राजनीति

♦ नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य 'किरण' सकेसम्म सञ्चारमाध्यममा आउनै मान्दैनन् । आए पनि निकै कम बोल्छन् । त्यसैले सञ्चारमाध्यममा उनलाई नेपाली राजनीतिका 'खरो' नेताका रूपमा चित्रित गरिएको हुन्छ ।
♦  दर्शन र समालोचनाका झन्डै आधा दर्जन पुस्तक लेखिसकेका किरणको साहित्यिक उपनाम 'चैतन्य' हो ।
♦  उनी आफूलाई 'कम्युनिस्ट आन्दोलनको बीचबाट आएको, समाजवादी/साम्यवादी क्रान्तिका लागि आफूसक्दो प्रयास गर्दै आएको तथा देश र जनताको मुक्तिका लागि क्रान्तिमा होमिन सधैँ दृढ रहने' व्यक्ति मान्छन् ।
♦  उनको स्वभाव निर्माणमा आनुवंशिक र सामाजिक वातावरणको प्रभाव देखिन्छ । उनी भन्छन्, 'ममा बुबाको अडान लिने बानी र दृढता तथा आमाको सहजता र सरलताको प्रभाव छ । त्यसैले म आवश्यक ठाउँमा सरल पनि छु र दृढ पनि । त्यस्तै, प्युठानको कम्युनिस्ट परिवेश र तत्कालीन समाजको सामन्तवादी शोषण-उत्पीडनले सामन्तवादविरुद्धको संघर्षमा लाग्न मलाई प्रेरित गर्‍यो ।'
♦  किरणमा अध्ययन गर्न मन पराउने, चिन्तनमनन गरिरहने र एकान्तप्रेमी स्वभाव देखिन्छ ।
♦  सबल पक्षसँगै उनमा केही कमजोरी पनि छन् । आफ्ना कमजोरीबारे उनी भन्छन्, 'एकान्तप्रेमी भएकै कारण सामाजिक व्यवहारमा सबैसँग घुलमिल हुन नसक्नु मेरो स्वभावको फितलो पक्ष हो भनेर भन्नुस । बहिर्मुखी स्वभाव अलि कम र अन्तर्मुखी स्वभाव अलि बढी भयो कि भन्ने लाग्छ ।'
♦ उनी दाबी गर्छन्- म कसैलाई पनि पूर्वाग्रही भएर हेर्दिनँ । त्यसको आधार दिँदै उनी भन्छन्, 'कुनै पनि चिजलाई वैज्ञानिक विश्व दृष्टिकोणका आधारमा हेर्छु । द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादी दृष्टिकोण र वस्तुगत तथ्यका आधारमा कुनै पनि चिजको मूल्यांकन गर्छु ।'
♦   मध्यमवर्गीय ब्राह्मण परिवारमा प्युठानमा जन्मेका किरण सामन्ती संस्कार र अन्धविश्वासप्रति सधैँ प्रश्न गर्थे । सानोमा अध्ययनशील र मिहिनेती पनि थिए । छरछिमेकमा सबैका प्यारोे थिए । उनलाई केटाकेटीमै भौतिकवादप्रति रुचि बढेको थियो । उनी सम्झन्छन्, 'कतिपटक मैले भूतप्रेत र भगवान् रहेनछन् भन्ने आफैँलाई परेको घटनाबाट थाहा पाएको छु ।'
♦   किरण रिसलाई प्रतिकूल अवस्थाको आवेग ठान्छन् । प्रतिकूल परिस्थिति सिर्जना हुँदा आफूलाई रिस उठ्ने उनी बताउँछन् । भन्छन्, 'प्रकृतिले सिर्जना गरेका प्रतिकूल अवस्थामा म रिसाउँदिनँ । तर, कुनै मान्छे वा पात्रले प्रतिकूल अवस्था सिर्जना गर्न भूमिका खेल्दै छ भन्ने थाहा भयो भने रिस उठ्छ । शोषण, दमन, उत्पीडन गर्ने व्यक्तिप्रति पनि मलाई रिस उठ्छ ।' प्रतिकूल घटनाबाट रिस नउठ्दा त्यो भावुकतामा बदलिने
उनी बताउँछन् ।
♦   एकान्तपे्रमी किरण उमेर बढ्दै गएपछि दिनमा एक/दुई घन्टा एकान्तमा बस्न रुचाउँछन् ।
♦   साहित्य पढ्दा उनमा संवेदनशीलता जागृत हुन्छ । आफ्नो योजनाअनुसार सफलता आइलाग्यो भने खुसी र
