Wednesday, September 4, 2013

नेपाली डिजाइनरको पहिरनमा दीपिकाको हट पोज

                         नेपालका चर्चित डिजानइनर प्रबल गुरुङ यतिबेला विश्व चर्चित छन् । 
                    उनले डिजाइन गरेका पहिरनमा विश्वका चर्चित सेलिब्रेटीहरु आकर्षक देखिसकेका छन् ।
                    केही दिन अघि मात्र उनले विश्व चर्चित गायिका लेडी गागाको लागि एक आकर्षक पहिरन डिजाइन गरेका थिए ।
                   हालै मात्र प्रबलले बलिउड सुन्दर नायिका दीपिका पादुकोणका लागि कालो रंगको गाउन डिजाइन

वैद्यद्वारा वाम मोर्चाको प्रस्ताव, चीनबाट फर्किएपछि चन्द सक्रिय

mohan  baidhyaa                         संविधानसभामा नेकपा एमाले र नेपाली कांग्रेसको पहिलो पार्टी बन्ने विगतको सपना चकनाचुर भएपछि अहिले यी दुवै पार्टीमा केही चेत पलाएको छ। एमालेको चालु केन्द्रीय कमिटीको बैठकमा निर्वाचनमा कसरी सफलता हात पार्ने भन्ने व्यापक बहस चलिरहेको छ भने विगतमा थोरै मतका अन्तरले गुमाएका क्षेत्रहरूमा कसरी विजयी बन्ने भन्ने रणनीतिमा एमालेले गम्भीरतापूर्वक गृहकार्य थालेको छ। 
                      २ सय ४० वटै निर्वाचन क्षेत्रको स्थलगत प्रतिवेदनका आधारमा मंसिर ४ गतेको निर्वाचनमा प्रत्यक्षतर्फ एक सय सिट नाघ्ने अनुमान एमाले नेताहरुले गरेका छन्। यसैबीच पहिलोपटकको वार्ता असफल भएपछि बिच्किएको वैद्य समूह पुनः वार्तामा बस्ने भएका छन्। वार्ता सफल भएमा मंसिर ४ गतेको निर्वाचनमा  वाम तालमेल गर्ने वैद्यको प्रस्ताव रहेको

प्रधानअध्यापकले शिक्षिकालार्इ लडाउँदा गर्भ तुहियो

                    २० भदौ, कपिलवस्तु । कपिलवस्तुको डुमरा २ सिसवास्थित ज्ञानज्योति प्राविका प्रधानअध्यापक प्रभु यादबले कुर्सीमा बसेकी शिक्षिकालाई लडाएपछि गर्भ तुहिएको छ । विद्यालयमा ४ महिनाअघि सरुवा आएकी शिक्षिका अनिता पाण्डेलाई भुइँमा लगाइदिएपछि १२ साताको गर्भ तुहिएको हो ।
                    मंगलबार विद्यालयमा सामान्य भनाभन भएपछि खाजा समयमा कोठामा बसिरहेकी राहत शिक्षिका पाण्डेलाई पछाडिबाट लात्ती हान्दा कुर्सीबाट भुइामा बजारिएर उनको गर्भ

‘सुनगाभा’ ओस्कारमा जानबाट रोकियो

                     मंगलबार चलचित्र निर्माता संघको रोहबरमा भएको छलफलले सुवर्ण थापा निर्देशित चलचित्र ‘सुनगाभा’लाई तत्काल ओस्कारमा नपठाउने निर्णय गरेको छ । 
                         चलचित्रका निर्देशक थापासँग फ्रान्सको नागरिकता भएको भन्दै विवाद उठेपछि तत्कालका लागि यो निर्णय गरिएको हो । २० दिन भित्र थापा फ्रान्सको नागरिक भएको पुष्टि भएमा ‘सुनगाभा’ले ओस्कार लडाइको अवसर गुमाउनेछ । 
                  विदेशी नागरिकले निर्माण गरेको चलचित्र भन्दै सर्वोच्चमा मुद्दा दायर गर्ने भनाई अन्य ३ सिनेमाका निर्देशकहरुबाट आएपछि विवाद चुलिएको थियो । 
                            २० दिन भित्र सुवर्ण थापा नेपाली या फ्रान्सेली भएको पुष्टि राज्यले

