खेलकुद

 रियल मड्रिडविरुद्ध लेभान्डोस्कीको ४ गोल

Lewandowski           काठमाडौं । च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलको पहिलो लेगमा रियल मड्रिड बोरुसिया डटमुण्डसँग पराजित भएको छ । बुधबार राति घरेलु मैदानमा भएको खेलमा बोरुसिया डटमुण्डले स्पेनिस जाइन्ट रियल मड्रिडलाई ४–१ गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेशको सम्भावना बलियो बनाएको हो ।
         बुरेसियाको जितमा रोवट लेभान्डोस्की नायक बने । ९ पटकको विजेता रियल मड्रिडविरुद्ध ४ गोल गरेका उनी च्याम्पियन्स लिगको समिफाइनलमा ५ गोल गर्ने पहिलो खेलाडी समेत बनेका छन् ।
           लेभान्डोस्कीले खेलको ८ को आठौं मिनेटमा गोल गर्दै बोरुसिया डटमुण्डलाई सुरुवाति अग्रता दिलाए । तर, ४३ औं मिनेटमा रियल मड्रिडका क्रिष्टियानो रोनाल्डोले बराबरी गोल फर्काए । दोस्रो हापमा फेरि बोरुसिया डटमुण्ड हावी भयो । ५० औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै बोरुसिया डटमुण्डलाई २–१ को अग्रता दिलाएका लेभान्डोस्कीले ५५ औं मिनेटमा ह्याट्रिक पूरा गरे भने ६६ औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै ४–१ को जित दिलाएका हुन् । दोस्रो लेग आगामी अप्रिल ३० मा रियल मड्रिडको मैदान सेन्टियागोमा हुनेछ ।
        यो नजिताले च्याम्पियन्स लिगको फाइनलमा दुई जर्मन क्लब भिड्ने सम्भावना बढेको छ । बार्यन म्युनिखले बार्सिलोनालाई ४–० ले पराजित गरेको छ । यस्तो अबस्थामा दुबै स्पेनिस क्लबलाई पुनरागमन असम्भव जस्तै देखिन्छ ।

लुइसको गोलमा चेल्सी विजयी


david luiz             १३ वैशाख, काठमाडौं । डेभिड लुइसले अन्तिम मिनेटमा गरेको गोलको मदतमा चेल्सीले युरोपा लिग फुटबलको सेमिफाइनलको पहिलो लेगमा एफसी बासेललाई पराजित गरेको छ । बिहीबार राति भएको खेलमा चेल्सीले २–१ को जित निकालेको हो ।
बासेलको घरेलु मैदानमा भएको खेलमा चेल्सीले १२ औं मिनेटमा भिक्टर मोससको गोलबाट अग्रता लिएको थियो । फेवियन साले ८७ औं मिनेटमा पेनाल्टी गोलमार्फत बरबरी गारे । तर, अन्तिम मिनेटमा पाएको फ्रि किकमा गोल गर्दै लुइसले चेल्सीलाई जित दिलाए ।
अर्को खेलमा टर्किस क्लब फेनरबाचेले बेन्फिकालाई १–० ले पराजित गरेको छ ।

 स्वरेजले इभानोभिचलाई टोके 

      लिभरपुलका स्ट्राइकर लुईस स्वरेजले चेल्सीका इभानोभिचलाई टोकेका छन् । इङ्ग्लिस प्रिमियर लिग फुटबल अन्तरगत आइतबार राति भएको खेलका क्रममा स्वरेजले इभानोभिचको पाखुरामा टेकेका हुन् ।


Suarez

खेलपछि स्वरेजले इभानोभिचलाई फोन गरी माफी मागेका छन् । उनले क्लबको वेबसाइटमा वक्तव्य निकालेर पनि सबैसँग माफी मागेका छन् । लिभुरपुलका म्यानेजरले स्वरेजको व्यवहार अस्वीकार्य भएको भन्दै सबै खेलाडी परिर्वतन गर्न सक्ने बताएका छन् । यसबारे एफएले छानविन थालेको छ ।

खेलमा स्वरेजले अन्तिम मिनेटमा गरेको गोलको मदतमा लिभरपुलले चेल्सीलाई २–२ को बराबरीमा रोकेको थियो । बराबरीपछि ६२ अंक जोडेको चेल्सीले तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ भने ५१ अंक जोडेको लिभरपुल सातौं स्थानमा छ ।

लिभरपुलको घरेलु मैदानमा भएको खेलमा चेल्सीले २६ औं मिनेटमा ओस्कारको गोलबाट अग्रता लिएको थियो । ५२ औं मिनेटमा लिभरपुलका स्टर्डिजले आफ्नो पूर्व क्लबविरुद्ध गोल गर्दै बराबरी गरे । ५७ औं मिनेटमा पाएको पेनाल्टीमा हेजार्डले गोल गर्दै चेल्सीलाई २–१ को अग्रता दिलाए । तर, अन्तिम मिनेटमा स्वरेजले गोल गरेपछि लिभरपुल १ अंक खोस्न सफल भयो ।