प्रफुल्ल हुन्छन् ।
♦  आफ्नो स्वभावमा हटाउन मन लागेको कुराबारे उनी भन्छन्, 'आवेग र उत्तेजना कुनै-कुनै वेला आउँछ । त्यसको मात्रा घटाउन मन लाग्छ ।'
♦   उनलाई हार्डलाइनर भएको आरोप पनि छ । तर, यसलाई उनी दुष्प्रचार मान्छन् । त्यस्तो दुष्प्रचार आफूलाई कमजोर बनाउन गरिएको राजनीतिक आक्रमण हो भन्ने उनको बुझाइ छ । 'उनीहरूले हार्डलाइनर र सफ्टलाइनरको नियोजित प्रचार गरेर मेरो चरित्रहत्या गर्न खोजेका हुन् । ती सबै पश्चगामीले जनतामा मेराविरुद्ध गरेका दुष्प्रचार मात्रै हुन्,' उनी भन्छन् । 
♦   किरण राजनीतिमा माक्र्स, लेनिन, माओका साथै चे ग्वेभारालाई आदर्श ठान्छन् । चे क्युवाको क्रान्तिपछिको सरकारमा मन्त्री भएका वेला पनि पद त्यागेर फेरि क्रान्तिका लागि हिँडेका थिए । उनको त्याग र समर्पणभाव अनुकरणीय रहेको किरणको बुझाइ छ । उनी नेपाली राजनीतिमा पनि त्यस्तो पात्र खोज्छन्, तर त्यस्तो नपाउँदा उनका दिलमा चोट लाग्छ । उनी भन्छन्, 'आदर्श त्यस्तो चिज रहेछ- त्यसैका लागि मान्छे मर्न तयार हुन्छ, त्यही आदर्शले मान्छे दीर्घजीवी हुन्छ ।'
♦   किरण बहिर्मुखी ढंगले प्रस्तुत हुनेलाई खासै मन पराउँदैनन् । प्रचारमुखी र बहिर्मुखी भएका देख्दा उनलाई वाक्क-दिक्क लाग्छ । उनी आफूलाई सन्तुलित भएको ठान्छन् ।
♦   परिवारलाई प्रेम, सद्भाव र पारस्परिक विश्वासले खुसी तुल्याउने उनी बताउँछन् । सम्पूर्ण परिवार राजनीति र क्रान्तिमा लागेकामा उनी खुसी छन् ।
♦   उनी सामान्य फुर्सदमा साथीहरूसँग भेटघाट-कुराकानी गर्छन् । अझ बढी फुर्सद मिलेमा लेखपढ गर्न रुचाउँछन् ।
♦  आर्थिक र पारिवारिक कारणले बाल्यकालमा उनले ठूला सपना देखेनन् । असल शिक्षक हुने सपना थियो उनको । स्कुल पढ्दै गर्दा ठूलो कवि हुने सपना थियो उनमा । त्यतिवेला देवकोटा, लेखनाथ, रिमालका कविता पढ्दा आफू पनि कवि हुन्छु भन्ने लागेको थियो उनलाई । १७/१८ वर्षको युवा भए पनि उनले क्रान्तिमा लाग्ने तथा देश र जनताको सेवक बन्ने सपना देखे । अहिले पनि उनको सपना त्यही हो ।
♦   उनलाई लाग्छ- जनयुद्धको प्रक्रियामा असल साथीहरूको हत्या भयो । त्यस्तो वेला उनी निकै दुःखी हुन्थे । सांस्कृतिक फाँटका कृष्ण सेन 'इच्छुक', पोलिट्ब्युरो सदस्य वासु, केन्द्रीय सदस्य रितबहादुर खड्काको मृत्युले उनलाई दुःखी तुल्याएको थियो । पार्टीमा एकता हँुदा तथा परिवार र साथीको सहयोगमा उनी निकै खुसी हुन्थे ।
♦ किरणको जीवनको सबैभन्दा जटिल मोड थियो- कम्युनिस्ट पार्टीको पूर्णकालीन बन्ने कि नबन्ने भन्ने टुंगो गर्ने समय । ०२९ सालको तिरको कुरा थियो, त्यतिवेला उनी स्वर्गद्वारी क्याम्पसमा पढाउँथे । त्यसवेला उनी पार्टीमा आबद्ध भइसकेका थिए, तर पूर्णकालीन भने भइसकेका थिएनन् । त्यतिवेला उनी पूर्णकालीन नभएको भए आज एउटा मास्टर मात्रै हुन्थे कि ?