अपरिचितको मिस्डकल आउँदा पतिले कुटे, घरबाटै विस्थापित

                  २० भदौ, स्याङ्जा । मोवाइलमा आएको अपरिचितको फोनकै कारण स्याङ्जा पुतलीबजारकी दुर्गा महत पतिबाट मरणासन्न हुने गरी कुटिएकी छन् । पुतलीबजार ८ सतौंकी ३४ बर्षकी दुर्गा एक साताअघि ४० वर्षका पति मनबहादुर महतबाट कुटिएकी हुन् । उनको घाँटी, पिठ्युँ, हात र खुृट्टामा नीलडाम छ । अनुहार सुन्निएको छ ।
                       दुर्गाका अनुसार कृष्णाष्टमीको साँझ एक अपरिचित व्यक्तिको फोनबाट उनको मोवाइलमा मिस्डकल देखिएको थियो । सोही विषयमा नानाथरी शंका र उपशंका गरेर पतिले लौरो र हातले हिर्काएको दुर्गाले

Tuesday, September 3, 2013

गर्भवती करिना भन्छिन्, ‘कपुर नै बलिउडका राजा’

                      बलिउड नायिका करिना कपुरलाई अझै पनि बलिउडमा कपुरहरुको नै राज रहेको जस्तो लाग्छ । उसो त यतिबेला बलिउडमा खानहरुको एकलौटी राज चलिरहेको छ । तर करिनालाई भने कपुरहरु निक्कै प्रतिभाशाली र अझै पनि बलिउडमा राज गरिरहेका छन् भन्ने लाग्छ ।करिनाले भनेकी छिन्, ‘कपुरहरु बलिउडका निक्कै प्रतिभाशाली कलाकार हुन् र सधै रहनेछन् ।’ उनले अझै पनि बलिउडका चर्चित कलाकारहरु ऋषि कपुरको अघि घुडा टेक्ने बताइन् । उनलाई बलिउडमा अहिले नायक रणवीर कपुर निक्कै प्रतिभाशाली लाग्छ । रणवीरसँग सिनेमा खेल्ने चाहना भएपनि नपाएको उनको तर्क छ । गर्भवती करिना हालै

प्रचण्डलाई हेगको डर

prachanda-speech                       मुलुक निर्वाचनको माहोलमा चुर्लुम्म डुबेका बेला कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर भन्ने उखानलाई चरितार्थ गर्दै एकीकृत नेकपा माओवादीले अपराधीलाई कारवाही गर्नुपर्ने माग गरिरहेका पीडितको संघर्षको प्रतिवाद गर्ने निर्णय गरेको छ। साथै, ती पीडितलाई साथ दिने मानव अधिकारवादीलाई समेत देशव्यापी ‘पर्दाफास र कारवाही’को अभियान चलाउने धम्कीपूर्ण निर्णय एमाओवादीले सोमबार सार्वजनिक गरेको छ। न्यायका याचक र तिनलाई साथ दिने अधिकारवादीहरूलाई शान्ति प्रक्रियाविरोधी भन्दै निर्वाचन अभियानको सट्टा एमाओवादीले भण्डाफोर अभियान चलाउने भएको हो। यसैगरी एमाओवादी कार्यकर्ताबाट भएका अपराध र

