Friday, June 6, 2014

गायिका र्‍याचल सिटिभन्स् अहिलेसम्मै सबैभन्दा सेक्सी महिला (फोटो फिचर)

        (एजेन्सी) चर्चित पत्रिका एफएचएमले गायिका र्‍याचल स्थिभिन्सलाई ‘विगत २० वर्षकै सबैभन्दा सेक्सी महिला’ घोषणा गरेको छ । यसका लागि एफएचएमले विगत २० वर्षमा आफ्नो पत्रिका घोषणा गरेका ‘सबैभन्दा सेक्सी महिला’ को सूचीको मूल्यांकन गरेको थियो ।
              गायिका स्थिभिन्सले सन् २००१, २००२ र २००४ मा विश्वकै तेस्रो सेक्सी महिला घोषित भएकी थिइन् । विगत १६ वर्षमा उनी ११ पटक विश्वकै १०० सेक्सी महिलाको सूचीमा पर्न सफल भएकी थिइन् । यसअघि उनी आठ वटा एभएचएमको कभरमा

बामदेबले भने–ओली विजयी भैसके, अब प्रमाणपत्र पाउनमात्र बाँकी छ

काठमाडौं, जेठ २४ – एमाले उपाध्यक्ष बामदेब गौतमले वरिष्ठ नेता केपी शर्मा ओली पार्टीको नवौं महाधिवेशनबाट अध्यक्ष बन्ने निश्चत भएसकेको दाबी गरेका छन् । उपप्रधानमन्त्री समेत रहेका उनले निर्वाचन समितिले अब प्रमाणपत्र दिन मात्र बाँकी रहेको बताए । मदन भण्डारी फाउण्डेसनले राजधानीको जोरपाटीस्थित नारायणटारमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले यस्तो बताएका हुन् ।
उनले ओली सर्वसम्मत अध्यक्ष बन्ने समेत ठोकुवा समेत गरे । अध्यक्षका अर्का प्रत्यासी माधव नेपालले अन्तिम समयमा आएर उम्मेदवार फिर्ता लिने र ओली सर्वसम्मत अध्यक्ष बन्ने उनको भनाई छ । ‘आठाँै महाधिवेशनमा अध्यक्ष

पतिलाई छोडे लगतै व्यापारीसँग दोश्रो बिहे गर्दै करिश्मा

           हालै मात्र आफ्ना पति संजय कपूरसँग डिभोर्स गरेर अलग भएकी बलिउड नायिका करिश्मा कपूर दोश्रो बिहे गर्ने तयारीमा छिन् । एक चर्चित भारतीय अनलाइनका अनुसार करिश्माको सम्बन्ध यतिबेला एक व्यापारीसँग निकट छ । मुम्बइका व्यापारी संदिप तोशिवालसँग करिश्माको निकटता रहेको बताइन्छ । संदिपले करिश्मालाई पहिलेदेखि नै भावानात्मक समर्थन गर्दै आएका छन् । संजयसँग करिश्माले डिभोर्स गर्ने फैसला लिएदेखि नै संदिपले साथ दिन थालेका थिए । करिश्माले संजयसँग डिभोर्स गरेपछि यो जोडीले बिहे गर्ने निर्णय गरेको हो । करिश्मा र संजयले आफूहरुको सम्बन्धको बारेमा कुनै कुरा खुलाउन चाहेका छैनन् । तर करिश्माको परिवारले बिहेका लागि भने सकारात्मक जवाफ दिइसकेका छन् । संजय ग्ल्यामर दुनियाँबाट टाढा रहेकाले पनि करिश्माले आजसम्म यो सम्बन्धलाई लुकाउन सफल