♦  उनलाई जीवनमा गरेको सही निर्णय भने जनयुद्धमा जाने सामूहिक निर्णय नै लाग्छ । 'कतिपय कमजोरी रहे पनि मैले व्यक्तिगत रूपमा चौथो महाधिवेशनकालदेखि नै सही निर्णय गर्दै आएको छु,' उनको दाबी छ । चौथो महाधिवेशनकालको फुटका घटना सम्झँदा आज पनि उनलाई नमीठो लाग्छ ।
♦   माओको 'व्यवहारबारे र अन्तरविरोधबारे' भन्ने पुस्तक उनलाई अत्यन्तै मन पर्ने पुस्तक हो । साहित्यमा देवकोटाको 'मुनामदन', गोपालप्रसाद रिमालको 'आमाको सपना', पारिजातको 'अनिँदो पहाडसँगै' र कृष्ण सेन 'इच्छुक'को 'बन्दी र चन्द्रागिरी' राम्रा कृति हुन् भन्ने लाग्छ उनलाई । गोर्कीको 'आमा', अस्त्रोभस्कीको 'अग्निदीक्षा', चिङ माईको 'ओयाङ हाइको गीत' र 'कुआङ पिन' तथा यी येनको 'रातो चट्टान' उनलाई बढी मन परेका उपन्यास हुन् । माओको 'व्यवहारबारे र अन्तरविरोधबारे' पुस्तक उनले धेरैचोटि दोहोर्‍याएर पढेका छन् । उनलाई धेरै पहिलेदेखि नै उपन्यास लेख्न मन लागेको थियो । तर, समय दिन सकेका छैनन् । उनको रुचि भने समालोचना र राजनीतिक/दार्शनिक विधामा छ । 'माक्र्सवादी दर्शन' उनको पछिल्लो पुस्तक हो । लक्ष्मीप्रसाद देवकोटा, पारिजात, कृष्ण सेन 'इच्छुक', गोर्की र सेक्सपियर उनका मन पर्ने लेखक हुन् ।
♦   धेरै वर्ष पहिला बनारसमा फिल्म हेरका थिए उनले, त्यसपछि एउटा फिल्म पनि हेरेका छैनन् ।
♦   बच्चामा उनलाई फुटबल र भलिबल मन पथ्र्यो । अहिले चेस अलि बढी मन पर्छ ।
♦  जनवादी गीत किरणलाई बढी नै मन पर्छ । उनलाई मन परेको गीतिनाटक 'सिम्मा' हो । उनी भन्छन्, 'त्यो गीतिनाटकले मलाई धेरै छोएको थियो ।' रायन, रामेश, जेबी टुहुरे, खुसीराम पाखि्रन, माइला लामा र जीवन शर्मा उनका मन पर्ने गायक हुन् ।
♦   सामान्य दाल, भात, तरकारी नै उनको दैनिक खाना हो । माछा अलि बढी मन पराउँछन् । टिमुर राखेको गोलभेँडाको चटनी र ढिँडो सबैभन्दा बढी मन पर्ने खाना हो उनको । गुन्द्रुक पनि उनलाई मन पर्छ । कृत्रिम ढंगले प्रस्तुत हुने र ढाँट्ने मान्छे उनलाई पटक्कै मन पर्दैन । सरल, सहज र आदर्शप्रति निष्ठावान् मान्छे उनलाई मन पर्छ ।
♦  उनको धोको छ- नेपालमा नयाँ जनवादी क्रान्ति पूरा गर्दै समाजवाद र साम्यवादतिर पुग्ने । नेपाल र नेपालीलाई मुक्त भएको देख्ने । तर, उनको धोको अझै पूरा भएको छैन ।
♦  धेरै नेताहरूको एउटा थेगो हुन्छ । किरणको पनि छ । तर, मिडियामा धेरै नआउनाले जनस्तरमा उनको थेगो त्यति चर्चित छैन । मिडियाकर्मीमाझ भने उनको थेगो खुवै चर्चित भइरहेको छ । 'भनेर भन्नुस' उनले साधारणतयार वाक्यपिच्छे प्रयोग गर्ने धेगो हो ।
कांग्रेसमा कोइरालाभन्दा सिटौला शक्तिशाली