Monday, September 2, 2013

गगन थापाले प्रचण्डको साटो पासाङसँग चुनाव लड्ने

gagan-with-pasangथापाको नाम काठमाडौ ४ मा सिफारिस

                                       १७ भदौ, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्डसँग चुनाव लड्ने बताउँदै आउनुभएका नेपाली कांग्रेसका युवा नेता गगन थापा अन्ततः एमाओवादीका पूर्वसैन्य कमाण्डर नन्दकिशोर पुन (पासाङ) सँग चुनाव लड्ने लगभग निश्चित भएको छ । एमाओवादीले पासाङका लागि नाम सिफारिस गरेको काठमाडौं ४ नम्बर क्षेत्रमै कांग्रेस नेता थापाको पनि नाम सिफारिस भएको छ । कांग्रेस नेता थापालाई आगामी संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनाउन पार्टीले सिफारिस गरेको हो । क्षेत्रीय समितिले थापासहित ३ जनाको नाम प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिस गरेको हो । थापासँगै महासमिति सदस्य चिरञ्जीवीनिधि तिवारी र क्षेत्रीय सभापति

रामचन्द्रभन्दा रेखा नै शक्तिशाली

rekha thapa                    काठमाडौं। ‘चोक्टा खान गएकी बूढी झोलमा डुबेर मरी’ भन्ने उखान कसैमाथि लागू भइरहेको छ भने एमाले परित्याग गरी एकीकृत नेकपा माओवादी प्रवेश गरेका रामचन्द्र झामाथि लागू भएको छ। गाउँ पुगेका केन्द्रीय नेता, जिल्ला र राज्यसमितिले संविधानसभा निर्वाचनका लागि तीन हजार ६ सयजनाको नाम केन्द्रमा पठाउँदा पनि झाको उम्मेदवारी भने कतैबाट सिफारिस हुन सकेन। धनुषामा खटिएका केन्द्रका ६ जना प्रतिनिधिले झालाई उम्मेदवारका रूपमा सिफारिस गर्ने ल्याकत राखे पनि तिनले समेत उनको नाम सिफारिस गरिदिएनन्। श्रवण यादवको राम्रो प्रभाव रहेको जिल्लामा जिल्ला कमिटी र आफूलाई कमजोर बनाउन ल्याएको महसुस गरेका मिथिला राज्यसमिति इन्चार्ज

कांग्रेसको कमजोर क्षेत्रबाट रोज राणालाई उठाउने तयारी

                        संविधान सभाको निर्वाचन नजिकिदै जाँदा नेपाली कलाकारहरु पनि सांसद बन्ने तयारीमा लागेका छन् । यसका लागि कलाकारहरु दैनिक जसो आफू निकट पार्टीसँग लबिङ गर्नमा नै व्यस्त छन् ।कलाकारहरु राजेश हमाल, भूवन केसी, रेखा थापा, कोमल वली लगायतको नाम यतिबेला सर्वाधिक चर्चामा छ । यही भिडमा नेपाली सिनेमाका चतुर निर्माता रोज राणा पनि लागिपरेका छन् । नेपाली कांग्रेसको तर्फबाट प्रत्यक्षमा उम्मेदवार बन्नका लागि रोजको दौडधुप धेरै नै बढेको छ । यही क्रममा निर्माता

Sunday, September 1, 2013

१६ बर्षे किशोरी मन्त्री बनिन्

bashaer othman palestinian                                 तपाई एक दिनका लागि मन्त्री बन्नुभयो भने के गर्नुहुन्छ ? भारतीय सिनेमा नायक हेरेका नेपाली दर्शकहरुले एक दिनमै अनिल कपुरको जस्तो नायकीपन देखाउने कल्पना गर्छन । यो काल्पनिक प्रश्न हालै प्यालेष्टाइनमा वास्तविकता बन्यो । प्यालेस्टाइनमा १६ वर्षीया युवती मन्त्री बनेकी छिन् । जम्माजम्मी एक दिन कुर्सीमा बसेकी उनले राष्ट्रसंघका महासचिव वान की मुनलाई पत्र लेखेर प्यालेष्टाइनीका समस्याबारे लविङ पनि गरिन् ।त्यहाँका स्थानीय प्रशासनमन्त्रीले ती किशोरीलाई मन्त्री बन्ने