मैले अध्यक्षको उमेदवारी घोषणा गरेको छैन : माधव नेपाल

              २४  जेठ, इटहरी । काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा औपचारिक कार्यक्रमै गरेर पार्टी अध्यक्षको उम्मेद्वारी घोषणा गरेका एमाले नेता माधवकुमार नेपालले शुक्रबार सुनसरी पुगेर आफूले अध्यक्षको उमेदवारी घोषणा नगरेको बताएका छन् । एमालेनिकट नेपाल खेलकुद महासंघको पूर्वाञ्चल स्तरीय खेलकुद भेला तथा प्रशिक्षणमा सहभागी हुन इटहरी आएका नेता नेपालले पत्रकारहरुसँगको प्रतिक्रियामा नयाँ पुस्ताको नेतृत्वका लागि आफू खुला रहेको बताए । नेता नेपालले नेतृत्वका लागि व्यक्तिलाई प्राथमिकता नदिन आग्रह गर्दैर् नीति र जनअपेक्षालाई केन्द्रविन्दुमा राखेर आवश्यकता मूल्यांकन गर्नुपर्नेमा जोड दिए । आफ्नो सवालमा नेतृत्वको कुरा गौण विषय भएको भन्दै उनले नीति, पार्टी एकता, आगामी कार्ययोजना र जनताको अपेक्षा ठूलो कुरा भएको बताए । नेता नेपालले अरुको बद्ख्वाइँ गर्ने कुरालाई आफूले कहिल्यै प्राथमिकता

प्रचण्ड–बावुरामको विरुद्धमा सल्लाह गरेरनै संघर्ष :वैद्य

               काठमाडौं, जेठ २४ – नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले सरकार सर्वपक्षीय राजनीतिक सम्मेलनप्रति गम्भीर नभएको बताएका छन् । ‘हामीले राजनीतिक निकासको लागि प्रधानमन्त्रीसँग भेटेर सर्वपक्षीय राजनीतिक सम्मेलनबाट निकास खोजौं भनेका थियौं, हुन्छ भन्नुभएको थियो तर त्यसलाई गम्भीरतापूर्वक लिएको देखिएन’ वैद्यले भने ।
             नेपाली कम्युनिस्ट आन्दोलनका अगुवा स्व. भक्तबहादुर श्रेष्ठका संकलित रचनाहरुको शुक्रबार संवाद डबलीमा सार्वजनिकीकरण गर्दै अध्यक्ष वैद्यले, सच्चा माओवादीलाई बेवास्ता गर्दै बनेको संविधानसभाले जनताको पक्षमा संविधान नलेख्ने दाबी गरे । सर्वपक्षीय राजनीतिक सम्मेलनमा सबै सबेर नयाँ निकास खोजौँं भन्दापनि नसुनिएकाले आफूहरुले नयाँ आन्दोलनको तयारी गरिरहेको वैद्यले बताए । भक्तबहादुर स्मृति प्रतिस्ठानले आयोजना गरेको कार्यक्रममा

Tuesday, June 3, 2014

कतै बेडसिन त कतै बेहाल बनाउने निशाको आइटम

         चलचित्र ‘मायाज बार’ पश्चात नायिका निशा अधिकारीले चलचित्र ‘मुखौटा’को एक आइटम गीतमा हट नृत्य गरेकी छिन् । ‘बेहाल हुन्छ मन’ बोलको गीतमा निशाको जवानी छल्किएको हो । संभवत निशालाई कुनै चलचित्रको गीतमा यती धेरैको खुलेको देखिएको थिएन । जेठ ३० गतेबाट प्रदर्शनमा आउने यो सिनेमालाई अर्पण थापाले निर्देशन गरेका हुन् । चलचित्रमा निशा र अर्पणको हट बेडसिन पनि समावेश गरिएको छ । चलचित्रमा नेपालका मल्टिस्टार कलाकारहरुको अभिनय छ । राजेश हमाल, सौगता मल्ल, दयाहाङ राई, सुनिल थापा, प्रशान्त ताम्राकार,