           काठमाडौं । गाईले पुच्छर हल्लाउनुपर्नेमा पुच्छरले गाई हल्लायो भने कस्तो हविगत होला?  झट्ट त्यसको जबाफ दिन पनि गाह्रो पर्ने देखिन्छ तर नेपाली कांग्रेसको हकमा त्यस्तै देखिन थालेको छ। कांग्रेसमा सभापति सुशील कोइरालाभन्दा मनोनीत महामन्त्री कृष्णप्रसाद सिटौला शक्तिशाली देखिन थालेका छन्।
krishan कांग्रेसको मर्यादाक्रमअनुसार सिटौला पाँचौं स्थानमा पर्ने व्यक्ति हुन्। उनीभन्दा अघि सभापति कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, निर्वाचित महामन्त्री प्रकाशमान सिंह वरियताक्रममा रहेका व्यक्ति हुन्। यसरी सिटौलाभन्दा तीन जना वरिष्ठ पदाधिकारी हुँदाहुँदै सभापति उनै कनिष्ठ सिटौलाको इसारामा चल्ने गरेको आरोप लाग्न थालेको छ। कोइराला अहिले सिटौलाको सुझाव र सल्लाहविना कामै गर्न नसक्ने अवस्थामा पुग्नुभएको पो हो कि भनी कार्यकर्ता पंतिबाट आलोचना हुन थालेको छ।
          कांग्रेसको महाधिवेशनमा सिटौलालाई कांग्रेसीले केन्द्रीय सदस्यमा १५ औं स्थानमा जिताएका थिए। कांग्रेसमा सिटौला उतिसारो कार्यकर्ताबाट रुचाइएका व्यक्तिमा पर्दैनन्। कार्यकर्ताभन्दा पनि भारतीयको दबाबले कांग्रेसमा आफ्नो स्थान दह्रो बनाउँदै गएका सिटौलाको कुमाइको घुमाइमा कोइराला परेको भनी कार्यकर्ताहरुले आलोचना गर्ने गरेका छन्। जनाधार खासै नभएका सिटौलाले महामन्त्रीमा मनोनीत हुन पनि भारतीयहरुकै दबाब दिएका थिए पनि त्यतिबेलै चर्चामा आएको विषय हो।
           जनमत नभएका भन्ने आरोपलाई सिटौलाले नरुचाए पनि उनी गृहमन्त्री भएको अवस्थामा भएको संविधानसभाको निर्वाचनमा उनले कांग्रेसलाई जिताउन पहल गर्नु त कता हो कता आफैं नै हारेर आफ्नो वास्तविकता पस्किएका थिए। यतिबेला भारतीय आशीर्वाद र समर्थन प्राप्त गर्ने नेताहरुको अग्रपंतिमा सिटौला पर्ने गरेका छन्। उनीपछि मात्र अमरेशकुमार सिंहले विचौलियाको काम गर्ने गरेको चर्चा छ। सिटौलाले कांग्रेसको स्वार्थलाई भन्दा पनि आफ्नो र एकीकृत माओवादीको स्वार्थलाई ध्यान दिने गरेको आरोप छ। उनले परेको बेला सभापति कोइरालालाई हप्काउने, विदेशीको आडमा तर्साउनेसम्मका कार्य गर्ने गरेका भुक्तभोगीहरु बताउँछन्। काइते स्वभावका सिटौलाले कोइरालाको सोझोपनको फाइदा लिंदै कांग्रेसलाई भड्खालोमा हाल्ने कर्म गरिरहेको आरोप छ। सिटौला हरेक विहान कोइराला निवासमा पुगेको देख्दा उनले सभापति कोइरालालाई सहयोग गरिरहेको ठान्नेहरुको संख्या बढी भए पनि उनी वास्तवमा भने कोइरालाका हरेक गतिविधिलाई आफ्नो नियन्त्रणमा पार्न जाने गरेको वास्तविकता हो।

  चुनाव भाँडेर प्रधानमन्त्री बन्ने दाहालको दाउ

             
