बिचित्रको कुरा

केटीको चाला हेर्दै माओवादी समाउँदै 
          युवती भनेपछि सन्त महन्त तथा महापुरुष त गले भने जाबो राजनीति गर्ने मान्छे किन लुथ्रुक्क नपर्लान् । तरुण वयका तन्नेरी देखि उमेर पाकेका सम्मलाई पनि सहबासको इच्छा जागृत नहुने कुरै भएन । त्यसैले होला स्त्री अस्त्र मान्छे फसाउन तथा पंगु बनाउन निकै बलियो हतियार बन्ने गर्छ । केही समयपहिले तालिवान विद्रोहीले विदेशी सेनालाई नियन्त्रणमा लिनका लागि सुन्दरी हतियारको प्रयोग गर्ने गरेको घटना सार्वजनिक भएको थियो । अहिले यस्तै घटना भारतमा पनि सार्वजनिक भएको छ ।
             भारतमा सुरक्षा निकायले माओवादी विद्रोहीका नेताहरुलाई कब्जामा लिनका लागि युवतीको प्रयोग गर्ने गरेको खबर छ । यो रणनीतिबाट केही माओवादीका चर्चित मान्छेहरुलाई समेत सुरक्षाकर्मीले कब्जामा लिन सफल भएका छन् ।
          पछिल्लोपटक माओवादी विद्रोहीका चर्चित नेता योगेन्द्र गञ्झु लगायतका दुइ जना पक्राउ परेका छन् । आफ्ना केटीसाथीलाई भेट्न गएका बेला प्रहरीले ती दुइलाई पक्राउ गरेको बताइएको छ ।
           माओवादी नेताहरुका गर्लफ्रेण्डको चालचलन, उठबस तथा सम्पर्क सम्बन्ध र दिनचर्याको गुप्त रुपमा अध्ययन गर्ने र सोही मुताविक जब माओवादी नेताहरु गर्लफ्रेण्डलाई भेट्न आउने चाँजोपाँजो मिलाएका हुन्छन् त्यहीँ बेला घेरा हाली समात्ने रणनीति प्रहरीले बनाएको छ । अहिलेसम्म समातिएका मध्ये धेरै माओवादी लडाकुहरुलाई उनीहरुका युवती साथीहरुकै माध्यमबाट समात्न सफल भइएको प्रहरीको दाबी छ ।
             प्रहरीका अनुसार माओवादीहरुले पार्टीका बैठक, तालिम तथा कार्यकर्ता भेटघाटको कार्यक्रम त्याग्न सक्छन् तर केटीलाई भेट्ने कुरा त्याग्न सक्दैनन् । सोही कमजोरीको फाइदा उठाउन प्रहरी सफल भएको छ ।

 चितुवासँगै हुर्किएका दाजुबहिनी (फोटो फिचरसहित)

c1                     तीन वर्षका मलान र उनकी एक वर्षकी बहिनी क्यालाको दिनचर्या दुइवटा डमरुसँग रमाउँदै खेल्नु हो । हामीकहाँ पाइने चितुवा जस्तै देखिने जंगली जनावर चिताहाका दुई डमरु वाकु र स्क्याला पनि यी दाजुबहिनी जस्तै गरी उनीहरुको घरमा पालिएका छन् र हुर्किरहेका छन् । दक्षिण अफि्रकाका यी दुइ भाग्यमानी तथा साहसी बालबालिकाहरु चिताहालाई सुम्सुम्याउँछन्, अँगालो मार्छन्, अनि सँगै खेल्छन् ।
c2
किम र हेइन चोएमानले आफ्ना छोराछोरीलाई डमरुसँग निकै घुलमिल हुने मौका दिएका छन् र ती डमरुले छोराछोरीमाथि आक्रमण नगरुन् भनेर तालिम दिने गरेका छन् । एक वन्यजन्तु पार्क तथा लज संचालन गर्दै आएका हेइनको पार्कमा रहेको चिताहाले गएको वर्ष ४ वटा डमरु एकैचोटी पाएपछि चिताहाले चारवटा बच्चा हुर्काउन सक्दैन कि भनेर दुइवटालाई हेइन दम्पतिले घरमा ल्याएर पालेका थिए । ती दुइ चिताहाका बच्चालाई पनि उनीहरुले आफ्नै बच्चालाई जस्तो माया गर्छन् ।
c3
c4
c5

