउँ विकास समिति– ५ गङ्गापुरमा रहेको इन्दिरा सुगर मिलमा शनिबार आगलागी हुँदा करिब रु एक करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। मिलका महाप्रबन्धक सुरेन्द्र सुक्लाका अनुसार हावाहुरीसँगै लागेको आगोबाट मिलमा रहेका करोडौँ मूल्य पर्ने सामग्री जलेर नष्ट भएका छन्। 
                    मिलमा आगो लागेपछि रामग्राम नगरपालिकाको दमकल, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका थिए। दिउँसो मिलमा रहेको बकासबाट सल्केको आगोले मिलका अधिकांश सामान जलेर नष्ट भएका हुन्।यसैबीच हावाहुरीका कारण शुक्रबार रामग्राम नगरपालिकाको मन्जरिया चोकमा लागेको आगोका कारण पाँच घर जलेर नष्ट भएका थिए। सुख्खा मौसममा चलेको हावाहुरीका कारण चुरे राष्ट्रपति क्षेत्रको वनमा समेत

धुम ४’ मा सलमान खान भिलेन बन्दै

              ३ वटा सिक्वेल सफल भएसँगै बलिउडको चर्चित फिल्म कम्पनी यशराज ब्यानरले ‘धुम ४’ को तयारी गरेको छ । 
               जोन अब्राहिम, ऋतिक रोशन, आमिर खानको सफलता पश्चात बलिउडका दबंग खान सलमानले धुमको चौथो सिरिजमा काम गर्न लागेका हुन् ।
                 यशराजले सलमानलाई आजसम्म नदेखिएको अवतारमा प्रस्तुत गर्ने तयारी गरेको हो । सलमान यो सिनेमामा भिलेनको भूमिकामा देखिनेछन् । 
                  जसमा उनले खतरनाक स्टन्ट पनि गर्ने जनाइएको छ । नायिका भने सिनेमामा पक्का भैसकेका

नेपाल पत्रकार महासङ्घ ५९औँ वर्षमा '

 देशभर प्रभातफेरी सम्पन्न '  
                काठमाडौँ, चैत १६–नेपाल पत्रकार महासङ्घले ५९औँ स्थापना दिवसको अवसरमा आज बिहान राजधानीलगायत देशका विभिन्न जिल्लामा प्रभातफेरी  कार्यक्रम आयोजना गरेको छ ।
                        काठमाडौंँमा बबरमहलबाट सुरु भएको प्रभातफेरी नयाँ बानेश्वरमा पुगी कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै महासङ्घका अध्यक्ष शिव गाउँलेले दुई करोड ५० लाख नेपाली जनतामार्फत संविधानसभामाथि सञ्चार क्षेत्रबाट निगरानी राखिने बताए । अध्यक्ष गाउँलेले लोकतन्त्र र नागरिक अधिकारका लागि लड्दै आएको पत्रकार महासङ्घले एक वर्षभित्र लोकतान्त्रिक संविधान जारी गर्न संविधानसभालाई निरन्तर दबाब दिने उल्लेख गरे । कार्यक्रममा महासङ्घका पूर्व सभापति हरिहर विरहीले वर्तमान

जेठमा स्थानीय निर्वाचन हुन्छ : प्रधानमन्त्री कोइराला

                     १६ चैत, नेपालगन्ज । प्रधानमन्त्री सुशील कोईरालाले जेठ महिना भित्रै स्थानीय निकायको निर्वाचन हुने ठोकुवा गरेका छन् । आईतबार बिहान प्रेस युनियन बाँकेले नेपालगन्जस्थित कोईराला निवासमा गरेको पत्रकार सम्मेलनमा कोइरालाले जुनसुकै हालतमा जेठमा स्थानीय निकायको निर्वाचन हुने ठोकुवा गरे ।
                उनले भने-’एक वर्ष भित्र संविधान जारी गर्ने र ६ महिनामा स्थानीय निकायको निर्वाचन गर्ने कुरा उच्च स्तरीय राजनीतिक संयन्त्रमा सहमति भै सकेको छ । त्यसैले स्थानीय निर्वाचन गराउन आवश्यक कानून निर्माण गरेर निर्वाचन गराईनेछ ।’ 
                स्थानीय निर्वाचनको विरोध गर्दै आएका माओवादीहरु पनि संविधान निर्माणको लागि बाधा हुने भएकोले उनीहरु पनि सहमतिमा आउने कुरामा आफु विश्वस्त रहेको कोइरालाको भनाई थियो । त्यस्तै प्रधानमन्त्री कोइरालाले सरकारको ड्रिम प्रोजेक्टको रुपमा रहेको सिक्टा सिचाई आयोजनाको रोकिएको काम चाँडै नै सुरु हुने बताएका छन् । सिक्टा सिचाईको नहरले काट्ने जमिनको मुअव्जा विवादले लामो समयदेखि सो परियोजनाको काम ठप्प छ । सिक्टा सिंचाई नहरको विभागीय

क्षतिपुर्ति माग्दै धर्ना बसेका कलाकारमाथि प्रहरी दमन '

गोंगबु क्षेत्र तनाव ग्रष्त ' 
            काठमाडौँ,चैत१६–चर्चित लोक गायिका मञ्जु महतको परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै गोङ्गबु चोकमा धर्ना दिएका कलाकारहरुलाई आज प्रहरीले पक्राउ गरेको छ । लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समितिका अध्यक्ष शिव हमालसहितका १२ जना कलाकारलाई प्रहरीले आज पक्राउ गरेको हो । सो क्षेत्र अहिले तनावग्रस्त भई यातायात सञ्चालनमा असुविधा भएको छ ।
                    महानगरीय प्रहरी प्रभाग महाराजगन्जले उनीहरुलाई पक्राउ गरी लगेको गीतकार सुमन बैरागीले जानकारी दिनुभयो । गएको बिहीबार दिउँसो ठमेलस्थित गल्कोपाखामा भएको सवारी दुर्घटनामा परी गम्भीर घाइते भई उपचार गराइ रहनुभएकी लोकगायिका महतको हिजो साँझ निधन भएको थियो । रत्नपार्कदेखि गोङ्गबु क्षेत्रमा सञ्चालन हुने माइक्रो गाडीले ठक्कर दिँदा सो दुर्घटना भएको थियो । आज सो क्षेत्रमा माइक्रो सेवा बन्द भएको छ । महतको परिवारले दुर्घटनाको छानबिन पश्चातमात्र शव बुझ्ने बताएको गीतकार