            काठमाडौं। संविधानसभाको नयाँ चुनाव मंसिरमा भइहाल्यो भने पनि आफ्ना लागि चुनौतीपूर्ण हुने देखेपछि एमाओवादीले अझै प्रशासनिक दुरुपयोगबाट चुनाव जित्न सकिन्छ कि भन्ने अन्तिम कसरत गरिरहेको छ। पूर्ववर्ती बाबुराम भट्टराई नेतत्वको सरकारले चुनाव प्रभावित गर्नेगरी कर्मचारी र सुरक्षा निकायमा गरेको भर्ती कायम राखेर चुनावमा जानुपर्ने अडान उसले उच्चस्तरीय राजनीतिक समितिमा राखेको छ। आइतवार नयाँ बानेश्वरमा बसेको उच्चस्तरीय राजनीतिक समितिको बैठकमा कांग्रेस र एमालेले पूर्ववर्ती सरकारले गरेका नियुक्तिहरु बदर गरेर चुनाव घोषणा गर्न प्रस्ताव राखेका थिए भने एमाओवादीले त्यसलाई बदर नगर्न कडा अडान प्रस्तुत गरेको थियो। सकेसम्म मंसिरसम्म चुनावै गर्न नदिने एमाओवादीको मनसाय त्यो बैठकमा पनि ब्यक्त भएको थियो। मंसिरमा चुनाव हुन नसके खिलराज रेग्मीको नेतृत्वमा बनेको सरकारको औचित्य पनि समाप्त हुने र त्यसपछि सरकारको नेतृत्व आफूले गर्न छिमेकी देशहरुको भ्रमणमा वातावरण मिलाउन आफू लागेको दाहालले बुधवार आफू निकटका नेताहरुसँग ब्रिफिङ पनि गरेका छन्। भर्खरै चीन भ्रमण सकेर फर्केका उनी भारत भ्रमणको तयारीमा छन्। दाहालले चीन भ्रमणमा गएर विकासमा त्रिदेशीय साझेदारीको कुरा उठाएका थिए। र चीन जानुअघि उनी तीन पटक लगातार भारतीय राजदूत जयन्तप्रसादसँग भेटघाटमा थिए। एक अर्काका विरुद्ध लडाउने खेलबाटै अहिलेेसम्म शक्ति आर्जन गर्दै आएका दाहाललाई राष्ट्रिय स्वार्थको चासो पनि छैन। बरु कसरी एकअर्कालाई झुक्याउने र त्यसबाट फाइदा लिने भन्ने उनको रणनीति देखिन्छ। उनको अहिलेको चीन र भारत दौडाह चुनावका पक्षमा छिमेकीको सद्भाव खोज्न भनेर प्रचार गरिए पनि रेग्मी सरकारलाई चुनाव गर्न नदिई असफल पार्ने र त्यसपछिको सरकारको नेतृत्व आफूले गर्ने दिशामा केन्द्रित छ।
           अहिलेको अवस्थामा चुनाव गरे पार्टी विभाजित छ र दुई दुईवटा सरकारवाट चरम अलोकप्रियता हाशील गरेर फर्केको उनको अनुभव छ। यसैले गर्दा चुनावी सरकारको नेतृत्व आफैंले गर्ने र त्यसवेलासम्म फुटेर गएको बैद्य पक्षलाई पार्टीमा फर्काउन सकिन्छ कि भन्ने मनोदशा पनि उनको छ। यसै रणनीतिलाई सफल पार्न चुनाव घोषणा गर्न नसकेको दोष सरकारमाथि लगाउँदै दाहालले अल्मल्याउने अनौठा अनौठा प्रस्तावहरु उच्चस्तरीय समितिका बैठकहरुमा राख्ने गरेका छन्। यसअघि नै असारमा चुनाव नभए मंसिरमा चुनाव हुनै नदिने उद्घोष गरेका दाहालले आइतवार भएको उच्चस्तरीय समितिको बैठकमा चुनाव दुई चरणमा गर्ने प्रस्ताव अघि सारे। सरकारलाई छिटो चुनावको मिति तोक्न सघाउन बसेको बैठकमा दाहालले दुई चरणमा चुनावको कुरा उठाएपछि आइतवारै त्यसमा छिनोफानो हुन सकेन। शुक्रवारका लागि अर्काे बैठक बस्ने भन्दै