ह्याण्डसम हुनु पनि अपराध : केटी पट्टाउने डरले सरकारले गर्यो देशनिकाला

              विभिन्न अपराध गरेको आरोपमा वा कानून उल्लंघन गरेको आरोपमा विभिन्न देशबाट विदेशी नागरिकलाई देश निकाला गरिएको त सुनिएकै हो । तर हुँदाहुँदा सुन्दर हुनु पनि अपराधमै दरिएको छ र साउदी अरेबियामा तिनजना विदेशी युवाले बढि ह्याण्डसम भएको आरोपमा साउदी अरेबियाबाट देशनिकाला सहनुपरेको छ ।
     साउदी पत्रिका इलाफका अनुसार युएइका ति तिनजना युवा बढि सुन्दर भएकोले उनीहरुप्रति स्थानीय महिलाहरु आकषिर्त हुने डरले उनीहरुलाई साउदीको धार्मिक प्रहरीले घर फर्काएको हो ।
       समाचार अनुसार रियादमा आइतबार आयोजित एक सांस्कृतिक समारोहका अवसरमा संयुक्त अरब इमिरेट्स बाट पाहुनाको रुपमा आएका तिनजना लक्का जवान तन्नेरीलाई धार्मिक प्रहरीले अकस्मात त्यहाँबाट निकाला गरी घर फर्काएको हो ।
          ती युवाहरुलाई समारोह स्थलमा बस्न दिइएको भए उनीहरुप्रति स्थानीय महिलाहरु आकषिर्त हुने र लहसिने डरमा उनीहरुलाई आयोजकले प्रहरी लगाएर बाहिर पठाएको बताइएको छ । समारोहस्थलबाट बाहिर निकालिएपछि उनीहरुलाई तत्काल युएइ फिर्ता पठाइएको थियो ।

महिलाले सुँघेरै थाहा पाउँछन् पुरुषको यौन क्षमता


                  कुनैपनि पुरुषमा पुरुषत्व कति छ ? अर्थात् यौन क्षमता कति छ भन्ने कुरा महिलाले सुँघेरै थाहा पाउने एक अध्ययनले देखाएको छ । अध्ययन अनुसार आफ्नो प्रजनन चक्रको चरम सिमामा रहेका महिलाहरुले सेक्स हर्मोनका कारण पुरुषका सरीरबाट आउने विशेष गन्ध सुँघेर पत्ता लगाउँछन् र टेष्टेस्टेरोन हर्मोन बढि भएका पुरुषप्रति बढि आकषिर्त हुन्छन् ।
woman-smells-man
अध्ययनका क्रममा पुरुषमा टेष्टेस्टेरोन र कोर्टिसोल हर्मोनको मात्राको आधारमा महिलाले मन पराउने गन्धको परीक्षण गरिएको थियो ।
अध्ययनका क्रममा केही पुरुषहरुलाई दुइ रातसम्म एउटै टिसर्ट लगाउन दिइएको थियो र उनीहरुलाई सरीरमा कुनैपनि सेन्ट छर्किन नदिइ धूमपान, मध्यपानका साथै लुसन, प्याज, खुर्सानी तथा अरु बासनायुक्त खाना खान समेत दिइएन । त्यसपछि ती पुरुषहरुको सरीरबाट उनीहरुले लगाएका टिसर्ट फुकाली महिलाहरुलाई सुँघ्न दिइयो र कुन टिसर्टको गन्ध मन पर्यो ? परेन ? भनेर सोधियो साथै उनीहरु रजस्वला चक्रको कुन अवस्थामा छन् भन्ने कुरा पनि सोधियो । शोधकर्ताहरुले टिसर्ट लगाउने पुरुषहरुको र्यालको नमूना लिएर हर्मोनको मात्रा समेत चेकजाँच गरे ।
नतिजाले के देखायो भने आफ्नो रजस्वला चक्रको पिक मा रहेका महिलाहरुले बढि हर्मोनयुक्त पुरुषले लगाएको टिसर्टको गन्ध मन पराए र त्यो टिसर्टको गन्ध मनलाग्दो, सेक्सी भएको जवाफ दिए ।