संविधानविद भीमार्जुनलाई साइबर अपराधीको चुनौती


bhimarjun acharyaजिमेल ह्याक भएपछि आचार्यले थाले अध्ययन

                                   १७ भदौ, काठमाडौं । संविधानविद् डा. भीमार्जुन आचार्यलाई साइबर अपराधीले ठाडो चुनोती दिएपछि उहाँले सोमबारदेखि साइबर क्राइम कसरी नियन्त्रण गर्ने भन्नेबारे स्वअध्ययन थाल्नुभएको छ । डा. आचार्य टर्कीको स्तानबुलमा लुटिएको खबर ह्याकरले आचार्यको इमेलबाट प्रवाह गरेपछि आचार्यले यसलाई कानूनविदमाथि अपराधीले दिएको चुनौतीका रुपमा लिनुभएको छ ।
पछिल्लो समय नाम चलेका केही नेपालीहरुको जिमेल ह्याक गरेर पैसा

२ करोड दिदा पनि पूनमले किन रुचाइनन् सलमानको ‘बीग बोस’ ?

                           आफ्नो सेक्सी छविको कारण चर्चामा आइरहने मोडल पूनम पाण्डेलाई ‘बीग बोस ७’ मा हेर्ने दर्शकको चाहना अधुरो हुने भएको छ । आर्थिक कारण देखाउँदै पाण्डेले ‘बीग बोस’मा जान अस्विकार गरेकी हुन् ।पूनमका अनुसार उनलाई ‘बीग बोस ७’का लागि २ करोडको अफर गरिएको थियो । तर आफ्नो व्यक्तिगत कुराहरु समेत सार्वजनिक गरेर दर्शकलाई मनोरञ्जन दिनका लागि २ करोड कम भएको उनको तर्क छ । पूनमले ‘बीग बोस ७’का

बलात्कार गर्दै हिड्ने भारतीय धर्मगुरु आशाराम बापु पक्राउ

Aasaram-Bapu                 नयाँ दिल्ली । पटक बलात्कार जस्तो जंघन्य अपराध गर्दै हिडे पनि राजनीतिका कारण बच्दै आएको भारतीय हिन्दु धर्मका गुरु आशाराम नाबालिक बलात्कार गरेको अपराधमा पक्राउ परेको छ । पश्चिमाहरुले हिन्दुहरुको अस्तित्व नै निमिट्यान्न पार्ने अभियान सुरु गर्दै गर्दा यस्ता ढोगी अपराधिहरुका कारण हिन्दु धर्ममाथि नै प्रश्न उठाउने अवसर भएको छ । भारतीय बाब भनाउँदाहरु जस्ता रामदेवले आफ्नै गुरुलाई बेपत्ता बनाएर आश्रम कब्जा गरेको देखि यिनै आशारामले पनि धर्मका नाममा अरबौ पैसा संकलन गरेका कारण राजनीतिक दबाब खडा गरी कुकर्मबाट बच्दै आएका थिए ।जोधपुर प्रहरीले मध्यरातमा पक्राउ गरी उनलाई सोधपुछ सुरु गरेको छ। समर्थकको ठूलो