           उच्चस्तरीय समितिको बैठक पनि सकियो। यो उनको अल्मल्याउने काइदा अन्तर्गत नै प्रसतुत गरिएको थियो। चुनावको वातावरण बनाउन भन्दै आइतवार उच्चस्तरीय राजनीतिक समितिको बैठक बसेको थियो। चुनावको मिति, विपक्षमा रहेका दलहरुलाई चुनावमा सहभागिता गराउने र चुनावका लागि वातावरण निर्माण गर्ने लगायतका विषयमा उनीहरुवीच छलफल भएको थियो। विपक्षमा रहेका दलहरुसँग झुकेर चुनावको वातावरण बनाउन लाग्नुको साटो उनीहरुलाई पेलेर अघि बढ्ने संकेत दाहालले गरेका थिए। यसको मतलव मंसिरमा चुनाव हुन नदिन बैद्यहरुलाई उत्तैजित पार्ने काम पनि उनी आफैंले गरिरहेका छन्। तर, आइतवार बसेको सो बैठकले एकै दिन गर्ने वा दुई दिन चुनाव गर्ने भन्नेमा टुंगो नलगाए पनि मंसिर पहिलो सातासम्म चुनाव गरिसक्नु पर्ने निर्णय गरेका थिए। त्यसका लागि मतदाता नामावली संकलन लगायत काममा निर्वाचन आयोग र सरकारलाई सघाउन कार्यकर्ता परिचालन गर्ने निर्णय गरेका थिए। दाहालले पेलेर जाने मनसाय ब्यक्त गरेपछि उनीहरु कार्यकर्ता परिचालनको निर्णयमा पुगेको स्रोतले वताएको छ। ‘चुनाव एकै दिन गर्ने कि दुई दिन गर्ने भन्ने विषयमा पनि छलफल भएको थियो, आगामी बैठकले त्यसको टुंगो लगाउँछ’ बैठकपछि एमाले अध्यक्ष झलनाथ खनालले भनेका थिए।

माओवादीलाई बहुमत दिलाउने गरी खट्नुस् : प्रचण्ड


prachanda              १३ वैशाख, काठमाण्डौ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा परिवर्तनकामी तथा जनपक्षीय शक्तिलाई विजयी बनाउन सम्पूर्ण शिक्षक एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ ।
 अखिल नेपाल शिक्षक सङ्गठनको पाँचौँ विस्तारित बैठकलाई शुक्रवार सम्बोधन गर्दै उहाँले आगामी संविधानसभाको निर्वाचन परिवर्तनकामी शक्तिले जित्नै पर्ने भएकाले त्यसका लागि शिक्षकहरुको सहयोगी भूमिका जरुरी भएको बताउनुभएको हो ।
प्रचण्डले भन्नुभयो-”समाजलाई चेतनाको दियो बाल्ने शिक्षकहरु मुलुकलाई पनि चेतनशील र क्रान्तिकारी बनाउन स्पष्ट भएर लाग्नुपर्दछ, नेपाली जनता अग्रगमन र परिवर्तनको पक्षमा छन्, यही चाहनालाई आत्मसात् गर्दै अगाडि बढ्नु आजको आवश्यकता हो ।”आगामी निर्वाचनमा एमाओवादीलाई पूर्ण बहुमत दिलाउने गरी कार्यक्षेत्रमा खट्न निर्देशन दिँदै उहाँले राष्ट्रिय आवश्यकता र चाहनालाई ध्यान दिएर शिक्षक र युवा विद्यार्थी परिचालित हुनुपर्ने बताउनुभयो ।