 तरुनीसँग बोल्न पाङ्ग्रा चटाचट

slashing-car-tires          जवानी चढेपछि विपरित लिंगीसँग नजिकिन, बोल्न, माया गाँस्न मन लाग्नु स्वभाविकै हो । कतिपयले मनको यस्तो इच्छा दबाएर राख्छन् त कतिपयले विभिन्न किसिमले प्रकट गर्छन् । जापानका एक जना युवकले आफ्नो केटीसँग बोल्ने र नजिकिने इच्छा पूरा गर्न निकै अचम्मको तथा डर लाग्दो उपाय अपनाएका छन् ।
रकेटन्यूजका अनुसार २५ वर्षका योसिहितो हारदाले केटीसँग बोल्नका लागि र सम्बन्ध गाँस्नका लागि १ हजार वटा कारका टायर काटिदिएका छन् । उनले केटीले चलाएका हजारवटा कारका पांग्रा काट्नुको एक मात्र उद्देश्य ती कार चलाउने केटीसँग बोल्नु थियो । आफ्नो कारको टायर काटिएको देखेपछि रिसाएरै भएपनि केटीहरु आफुसँग बोल्नेछन् भन्ने उनको लालसा रहेछ । उनी केटीहरुले चलाएका कार पार्किङ्गमा राखिएको देखेपछि चक्कुले काटिहाल्दा रहेछन् ।
कारका पांग्रा काटेको लगायतका विभिन्न अभियोगमा उनी विरुद्ध नागोया जिल्लाको अदालतमा मुद्दा चलेको छ । अभियोजनकर्ताहरुले ती युवकले केटीहरुसँग सम्बन्ध स्थापित गर्ने उद्देश्यका लागि टायर काटेको दाबी गरेका छन् ।
उनको दिनचर्या निकै अनौठो रहेछ । पार्किङमा राखिएका कारका टायर काटेर सबै हावा फ्याँकिदिने अनि नजिकैको कुनै ठाउँमा ढुकेर बस्ने । जब त्यो कार चलाउने केटी कार चलाउन पार्किङ गरेको ठाममा पुगेर कारभित्र पसेर चलाउन थाल्छे र पंाग्रो काटिएका कारण कार चल्दैन तब झुलुक्क त्यहाँ आइपुग्ने । ओहो तपाइँको टायर फुटेछ, टाल्नको लागि म सहयोग गर्छु भन्ने र केटीसँग धित मरुन्जेल बोल्ने अनि अन्त्यमा फोन साटासाट गर्ने उनको चलन रहेछ । एक पटक एक जना केटीले आफ्नो कारको टायर टाल्न एक जना केटाले सहयोग गरेको आफ्नी साथीसँग बताइछन् । त्यो साथीको पनि उस्तै घटना घटेको रहेछ र हारदाले त्यसैगरी उनको कार टाल्न सहयोग गरेका रहेछन् । त्यसपछि हारदामाथि शंका भयो र एक कान दुइ कान मैदान हुँदै खास कुराको पोल खुल्यो । अनि अन्त्यमा पीडित कारचालका युवतीहरुले प्रहरीमा उजुरी गरी ती युवकलाई पक्रिए ।

पेटबाटै बच्चा चोरिएको दाबी

milk-in-pregnancy

एक ब्राजिलियन महिलाले आफ्नो पेटबाटै बच्चा चोरिएको दाबी गरेकी छिन् । १९ वर्षिय युवती लायन सन्तोष प्रसुती पिडा पछि साओपाउलोमा रहेको एक अस्पतालमा पुगेकी थिइन्।
उनको त्यहाँ सिटिस्क्यान गरिएको थियो, सिटिस्याक्यानमा उनको पेटमा बालिका रहेको थाहा भएको थियो, नर्सहरुले उनको बच्चाको बढ्दो आकारको बारेमा तथ्याङक समेत राखेका थिए । उनको चेक जाँचको क्रममा उनको गर्भमा रहेको बच्चाको हार्टबिट समेत जाँचिएको थियो ।
यसरी गर्भमा शिशु रहेको थाहा भएपछि लायन र उनका श्रीमानले छोरीको नाम समेत राखे । उनिहरुले बच्चा आगमनको लागी नयाँ ठुलो घर समेत किने । त्यतिले पनि नपुगेर उनिहरुले बच्चाको लागी चाहिने लुगा र फर्निचरमा समेत २ हजार पाउण्ड खर्च गरिसकेका थिए ।
उनले बच्चा पाउने घोषित दिन भन्दा एक दिन अगावै उनि प्रसुती पिडा पछि पुनः अस्पताल गइन् । डाक्टरहरुले उनको अप्रेसन गर्नपर्ने बताए । तर अप्रेसन पश्चात डाक्टरहरुले उनको पेटमा बच्चा नै नभएको बताए । डाक्टरहरुले यसलाई ‘साइकोलोजिकल गर्भधारण’ भनेर बताए । तर लायन भने आफ्नो बच्चा चोरी भएको भन्दै अदालतमा मुद्दा दायर गरेकी छिन् । उनले अस्पतालले नै बच्चा चोरेको पनि आरोप लगाएकी छिन्।