श्रीमान विदेशमा हुँदा जेठाजुको गर्भ बोकेपछि…

        सोलुखुम्बु, २० जेठ । लोग्ने विदेशमा भएको समयमा जेठाजुसँग अवैध सम्वन्ध राखेकी महिलाले शिशु जन्माएपछि सोलुखुम्बुमा यो घटना सर्वाधिक चासो र चर्चाको विषय बनेको छ । श्रीमान् बिदेश भएको समयमा आफ्नै जेठाजुसँग अबैध यौन सम्बन्ध राख्दा बच्चा जन्माएकी तिङला ७ की ३६ बर्षीया बिना भुजेलले शिशुको हत्या गरेर जमिनमा गाडेकी छिन् । भुजेलले जेठ १० गते शिशुलाई जन्म दिएकी थिइन् ।शिशु जन्माएपछि सवैतिरबाट खोजीनीति र बच्चाको बाउ खोजेर दबाब दिन थालेपछि भुजेलले बच्चा जन्मिएको तिन दिनपछि १३ गते खाल्टो खनेर शिशु पुरेकी थिइन् । महिलाले शिशुको मृत्यु भएकाले खाल्डो खनेर पुरेको दाबी गरेकी छिन् भने स्थानीयले मारेर पुरेको दाबी गरेका छन् । प्रहरीले गाडेको शिशुको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल फाप्लु लगेको छ । महिलाको श्रीमान्

‘फिङ्गर प्रिन्ट’ले खोल्नेछ यस्तो कुरा

         टेलिफिल्मको निर्देशन गर्दै आएका नविन निरौला अब ठूलो पर्दाको चलचित्र निर्देशन तर्फ जुटेका छन् । उनले मेडिकल साइन्सले गरेको नवीनतम आबिष्कारको बिषयमा ‘फिङ्गर प्रिन्ट’ नामक फिल्म निर्देशन थालेका छन् ।< ‘फिङ्गर प्रिन्ट’ को मंगलबार ललितपुरको ओमेगा कलेजबाट छायांकन सुरु गरिएको छ । अनिल श्रेष्ठ निर्माता रहेको फिल्ममा राज क्षितीज, आयुष्मा कार्की, रमेश बुढाथोकी, ओम प्रतिक, दीपक त्रिपाठी, सरिता लामीछाने, शंकर आचार्य, रश्मी भट्ट, आनन्द पुन, रामभक्त श्रेष्ठ, अमन पोखरेल, जेशिका भुसाल, बिश्व खड्का लगायतका कलाकारले अभिनय गरिरहेका छन् । कामना फिल्मस्को ब्यानरमा बन्ने सिनेमाको निर्देशकले नै लेखेका हुन् । सुुमन तण्डुकारले खिचीरहेको फिल्ममा सस्पेन्स, थि्रलर लभस्टोरी रहेको निर्देशक निरौला बताउँछन् । फिल्मले मनोरञ्जनका साथै बिज्ञानको दुनियाँको बारेमा जानकारी समेत दिने निर्माणपक्षको

युवा संघ पर्वतमा ओली पक्षको वर्चश्व

         पर्वत, जेठ २० गते । नेकपा एमालेको भातृ संगठनको रुपमा रहेको युबा संघ नेपाल पर्वतको आठौ जिल्ला अधिबेशनबाट अध्यक्षमा ओली प्यालनका बिमल लामिछाने निर्वाचित भएका छन । लामिछानेले अध्यक्षका अर्का प्रत्यासी उपेन्द्र थापालाई ४१ मतले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन । अध्यक्षमा निर्वाचित लामिछानेले १ सय ४ मत प्राप्त गरेका थिए भने प्रत्यासी थापाले ६३ मत प्राप्त गरेका छन । एमाले पर्वतमा संस्थापन पक्ष र ओली पक्ष बीच कुरा नमिल्दा निर्वाचन भएको र निर्वाचनमा ओली प्यानलका सबै निर्वाचित भएका छन् । सचिब पदमा दिपक भण्डारी १ सय ५ मत प्राप्त गरेर बिजयी भए भने उनका प्रतिद्वन्दी रामचन्द्र सुबेदीले ५९ मत प्राप्त गरेका छन । कोषाध्यक्षमा प्रेम भुसालले १ सय ४ मत पं्राप्त गरे भने प्रतिष्पर्धी रेशमबहादुर सुनारले ६० मत प्राप्त गरे । उपाध्यक्षमा थमनारायण पौडेल र सहसचिबमा अर्जुन शर्मा निर्बीरोध