नेपालको शैक्षिक क्षेत्रलाई अगाडि बढाउन आफ्नो पार्टीले विशेष कार्ययोजना ल्याउने आश्वासन दिँदै एमाओवादी अध्यक्ष प्रचण्डले राजनीतिलाई ठीक दिशामा अगाडि बढाउन सके मात्रै सबै क्षेत्र ठीक हुने बताउनुभयो । शैक्षिक क्षेत्रलाई पूर्ण रुपमा व्यावसायिक र समयानुकूल बनाउन स्वयम् शिक्षक तथा युवा विद्यार्थीको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ थियो । विस्तारित बैठकमा एमाओवादीका प्रवक्ता अग्नि सापकोटाले आगामी निर्वाचनमा अधिकभन्दा अधिक स्थानमा एमाओवादीलाई विजयी बनाउन शिक्षकहरुले आजैबाट कार्यक्षेत्रमा खट्नुपर्ने बताउनुभएको थियो । विस्तारित बैठकले भावी कार्ययोजना, साङ्गठनिक स्वरुप लगायतका विषयमा स्पष्ट अवधारणा ल्याउने सङ्गठनले जनाएको छ । बैठक भोलिसम्म चल्नेछ ।

सेनापति नै बाबुरामका सुराकी

Baburam Rana
         काठमाडौं। राष्ट्रपति डा. रामवरण यादवले ‘कू’ गर्न खोजेको कुरा प्रधानसेनापति गौरवशमशेर राणाले आफूलाई सूचना दिएको भन्दै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सो तथ्य सार्वजनिक गरेको एक साता बित्न लाग्दा पनि राणाले यसबारे मुख खोलेका छैन।  स्मणर रहोस् राणा र भट्टराई दुबै भारतीय असल मित्र हुन् ।
एमाओवादी उपाध्यक्ष भट्टराईले सेनामा आफ्नो पार्टीको पकड जमिसकेको सन्देश दिने उद्देश्यले मात्र उक्त गम्भीर आरोप लगाएका हुन् वा सेनापति राणाले भट्टराईको सुराकीकै काम गरेका हुन्? उनले मुख नखोलेसम्म स्पष्ट नहुने भएको छ। करिब ९० हजारको फोर्सको कमान्ड गरेका गौरवले एक्लै निणय गर्ने गरेका कारण सेनाका जर्नेल र अन्य उच्च अधिकृतहरू पनि उनीसँग असन्तुष्ट बनेका छन्। स्टाफ कोर्सका लागि अमेरिका, चीन, भारत, पाकिस्तानलगायतका मुलुकमा अप्रिल पहिलो हप्तासम्म नाम पठाउनुपर्नेमा उनले अहिलेसम्म बैठकसमेत राखेका छैनन्। आफ्नो व्यक्तिगत चाहनामा निर्णय गर्दै आएका राणाले पदीय मर्यादाभन्दा बाहिर गएर सूचना आदान–प्रदान गरेको कुरामा राष्ट्रपति यादव विश्वस्त नभए पनि अन्य दलहरू भने यस घटनाबाट त्रसित बनेका छन्।
‘कु’ का निम्ति राष्ट्रपति यादवले कात्तिक २ गते प्रधानसेनापति गौरवशमशेर राणासँग छलफल गरेको दाबीसमेत तत्कालीन प्रधानमन्त्री भट्टराईको छ। राष्ट्रपति यादवका प्रेस सल्लाहकार राजेन्द्र दाहालले तत्कालीन प्रधानमन्त्री भट्टराईको दाबीबारे काइते ढंगले खण्डन गरे पनि प्रधानसेनापति राणाका तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन। राष्ट्रपति यादव र प्रधानसेनापति राणाबीच भेटघाट हुँदा तेस्रो व्यक्तिको सहभागिता नरहेका कारण यस विषयमा जबसम्म राणाले प्रतिक्रिया दिँदैनन्, तबसम्म तत्कालीन प्रधानमन्त्री भट्टराईको दाबीमाथि शंका गर्ने आधार रहँदैन। स्वयं राष्ट्रपति यादवका प्रेस सल्लाहकार दाहालले तत्कालीन प्रधानमन्त्री भट्टराईको दाबी टिप्पणी गर्नलायक नभएको उल्लेख गर्दै प्रतिक्रिया दिएका छन्– ‘त्यतिबेला भट्टराई नै कार्यकारी प्रमुख भएकाले मुलुकमा जे जति काम भए, त्यसको जिम्मेवार उहाँ नै हो।’