भारतमा बन्यो बलात्कार रोक्ने भित्री बस्त्र


braपछिल्ला दिनमा बलात्कारका घटना बढ्दो छ । नेपाल मात्र हैन, भारतदेखि ब्राजिलसम्म पनि यस्ता घटना भएको समाचार सर्बजनिक हुँदै आएको छ ।
यसलाई ध्यानमा राख्दै भारतको चेन्नईका तीन इन्जिनियर छात्राले महिलालाई यौन उत्पीडनबाट बचाउने भित्री बस्त्र बनाएका छन् । यो लागाउने महिलाको अंगलाई छुँदा ३८०० किलोवाटको करेन्ट लाग्नेछ, तर, यसले ज्यान भने लिँदैन ।
यसका साथै त्यसमा जीपीएस सिस्टम छ, जसले यौन उत्पीडनको शिकार हुने महिलाको परिवार र प्रहरीलाई स्वतः फोन जान्छ । यो बस्त्रको पहिलो नमुना तयार भइसकेको छ ।
चेन्नईको एसआरएम यूनिभर्सिटीका मनीषा मोहन, रिम्प त्रिपाठी र निलाद्री बसुले यसलाई बनाएका हुन् । उसका लागि उनीहरु गान्धियन योङ अवार्डका लागि समेत छानिएका छन् ।
मनीषाका अनुसार यस एन्टी रेप अण्डर गान्र्मेन्टमा एक प्रेशर सेन्सरलाई इलेक्टि्रक सर्किटलाई मिलाएर प्रयोग गरिएको छ, जसले करेन्ट निकाल्नेछ । अधिकांश बलात्कारका घटनामा महिलामाथि यौन उत्पीडनको सुरुवात उनीहरुको यौनअंग दबाएर हुने गरेको पाइन्छ । यो भित्री बस्त्रमा रहेको प्रेसर सीटमा सीमाभन्दा बढी प्रेशर भएपछि करेन्ट पैदा हुनेछ भने परिवारका सदस्य र पुलिसलाई फोन जान्छ ।

कुकुर बन्यो करोडपति


         भनिन्छ कुकुरको पनि दिन आउँछ । कुनैदिन कुकुरको पनि भाग्य चम्किन्छ भन्ने कुरो साँच्ची सत्य नै रहेछ । बेलारुसमा एउटा कुकुरको भाग्य यसरी चम्किएको छ की उ रातारात करोडपति बनेको छ । त्यो कुकुर अहिले १० लाख अमेरिकी डलरको मालिक बनेको छ । यो रकम त्यो कुकुरलाई एक अमेरिकीले दान गरेका हुन् ।  झूलिक नामको यो १० वर्षको कुकुरलाई यतिधेरै धन दिने अमेरिकी नागरिकको नाम जोन फयोडोरोब हो । एक स्थानीय पत्रिकाका अनुसार मिन्स्क क्षेत्रको उक्त कुकुरकोे लागि बैंक एक विशेष अकाउण्ट पनि खोलिएको छ । त्यसमा अहिलेसम्म ९ लाख ९३ हजार ७ सय डलर जम्मा भैसकेको छ ।
           कुकुरलाई करोडपति बनाउने जोन उक्त कुकुरको लागि एक ठूलो कोठा होस्, त्यसमा ठूलो ओछ्यान होस् र कुकुरकै लागि प्लाज्मा टिभी राखिएको होस् भन्ने आफ्नो अन्तिम इच्छा रहेको बताउँछन् ।
           कम्तिमा पनि दिनमा ३ पटक सन्तुलित भोजन त्यो कुकुरले खान पाओस् र त्यसमा आधा किलोभन्दा बढि मासु होस् भन्ने उनको चाहना छ । यति मात्र होइन दिनमा कम्तिमा पनि २ पटक ताजा हावामा घुमाउने तथा वर्षमा एक पटक यो कुकुरलाई विश्वको कुनै एक देशको यात्रामा लैजाने पनि उनको सपना छ ।

No comments:

Post a Comment