एमाओवादीलाई उम्मेदवार छान्न सकस

Senior leader of Communist Party of Nepal Bhattarai waits to file nomination paper for Prime Minister's post in Kathmandu                       काठमाडौ । आ–आफ्ना मानिसलाई उम्मेदवार बनाउन एकीकृत माओवादीका नेताहरूबीच तीव्र प्रतिस्पर्धा सुरु भएको छ। आफ्ना मानिसलाई उम्मेदवार बनाउन अध्यक्ष प्रचण्ड र बाबुराम भट्टराईसँगै उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि कस्सिएपछि एमाओवादीमा उम्मेदवार छनोटमा तीव्र प्रतिस्पर्धा देखिएको हो। उम्मेदवार छनोट, निर्वाचन घोषणा र निर्वाचन रणनीति तय गर्न केन्द्रीय समितिको बैठक बसे पनि शीर्ष नेताहरूले आफूनिकटका व्यक्तिलाई उम्मेदवार बनाउनुपर्ने भन्दै अड्डी कस्न थालेपछि पार्टीले सजिलै उम्मेवादर छनोट गर्न कठिन हुने स्थिति रहेको एक केन्द्रीय नेताले

‘होस्टेल’ चल्यो अब के त ?

                  ‘होस्टेल’ हेर्न दर्शक हलसम्म ओइरिएपछि यतिबेला नेपाली सिने नगरीमा खुशीको तरंग छाएको छ । नेपाली सिनेमा हेर्न लामो समय पछि हलमा दर्शक यसरी आएको पक्कै हो ।‘होस्टेल’ चलेसँगै धेरै निर्माता निर्देशकले अब आफूले बनाएको सिनेमा पनि चल्ने सपना देखिरहेका छन् । ‘होस्टेल’ किन र कसरी चल्यो भन्ने समिक्षा गर्न छोडेर मनको लड्डु खानेहरुको अब भिड नै लाग्नेछ । सिनेमा बनाउनबाट पछि हटेका अघि आउनेछन्, अब नेपालमा फेरी एक दर्जन ‘होस्टेल’हरु बनाउने तयारी गरिनेछ । तर ‘होस्टेल’ चल्यो भन्दैमा प्रदर्शनमा आउन लागेका

भारतीय राजदूत रे भोलि काठमाडौं आउने

Ranjit Rae                      १६ भदौ, काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत रंजित रे आफ्नो कार्यभार सम्हाल्न भोलि काठमाडौं आउनु हुने भएको छ । रे भोलि अपराहृन काठमाडौं आइपुग्नु हुने परराष्ट्र मन्त्रालय श्रोतले जनाएको छ । राजदूत रेले बुधबार नै राष्ट्रपति डा. रामवरण यादवसमक्ष आफ्नो ओहदाको प्रमाण पत्र पेश गर्ने कार्यक्रम छ ।   नेपाल मामिलाका जानकार मानिएका राजदूत रे यसअघि भियतनामका लागि राजदूत हुनुहुन्थ्यो । संविधानसभा निर्वाचन अघि नेपाल आउन लागेका रेले अघिल्लो राजदूत जयन्तले भन्दा बढी सक्रियता देखाउने बताइएको छ । निवर्तमान राजदूत जयन्तप्रसाद भने आफ्नो २ वर्षे कार्यकाल पूरा गरेर अघिल्लो साता भारतको राजधानी

३० बर्ष पछि अमिताभ र रेखा एउटै पर्दामा

                     कुनै समय थियो जतिबेला बलिउडमा नायक अमिताभ बच्चन र नायिका रेखा बिचको प्रेमसम्बन्धले खुबै चर्चा पाएको थियो । तर यो घटना पछि त्यसै सेलाएर गयो । रेखा र अमिताभको जोडी पर्दामा पनि निक्कै हिट देखियो ।तर यो जोडीलाई ३० बर्षसम्म दर्शकले पर्दामा देख्न पाएनन् । यो जोडीलाईे पर्दामा देख्ने दर्शकको चाहना अब पुरा हुने भएको छ । ‘वेलकम’को सिक्वेलमा अमिताभ र रेखासँगै देखिने चर्चा यतिबेला बलिउडमा चल्न थालेको छ । फिरोज नाडियडवालाको निर्माणमा तयार हुन लागेको यो चलचित्रमा अमिताभ र रेखालाई ३० बर्ष पछि पर्दामा ल्याउने तयारी भैरहेको भारतिय संचारमाध्यहरुले जनाएका