म्यान यु च्याम्पियन बन्ने दाउमा

प्रतियोगिता अन्तरगत आज राति म्यानचेष्टर युनाइटेड र एस्टलभिल्ला भिड्नेछन् । रेलिगेशनबाट बच्न संघर्षरत एस्टलभिल्लालाई पराजित गर्न सके म्यानचेष्टर युनाइटेड लिगको ४ खेल अघि नै च्याम्पियन बन्नेछ ।

म्यानचेष्टर युनाइटेडको ३३ खेलबाट ८१ अंक छ भने दोस्रो स्थानमा रहेको सिटीको ३४ खेलबाट ६८ अंक छ । गएराति भएको खेलमा गत वर्षको विजेता सिटी टोटनह्यामसँग ३–१ ले पराजित भएपछि युनाइटेडलाई ३ अंक फाइदा भएको हो ।

  नेपालको पहिलो खेल अमेरिकासँग

         अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) विश्व क्रिकेट लिग डिभिजन ३ का लागि सबै टोलीको नामावली प्रकासित गरेको छ। अप्रिल २८ देखि बर्मुडामा हुने प्रतियोगितामा नेपालसहित अमेरिका, युगान्डा, ओमान र इटाली छन्। नेपालले अप्रिल २८ मा समरसेटमा अमेरिकासँग खेलेर प्रतियोगिताको प्रारम्भ गर्नेछ।
७ महिनाअघि मलेसियामा भएको डिभिजन ४ जित्दा नेपालले अमेरिकालाई नै फाइनलमा पराजित गरेको थियो। अप्रिल २९ मा युगान्डासँग नेपालले दोस्रो खेल खेल्नेछ।
नेपालले मे १ मा बर्मुडा, २ मा ओमान र ४ मा इटालीसँग बाँकी खेल्नेछ। प्रतियोगिताका शीर्ष दुई टोली डिभिजन २ मा उक्लेर विश्वकप छनोटको अन्तिम प्रतिस्पर्धामा उत्रने छन्। नेपालले पारस खड्काको कप्तानीमा १४ सदस्यीय टोलीको यसअघि नै घोषणा गरिसकेको छ।

पन्जावविरुद्ध चेन्नई १० विकेटले विजयी


२९ चैत, काठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा चेन्नई सुपर किङ्ग्सले किङ्ग्स इलाभेन पन्जावलाई १० विकेटले पराजित गरेको छ ।
बुधबार राति मोहालीमा भएको खेलमा पन्जावले प्रस्तुत गरेको १ सय ३९ रनको लक्ष्य चेन्नईले १७ दशमलव २ ओभरमा विना विकेटको क्षतिमा भेट्टायो । उसका लागि माइक हस्सीले अविजित ८६ र मुरली विजयले ५० रन बनाए । हस्सीले ५४ बलमा २ छक्का र ११ चौका हानेका थिए ।
यसअघि पहिले व्याटिङ गरेको पन्जावले अन्तिम बल बाँकी छँदा सबै विकेट गुमाएर १ सय ३८ रन बनाएको थियो । प्रतियोगिता अन्तरगत आज बेङ्ग्लोर रोयल च्यालेन्जर्स र कोलकत्ता नाइट राइडर्स तथा पुणे बारियर्स र राजस्थान रोयल्ससँग खेल्नेछ ।

बार्सिलोना सेमिफाइनलमा


२९ चैत, काठमाडौं । बार्सिलोना र बार्यन म्युनिख च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल प्रवेश गरेका छन् । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन्टलाई अबे गोलका आधारमा पराजित गर्दै बार्सिलोना अन्तिम चारमा प्रवेश गरेको हो । पेरिस सेन्ट जर्मेनविरुद्ध पहिलो लेगमा २–२ को बराबरी खेलेको बार्सिलोनाले बुधबार राति दोस्रो लेगमा १–१ को बराबरी खेलेको थियो ।
pedro
बार्सिलोनाको घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा अग्रता भने पेरिस सेन्ट जर्मेनले लिएको थियो । ५० औं मिनेटमा पास्टरले गोल गर्दै पेरिस सेन्ट जर्मेनलाई अग्रता दिलाएका हुन् ।
तर, घरेलु मैदानमा नै बार्सिलोना १ गोलले पछि परेपछि पहिलो लेगमा व्यहोरेको चोटका कारण बेन्चमा रहेका अ‍ेर्जेन्टिनी स्टार लिओनल मेस्सी ६२ औं मिनेटमा सेस फेब्रिगासको स्थानमा मैदान प्रवेश गरे । उनको प्रवेशसँग खेलमा फर्किएको बार्सिलोनाले ७१ औं मिनेटमा पेड्रोको गोलमा बराबरी ग¥यो ।
खेलमा थप गोल हुन सकेन र समग्रमा ३–३ गोल भएपछि बार्सिलोना अबे गोलका अधारमा सेमिफाइनल प्रवेश ग¥यो ।
अर्को खेलमा जर्मन साइड बार्यन म्युनिखले युभेन्टसलाई २–० ले पराजित गरेको छ ।  पहिलो लेगमा २–० को जित निकालेको बार्यन समग्रमा ४–० को जितका साथ अन्तिम चारमा प्रवेश गरेको हो ।

No comments:

Post a Comment