कसरी फैलियो हनी सिंहको निधनको खबर ?

           ‘लुङ्गी डान्स’ गीतको कोरियोग्राफी गरेपछि गायक हनी सिंहको चर्चा बलिउडमा मात्र नभई विश्वमै भयो । हनी सिंह आइटम नृत्यको कोरियोग्राफीमा अब्बल देखिए । उनै हनी सिंहको निधनको खबरले बलिउड बजारलाई सोमबार दिनैभरी ततायो । हनी सिंहको निधन भएको भन्दै सामाजिक संजालमा खुबै चर्चा भयो । तर उनै चर्चित र्‍यापरले दुबइमा मस्ती गरिरहेको खबर आएको छ । दुबइमा रहेका हनीले आफ्नो निधन नभएको खुलाए । उनको निधन भएको भन्दै जुन तस्बिर सार्वजनिक गरियो, त्यो हनी सिंहको

शुल्क वृद्धि गर्ने आठ विद्यालयलाई कारबाहीको निर्णय

        काठमाडौँ, जेठ २० – केन्द्रीय शुल्क अनुगमन समितिले मापदण्डविपरीत शुल्क वृद्धि गर्ने काठमाडौँ उपत्यकाका आठ संस्थागत (निजी) विद्यालयलाई हदैसम्मको कारबाहीको सिफारिस गरेको छ । शिक्षा विभागका महानिर्देशक डा लवदेव अवस्थीको अध्यक्षतामा आज बसेको सो समितिको बैठकले निर्देशक टेकनारायण पाण्डे संयोजक रहेको अध्ययन तथा अनुगमन कार्यदलको सुझावका आधारमा सो निर्णय गरेको हो । सर्वाेच्च अदालतको आदेशलाई पनि अटेर गरी निजी विद्यालयले शुल्क वृद्धि गरेको गुनासो आएपछि सो अनुगमन गरिएको थियो ।
अनुगमन समितिका सदस्य एवम् अभिभावक सङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारीका अनुसार कारबाही गरिने विद्यालयमा राजर्षी गुरुकुल, युरोकिड इन्टरनेसनल, त्रियोग, काष्ठमण्डप, चेल्सी इन्टरनेसनल, पाठशाला,

गृहमन्त्रीलाई फेसबुकमा गाली गर्ने शाहले माफी मागे

          काठमाडौं, जेठ २० – गृह मन्त्री बामदेव गौतमविरुद्ध अपशब्द प्रयोग गरी फेसबुकमा टिप्पणी गरेपछि पक्राउ परेका इलाका प्रशासन कार्यालय सिरहामा कार्यरत शाखा अधिकृत राजु साह रिहा भएका छन् । साहले आफूले गल्ति गरेको भन्दै माफी पत्रमा हस्ताक्षर गरेपछि मुद्दा दर्ता नगरी रिहा भएका हुन् ।
                साहले फेसबुकमा गृहमन्त्री वामदेव गौतमको तस्वीरमा ‘पछाडिपट्टीबाट गोली हान्नुपर्ने’ कमेन्ट गरेका थिए । यस विषयमा सञ्चार माध्यममा समाचार आएपछि उनले उक्त कमेन्ट डिलिट पनि गरेका थिए । तर उनलाई केन्द्रीय अनुसन्धान व्यूरोले वीरगन्जबाट