तत्कालीन कार्यकारी प्रमुखले बोलेको हुनाले सत्य नै हो भन्ने आशय झल्कने राष्ट्रपतिका प्रेस सल्लाहकार दाहालको प्रतिक्रिया र दुईजनाबीच भएका संवादका एक पात्र प्रधानसेनापति राणाको रहस्यमय मौनताले ‘कु’ हुनै लागेको त थिएन भन्ने आशंका जन्माएको छ। तर जेठ १४ गते संविधानसभाको अवशानपछि कांग्रेस–एमालेलगायत प्रतिपक्षी दलहरू भट्टराईलाई प्रधानमन्त्री पदबाट हटाउने निष्कर्षमा पुगेकै हुन्। सभासद् नरहेको व्यक्ति प्रधानमन्त्री बन्न सक्ने प्रावधान संविधानमा नरहेको, व्यवस्थापिका संसद् जीवित छँदै प्रधानमन्त्री भट्टराईले आमनिर्वाचनको बाटो खुल्ने गरी संवैधानिक र कानुनी व्यवस्था गर्न नसकेको दाबी गर्दै प्रतिपक्षी दलहरूले राष्ट्रपतिसमक्ष नयाँ सरकार गठनका लागि माग गरेका थिए। प्रतिपक्षी दलहरूको उक्त माग पूरा गर्न राष्ट्रपति यादव सक्षम भएनन्, तर भट्टराईको बहिर्गमन नभएसम्म आमनिर्वाचनका लागि बाटो खुल्ने गरी संवैधानिक र कानुनी व्यवस्था हुन सकेन।
आमनिर्वाचनका लागि बाटो छेकेर बस्नुका पनि एक प्रकारको ‘कु’ नै थियो। राजनीतिमा ‘कु’ को परिभाषा पनि आ–आफ्नो स्वार्थअनुसार हुन्छ। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको परिभाषाअनुसार प्रधानसेनापति रुक्मांगद कटवाललाई अपदस्थ गर्न नदिनु ‘कु’ थियो। नेकपा एमालेको नजरमा २०५२ भदौ १२ गते तत्कालीन प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायले गरेको फैसला ‘कु’ थियो। नेकपा एमालेको नजरमा तत्कालीन राजा ज्ञानेन्द्रबाट २०५९ असोज १८ गते जननिर्वाचित सरकार विघटन गर्नु ‘कु’ थिएन, तर २०६१ माघ १९ गते मनोनीत सरकारलाई विघटन गर्नु भने ‘कु’ थियो।

कांग्रेसमा राजनीतिक प्रस्तावमाथि छलफल सुरु

        आउँदो सोमबारदेखि नवलपरासीमा हुने कांग्रेस महासमिति बैठकमा पेस गरिने राजनीतिक प्रस्तावमा अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा दिनुपर्ने विषय राख्ने/नराख्नेबारे विवाद देखिएको छ । उपसभापति रामचन्द्र पौडेलले बुधबार केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गरेको १३ पृष्ठ लामो प्रस्तावमा भने यो विषय समेटिएको छैन । प्रस्तावमाथि बिहीबारदेखि छलफल हुँदैछ । छलफल सुरु हुनुअघि नै असन्तुष्ट सदस्यहरूले यो विषयसमेत समेट्नुपर्ने बताउँदै त्यसो नभए फरक प्रस्तावको रूपमा महासमितिमा लैजाने बताएका छन् । पौडेलले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा संवैधानिक र राजनीतिक निकास दिन प्रधानन्यायाधीश रेग्मीको नेतृत्वमा सरकार बनाउनुपर्ने अवस्था बाध्यात्मक रहेको जनाइएको छ ।

No comments:

Post a Comment